सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समयका काम नगर्ने सडकका ठेकेदारलाइ कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । तोकिएको समयमा काम पूरा गर्नका लागि सरकारले अन्तिम मौका दिने र काम नगरे कठोरतापूर्वक कार्वाही गर्ने उनले बताए । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सोमवार आयोजित कार्यक्रममा गृहमन्त्री थापाले कलंकी– नागढुङ्गा सडक निर्माणको काम समयमै पूरा नगरे कारवाही गर्ने बताएका हुन् । थप पढ्नुहोस्

जनप्रतिनिधिको कृषि विकास बैंकको सेवाप्रति गुनासो

चितवन । कृषि प्रधान देश नेपालमा कृषि विकास बैंकको सेवा प्रभावकारी हुन नसकेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै जनप्रतिनिधिले गुनासो व्यक्त गरेकाछन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ  आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक कार्यक्रममा जनप्रतिनिधिले गुनासो गरेका हुन् । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सरकारी बैंक भएकाले कम ब्याज र सहज तरिकाबाट किसान र सर्वसाधारणलाई ऋण प्रवाह गर्नुपर्ने बताइन् । थप पढ्नुहोस्

राजधानीका दुई पेट्रोल पम्पमा सिलबन्दी

काठमाडौं । मापदण्ड विपरित काम गरेका दुई पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड बाहिर काम गरेको भेटिएपछि सिलबन्दी गरेको हो । प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल गरिएको हो । थप पढ्नुहोस्

कृषि योगदान : कुल गाह्रस्थ उत्पादनमा २७ प्रतिशत

काठमाडौं । कृषि क्षेत्रको कुल गाह्रस्थ उत्पादनमा योगदान घटेको छ । सरकारले कृषि क्षेत्रलाई माथि उठाउन भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान यो बर्ष २७।६ प्रतिशतमा खुम्चिएको छ । गत वर्ष यस्तो योगदान २९।३७ प्रतिशत थियो । गैह्र कृषि क्षेत्रको योगदान भने बढ्दै गएको देखिन्छ । यो वर्ष आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार कुल गाह्रस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान ७२।४ प्रतिशत छ । गत वर्ष यसो योगदान ७०।६३ प्रतिशत मात्रै थियो । थप पढ्नुहोस्

गर्मिका कारण बजारमा चहलपहल कम, सुनको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । आइतबार सुन ५८ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको नेखपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार दुई सय रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार छ ।चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय चिल्ड्रेन्स थिएटर फेस्टिभल शुरु

भक्तपुर । चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शनिबारदेखि शुरु भएको छ । काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा शुरु भएको सो फेस्टिभलमा नेपालका तर्फबाट आयोजक अक्षरा स्कूलसहित बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, पाकिस्तान, रसिया, स्लोभाकिया, श्रीलंका र स्विट्जरल्याण्डका विद्यालयहरुको सहभागिता रहेको छ । फेस्टिभलमा प्रत्येक दिन बिहान ११ र दिउँसो १ बजे विद्यार्थीलाई तथा साँझ ५ बजे वयष्कलाई लक्षित गरेर नाटक प्रदर्शन गरिने बताइएको छ । थप पढ्नुहोस्

विश्वकै अग्लो स्थानमा कालीमार्सी रोपियो धान

जुम्ला । विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । यससँगै छुमचौर ज्युलोमा कालाीमार्सी धान रोप्न सुरु गरिैपछि सर्वत्र चासो बढेको आजको गोरखापत्रमा खबर छापिएको छ । थप पढ्नुहोस्

बुटवलमा आजदेखि तीन दिने टाटा मोटर्सको कार मेला

बुटवल । बुटवलमा आजदेखि ३ दिने टाटा मोटर्स मेला सुरु भएको छ । नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.र सिप्रदी ट्रेडिङ प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेसनलको संयुक्त सहकार्यमा वार्षिक रूपमा आयोजना हुने टाटा मोटर्स कार मेला शुक्रबारबाट पहिलोपटक बुटवलस्थित क्लब डी नोभोमा शुरु भएको छ । उक्त मेला जेठ ११, १२ र १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ । थप पढ्नुहोस्

महानगरपालिकाले चक्रपथमा मनोरेल सञ्चालन गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दियो

काठमाडौं स् काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन जिम्मा चीनको चाइना रेल वे २५ औं ब्यूरो ग्रुप कम्पनीलाई दिएका छन्। शुक्रबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रवन्धक लि होङ्गकीले अध्ययन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै चक्रपथमा रेल वे बनाउने जिम्मा चिनियाँ कम्पनीले पाएको हो । थप पढ्नुहोस्

भौतिक पूर्वाधार विकासलाई जोड : अर्थमन्त्री बोहरा

कैलाली । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले शुक्रबार प्रमुख प्रतिपक्ष दल नेपली कांग्रेसका सांसदहरुसंग आर्थिक वर्ष २०७५ र ०७६ को बजेटका बारेमा छलफल गरेका छन् । छलफलमा मन्त्री बोहराले आगामी बर्षको बजेटको उद्देश्य, प्राथमिकता नीति कार्यक्रममा समावेश गर्नुपर्ने विषयवस्तुका बारेमा कांग्रेस सांसदसँग सुझाव मागेका थिए । प्रदेश सरकारले आसार १ गते ल्याउने बजेटमा गरिबी निवारण, शिक्षामा सबैको पहुँच, पर्यटन विकास, भौतिक पूर्वाधार विकासलाई जोड दिइने मन्त्री बोहराले बताए । थप पढ्नुहोस्
1 2 3 56