सातदिने श्रीलंकाली खाना महोत्सव हुँदै

काठमाडौँ । काठमाडौँमा जेठ ११ देखि १९ गतेसम्म स्थानीय याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस पेरेराले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिँदै श्रीलंका र नेपालबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरानो भए पनि जनस्तरको सम्बन्ध शताब्दीऔँ पुरातन रहेको बताए । महोत्सवमा ८३ वर्षीय श्रीलंकाली पाककलाका जानकार डा पुबिस सिल्भाले पस्कने विविध परिकारको स्वाद लिन पाइने छ । थप पढ्नुहोस्

युवा कृषिउद्यम सम्मेलन सम्पन्न, १५ बुँदे घोषणापत्र जारी

काठमाडौँ । युवालाई कृषिमा आकर्षित गराउने उद्देश्यले शुरु भएको ‘दोस्रो युवा कृषिउद्यम सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । कृषिलाई उद्यमशीलतामार्फत मुलुकको विकास गर्ने उद्देश्यका साथ फोर एच नेपालको आयोजनामा आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार सम्पन्न भएको हो । सम्मेलनले परम्परागत कृषिलाई हटाएर आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्ने, कृषिमा केन्द्रमुखीभन्दा स्थानीयमुखी बजेट विनियोजन गर्नुपर्ने, एक स्थानीय तहमा एक कृषि आधुनिक केन्द्रको स्थापना गर्नुपर्ने, भूकम्पपीडित कृषकलाई राहत उपलब्ध गराउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । थप पढ्नुहोस्

चितवनमा बर्डफ्लू ११ हजार कुखुरा मारियो, ७० लाख क्षति

चितवन । चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।जिल्लाको पूर्वी क्षेत्रमा बर्डफ्लू भएको प्रमाणित भएको थियो । खैरहनी नगरपालिका वडा नं ९ सूर्तनीमा बर्डफ्लू देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पन्छीजन्य पदार्थ नष्ट गरिएको थियो । बर्डफ्लू देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका थिए । थप पढ्नुहोस्

बगरको खरभुजा र काक्राले चल्छ मुक्त कमैयाको जिवन

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ । एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आइरहेका छन् । बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री गरिरहेको रानाले दैनिक तीन क्विन्टल तरकारी बिक्री हुने गरेको बताउछन् । “दुई दिन अघिसम्म दैनिक पाँच हजारसम्मको बिक्री हुने बताए । थप पढ्नुहोस्

गोलभेँडा बिक्री नहुदा किसान मर्कामा, पाँच लाखको घाटा

कञ्चनपुर । ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाउदा किसान मर्कामा परेका छन् । शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताएका छन् । यतिबेला गोलभेँडा खेतमा लटरम्म फलेको एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए ।गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनको भनाइ छ । थप पढ्नुहोस्

व्यावसायिक बाख्रापालन, नाम र दाम दुवै कमाइ

बनियानी। कृषि पेशाप्रति पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन्। उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १ सय ३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उनले बताए। २०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गरेका पराजुलीले चार वर्षमा आफ्नो फर्ममा रु एक करोड २० लाख ९० हजार लगानी गरिसकेका छन् । थप पढ्नुहोस्

स्थानीय बासिन्दा पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतिर

बझाङ । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सा संकलन गर्न खुला गरेपछि स्थानीयबासिन्दा खुशी भएका छन भने यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौ विद्यालय बन्द भएका छन् । यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए । यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । थप पढ्नुहोस्

दुई हजार बोतल कन्याजातको च्याउको बीउ उत्पादन

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ । प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य दिइएको भए पनि बढ्दो मागका कारण लक्ष्यभन्दा बढी बीउ उत्पादन गरेको हो । उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताए । च्याउको बीउको माग अधिक छ उनले भने “कार्यालयको बजेटले धान्दैन ।” चालू आवमा च्याउको बीउ उत्पादनका लागि रु एक लाख २० हजार बजेट विनियोजन गरिएको थियो । थप पढ्नुहोस्

बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

डडेल्धुरा । जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् । तराईमा भन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ । बेमौसमी काँक्राबाट तीन महिनाको अवधिमा रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी हुने गरेको अमरगढी–२ का पार्वतीदेवी बोहराले बताए । थप पढ्नुहोस्

ब्रोइलर चल्ला उत्पादन गर्ने चौध करोडको ह्याचरी सञ्चालनमा

झापा । ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ । मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले बताए । झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो । बिर्तामोड–२ स्थित वीर अमरसिंह माविको चार बिगाह दुई कट्ठा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको छ । थप पढ्नुहोस्
1 2 3 7