एकैरातमा ४ सय चल्ला मरे, बर्डफ्लुको आशंका

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–६ मा एक किसानका ४०० चल्ला मरेका छन्। स्थानीय उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले बताए। चल्ला एकैचोटी मरेपछि स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन्। चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लु हुन सक्ने स्थानीय पशु प्राविधिक पाठकले आशंका गरेका छन् । थप पढ्नुहोस्

एक सयभन्दा बढी किसान माछापालनमा सक्रिय

गाईघाट । पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा हुने गरेको छ । सात वर्ष अघि नेपाली सेनाबाट अवकास लिएपछि व्यावसायिक माछापालन थाल्नुभएका कटारी– ३ त्रिवेणीका प्रेमबहादुर तामाङ अहिले वार्षिक रु ६ लाखको माछा बिक्री गर्ने गरेका छन् । यस्तै, कटारी– ४ सिम्लेका बुद्धिबहादुर माझी स्थानीय सहकारीबाट ऋण लिएर पाँच वर्षदेखि माछापालन गर्दै आएका छन् । थप पढ्नुहोस्

बेसार उत्पादन बाट वार्षिक चार लाखसम्म आम्दानी

गाईघाट । लामो समयदेखि कृषकले परम्परागत रुपमा बेसार उत्पादन गर्दै आएका छन् । चौदण्डी नगरपालिकाको सिद्धिपुर क्षेत्रका कृषकले बेसार उत्पादनबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्न थालेका छन् । सावा सिद्धीपुरका हर्कबहादुर मगर बीस वर्षदेखि बेसारखेती गर्दैआउनुभएको हो । उहाँले पछिल्लो चार वर्षदेखि आधुनिक रुपमा बेसारखेती गर्न थालेपछि मनग्य आम्दानी गर्न थाल्नुभएको हो । विगतमा यहाँका कृषकले परम्परागत स्थानीय जातका बेसारखेती गरेर वार्षिक रु ५० हजारसम्मको आम्दानी गर्ने गर्थे भने अहिले उनीहरुले बेसारखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । थप पढ्नुहोस्

८ लाखको लगानीमा डिप बोरिङ संचालन, स्थानीय कृषकलाई राहत

सुर्खेत । चौकुने गाँउपालिकाले ८ लाखको लगानीमा वडा नं- ३ को वेतानस्थित सोभानचौरमा डिप बोरिङ सञ्चालनमा ल्याएको छ । नजिकै कर्णाली बगेको देखिने तर सिंचाइमा प्रयोग गर्न नसकिएको उक्त क्षेत्रमा गाउँपालिकाले बोरिङ निर्माण गरेपछि वडा नं- ५ को मायाताल र वडा नं-९ र १० मा पनि पानी निकालिएको अध्यक्ष धिरबहादुर शाहीले बताए । आगामी आर्थिक वर्षमा चौकुने गाउँपालिकाले कृषि क्षेत्रमा थप लागनी गर्ने उनको प्रतिबद्धता थियो । एक सय घरधुरी रहेको सोभानचौरमा सिंचाईका लागि पर्याप्त पानी आएपछि केशर नाम्लाली हर्षित देखिएका हुन् । थप पढ्नुहोस्

हिउँदे मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

वीरगञ्ज। बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ। जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती गरेकामा ५३ हजार २० दशमलव ५ मेट्रिक टन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए। किसानले गतवर्ष १३ हजार ५९५ हेक्टरमा ८४ हजार २८९ मेट्रिक टन मकै उत्पादन भएको थियो । थप पढ्नुहोस्

आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बरले वृद्धि हुने

काठमाडौँ । सरकारले कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने भएकोे छ । हाल कूल गार्हस्थ्य उत्पादन (जिडिपीमा) कृषि क्षेत्रको योगदान ३२ प्रतिशत छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै करार, सहकारी र सामूहिक खेतीमार्फत मुलुकले दिगो कृषि विकासको लक्ष्य पूरा गरिने बताए । पशुपालन र कृषि क्षेत्रका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषिको दिगो विकास कार्यक्रम अगाडि सारिएको छ । जसका लागि आव ०७५÷०७६ मा रु चार अर्ब ७७ करोड रकम विनियोजन गरिएको छ । थप पढ्नुहोस्

जनप्रतिनिधिको कृषि विकास बैंकको सेवाप्रति गुनासो

चितवन । कृषि प्रधान देश नेपालमा कृषि विकास बैंकको सेवा प्रभावकारी हुन नसकेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै जनप्रतिनिधिले गुनासो व्यक्त गरेकाछन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ  आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक कार्यक्रममा जनप्रतिनिधिले गुनासो गरेका हुन् । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सरकारी बैंक भएकाले कम ब्याज र सहज तरिकाबाट किसान र सर्वसाधारणलाई ऋण प्रवाह गर्नुपर्ने बताइन् । थप पढ्नुहोस्

कृषि योगदान : कुल गाह्रस्थ उत्पादनमा २७ प्रतिशत

काठमाडौं । कृषि क्षेत्रको कुल गाह्रस्थ उत्पादनमा योगदान घटेको छ । सरकारले कृषि क्षेत्रलाई माथि उठाउन भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान यो बर्ष २७।६ प्रतिशतमा खुम्चिएको छ । गत वर्ष यस्तो योगदान २९।३७ प्रतिशत थियो । गैह्र कृषि क्षेत्रको योगदान भने बढ्दै गएको देखिन्छ । यो वर्ष आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार कुल गाह्रस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान ७२।४ प्रतिशत छ । गत वर्ष यसो योगदान ७०।६३ प्रतिशत मात्रै थियो । थप पढ्नुहोस्

विश्वकै अग्लो स्थानमा कालीमार्सी रोपियो धान

जुम्ला । विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । यससँगै छुमचौर ज्युलोमा कालाीमार्सी धान रोप्न सुरु गरिैपछि सर्वत्र चासो बढेको आजको गोरखापत्रमा खबर छापिएको छ । थप पढ्नुहोस्

सातदिने श्रीलंकाली खाना महोत्सव हुँदै

काठमाडौँ । काठमाडौँमा जेठ ११ देखि १९ गतेसम्म स्थानीय याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस पेरेराले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिँदै श्रीलंका र नेपालबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरानो भए पनि जनस्तरको सम्बन्ध शताब्दीऔँ पुरातन रहेको बताए । महोत्सवमा ८३ वर्षीय श्रीलंकाली पाककलाका जानकार डा पुबिस सिल्भाले पस्कने विविध परिकारको स्वाद लिन पाइने छ । थप पढ्नुहोस्
1 2 3 4 9