गोलभेँडा बिक्री नहुदा किसान मर्कामा, पाँच लाखको घाटा

कञ्चनपुर । ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाउदा किसान मर्कामा परेका छन् । शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताएका छन् । यतिबेला गोलभेँडा खेतमा लटरम्म फलेको एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए ।गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनको भनाइ छ । थप पढ्नुहोस्

व्यावसायिक बाख्रापालन, नाम र दाम दुवै कमाइ

बनियानी। कृषि पेशाप्रति पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन्। उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १ सय ३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उनले बताए। २०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गरेका पराजुलीले चार वर्षमा आफ्नो फर्ममा रु एक करोड २० लाख ९० हजार लगानी गरिसकेका छन् । थप पढ्नुहोस्

स्थानीय बासिन्दा पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतिर

बझाङ । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सा संकलन गर्न खुला गरेपछि स्थानीयबासिन्दा खुशी भएका छन भने यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौ विद्यालय बन्द भएका छन् । यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए । यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । थप पढ्नुहोस्

दुई हजार बोतल कन्याजातको च्याउको बीउ उत्पादन

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ । प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य दिइएको भए पनि बढ्दो मागका कारण लक्ष्यभन्दा बढी बीउ उत्पादन गरेको हो । उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताए । च्याउको बीउको माग अधिक छ उनले भने “कार्यालयको बजेटले धान्दैन ।” चालू आवमा च्याउको बीउ उत्पादनका लागि रु एक लाख २० हजार बजेट विनियोजन गरिएको थियो । थप पढ्नुहोस्

बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

डडेल्धुरा । जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् । तराईमा भन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ । बेमौसमी काँक्राबाट तीन महिनाको अवधिमा रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी हुने गरेको अमरगढी–२ का पार्वतीदेवी बोहराले बताए । थप पढ्नुहोस्

ब्रोइलर चल्ला उत्पादन गर्ने चौध करोडको ह्याचरी सञ्चालनमा

झापा । ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ । मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले बताए । झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो । बिर्तामोड–२ स्थित वीर अमरसिंह माविको चार बिगाह दुई कट्ठा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको छ । थप पढ्नुहोस्

अन्नपूर्ण एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन भएपछि मुद्दा दायर

भैरहवा । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन पाइएको हो । एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्ने गर्दछ । उत्पादित दाना मापदण्डभन्दा कमसल भएपछि कारबाहीका लागि मुद्दा दायर गरिएको क्षेत्रीय कार्यालय भैरहवाले जानकारी दिएको छ । थप पढ्नुहोस्

जुम्लामा कृषि महोत्सव सम्पन्न,एक करोड ६० लाखको कारोवार

सुर्खेत, २५ वैशाख ।उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताए । पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवरले भावी दिनमा जुम्लालाई पर्यटकीय गन्तव्यका रुपमा रुपमा स्थापित गरिनुपर्ने बताए । थप पढ्नुहोस्

कम लगानी धेरै आम्दानी, बाख्रापालन गर्ने किसानको संख्यामा वृद्धि

डडेल्धुरा, २४ वैशाख । डडेल्धुरामा केही समययतादेखि बाख्रापालन गर्ने किसानको संख्यामा वृद्धि भएसंगै खसीको मासुमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा वर्षेनी ३५ देखि ५० हजार खसी बोका अन्य छिमेकी जिल्लामा बिक्रीका लागि लैजाने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा २० लाख १२ हजार किलो खसी बोकाको मासु उत्पादन भएको पशु विकास अधिकृत खडक शाहले बताए । जिल्लाको अजयमेरु, भागेश्वर र आलिताल गाउँपालिका तथा पर्शुराम नगरपालिकाका किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेका छन् । थप पढ्नुहोस्

कृषिमा आत्मनिर्भर हुन दीर्घकालीन योजना ल्याइने

२१ वैशाख, काठमाडौं । कृषिमा आत्मनिर्भर हुनका लागि सरकारले दीर्घकालीन रणनीतिकासाथ अगाडि बढ्ने भएको छ । नेपाल कृषिप्रधान मुलुक भए पनि पछिल्लो समयमा कृषिउपजको आयातको मात्रा बढेको भन्दै सरकारले दीर्घकालीन सोच अगाडि सारेको हो । आज मन्त्रालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भने, “अब सामान्य तरिकाले कृषि क्षेत्रको विकास हुन नसक्ने भएकाले दीर्घकालीन सोचका साथ सरकार लागिपरेको छ । थप पढ्नुहोस्
1 2 3 4 5 9