सामसङ जे टु २०१८ मोबाइल नेपाली बजारमा

काठमाडौं । नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित सामसङ मोबाइलको सिरिज अन्तर्गत हालै जे टु २०१८ मोबाइल नेपालीबजारमा प्रस्तुत गरेको छ । ग्लालेक्सी जे टु २०१८ मोबाइल गत १८ मेदेखि नेपाली बजरामा उपलब्ध हुँदै आएको छ । यस सेटको मूल्य ने।रु १४ हजार ५ सय ९० रहेको छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रंगमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपडै«गन प्रोसेर, २ जिबि ¥याम तथा १६ जिबी इन्टरनल मेमोरीका साथ उपलब्ध रहेको छ । स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमता अझ बढी विशिष्ट हुन पुगेको छ । थप पढ्नुहोस्

काठमाडौंमा बन्ने भयो डिजिटल स्मार्ट पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट पर्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि नमुना परियोजनास्वरूप धर्मपथमा काम गर्न प्रक्रिया अघि बढाएको छ । नेपालमा पहिलोपटक स्मार्ट र डिजिटल पार्किङको अवधारणा अघि बढाइएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘स्मार्ट पार्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि न्युरोडको धर्मपथलाई छनोट गरी काम अघि बढाइसकेका छौं’, उनले भने। स्मार्ट पर्किङ बढीमा तीन महिनाभित्र प्रयोगमा आउने गरी काम सुरु भएको छ। डिजिटल पार्किङका लागि भने दुई साताभित्र टेन्डर आह्वान हुनेछ । थप पढ्नुहोस्

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

काठमाडौं । दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तीमध्ये सबैभन्दा बढी कारबाहीमा परेका सवारी साधनमा मोटरसाइकल, बस, ट्याम्पो कार तथा जिप छन् । ट्राफिक नियम विपरीत चलाएका सवारी साधनलाई कारबाही गर्दा रु ४३ लाख २३ हजार ५०० राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महराले जानकारी दिए । थप पढ्नुहोस्

पुरानो सँग नया मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट

काठमाडौ । मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ । यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वल्र्डले २ साताका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ । थप पढ्नुहोस्

जीओ अटोमोबाइल्सको कालोधन्दालाई वाणिज्य विभागका महानिर्देशक​को भित्री सहयोग !

२५ बैशाख, काठमाडौं । सरकारी निकायकै दोहोरो चरित्रका कारण फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले कारबाहीबाट उन्मुक्ति पाउँदै आएको भेटिएको छ । ठगी र कालोबजारीमा संलग्नलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाहीको तयारी गरे पनि मन्त्रालय निकट विभागको असहयोगका कारण कारबाही प्रक्रिया फितलो हुँदै आएको पाइएको छ । थप पढ्नुहोस्

सरकार सिन्डिकेट विरुद्ध उभिएपछि बन्दको परवाह नगरी सार्वजनिक यातायात सञ्चालनमा

२२ वैशाख, काठमाडौं । सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् । यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक संस्थाकारुपमा दर्ता गरेर व्यापार गर्न पाउनुपर्छलगायत माग राखेर यातायात व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए । अत्यावश्यक सेवा बन्द गरेपछि सरकारले शुक्रबार नै कडा कारबाहीको निर्णय गरेको थियो । थप पढ्नुहोस्

सरकारको कदम विरुद्ध उत्रिएका सिन्डिकेटवाला यातायात व्यवसायीलाई चिसो खोर, नागरिक भन्छन् हिँड्न तयार छौँ, सरकार पछि नहटोस्

आज नचलेका गाडीको रुट परमिट निलम्बन गछौँ : महानिर्देशक भट्टराई २१ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट निलम्बन गर्ने बताउका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी साधनको रुट निलम्बन गर्ने निर्णय भएको बताए । “सवारी तथा यातायात व्यवस्था ऐनअनुसार रुट परमिट निलम्बन गछौँ,” उनले भने । थप पढ्नुहोस्

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, निगमको अर्ध मासिक नाफा २१ करोड

३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ । स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ । थप पढ्नुहोस्

यातायात व्यवसायीको सिन्डकेट विरुद्ध सरकार, आन्दोलन गरिरहे रुट परमिट र समिति खारेज गर्ने तयारी

२२ चैत, काठमाडौं । कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्दा गरेपछि सरकारले आक्रामक कदम चालेको छ । काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरे लगत्तै सरकारले पनि ४ वटा यातायात व्यवसायीलाई काठमाडौं धुलिखेल सम्मको अस्थायी रुट परमिट दिएको छ । थप पढ्नुहोस्

पेट्रोलको मूल्य रु १ रुपैयाँले घट्दा पनि निगमको नाफा १५ करोड

२१ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ । थप पढ्नुहोस्
1 2 3