फेमिली ब्राण्डको तेलमा मिसावट भएपछि उत्पादन र बिक्रीमा प्रतिवन्ध

वीरगंज । उत्पादनमा गुणस्तरहीन भएको गुनासो आएपछि फेमिली ब्राण्डको खानेतेल उत्पादन र बिक्रीमा स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाराको अनुगमन टोलीले उद्योगबाट तोरी तेलको नमूना नियन्त्रणमा लिएर विहीबार साँझ उद्योगमा शिल लगाएको हो । फेमिली ब्राण्ड तोरी र भटमासको तेल उत्पादन गर्दै आएको शिवशक्ति घिउ उद्योग प्रा.लि.का संचालक नेपाल घिउतेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवाल हुन् । औद्योगिक करिडरमा अवस्थित एक उद्योगको क्यान्टिन संचालकले उद्योगको उत्पादन बारे इलाका प्रहरी कार्यालय सिमरामा उजुरी गरेपछि बारा प्रशासनले छापा मारेको हो । थप पढ्नुहोस्

वृद्धि बढाउन कर्मचारी र लगानी थप्दै सामसुङ

दक्षिण कोरिया । आगामी ३ वर्षभित्र दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले १ खर्ब ६० अर्ब डलर लगानी गर्ने र ४० हजारको सङ्ख्यामा कर्मचारी थप्ने बताएको छ । वृद्धि बढाउन र दक्षिण कोरियाली अर्थतन्त्रमा पुनर्बहाली ल्याउन कम्पनीले लगानी बढाउनुका साथै कर्मचारी पनि थप्ने तयारी गरेको हो । हालै मात्र रोजगारी सृजनाका लागि अतिरिक्त बजेट सार्वजनिक गर्ने क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले विशेषगरी युवा पुस्तामाझ रोजगारी सृजना गर्ने आफ्नो पहिलो प्राथमकिता रहेको बताएका छन् । थप पढ्नुहोस्

फेरी कोरिया जानेका लागि भदौमा भाषा परीक्षा हुदै !

काठमाडौँ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा सिबिटी सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो । थप पढ्नुहोस्

ओला बेलायती बजारमा प्रवेश

नयाँ दिल्ली,भारत । भारतीय अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ओला बेलायती बजारमा प्रवेश गर्दैछ । भारतको यूबर भनेर चिनिएको यो कम्पनीले साउथ वेल्स र ग्रेटर म्यान्चेष्टरमा व्यवसाय सञ्चालन गर्ने योजना बनाएको छ । सेवाको शुरुआत आगामी महीना साउथ वेल्सबाट गरिने कम्पनीले बताएको हो । सन् २०१८ को अन्त्यसम्ममा भने बेलायतभर नै सेवा विस्तार गरिने योजना कम्पनीको छ । यसका लागि बेलायती अधिकारीहरुसँग सहकार्य समेत भइरहेको बताइएको छ । पछिल्लो समय ओलाले विश्वभर सेवा विस्तार गर्दैछ । सन् २०१८ को फेबु्रअरीमा कम्पनीले अष्ट्रेलियामा व्यवसाय शुरु गरेको थियो । थप पढ्नुहोस्

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह ९एनएस० प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् । थप पढ्नुहोस्

पढ्नासाथै रोजगारी पाउने भएपछि प्राविधिक शिक्षामा महिलाको आर्कषण !

झापा । प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएको पाइएको छ । केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षालयहरुमा अध्ययन गर्न आउने महिलाको आर्कषण बढ्दै गएकोे छ । दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको विभिन्न पाँचवटा प्राविधिक विषयको पठनपाठनमा अध्ययन गर्न आउने अधिकांश महिला भएको जनाएको छ । थप पढ्नुहोस्

‘प्रधानमन्त्री ओलीलाई जनतासँग जोड्न बीस लाख निकासा !

काठमाडौं । मिडियाप्रति सकारात्मक रुचि भएका प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुने कार्यक्रमका लागि सरकारले २० लाख रुपैयाँ निकाशा गरेको छ । प्रधानमन्त्री सहभागि हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको स्टुडियो निर्माणका लागि सरकारले २० लाख रुपैयाँ निकासा हो । अर्थ मन्त्रालयको वेबसाइटमा विविध शीर्षकअन्तर्गत असार महिनामा भएको निकासा तथा रकमान्तरण विवरणमा नागरिक सरोकार विषयमा नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष संवाद कार्यक्रमका लागि सेट निर्माणबापत २० लाख रकमान्तर गरिएको उल्लेख छ । थप पढ्नुहोस्

हटेन ‘कन्जेसन’ कोलकता बन्दरगाहमा

वीरगन्ज । सोमबारसम्म कोलकता बन्दरगाहमा त्यहाँबाट नेपालको लागि ‘फरर्वार्ड’ 'चलान' भइसकेको ६ सय ५० कन्टेनर पालो पर्खेर बसेका छन्। कोलकतास्थित भारतीय बन्दरगाहमा नेपाली कन्टेनरहरु ‘कन्जेसन’अर्थात मालवाहक ‘कन्टेनर’हरुको जाम निरन्तर दोहोरिँदै छ। तेस्रो मुलुकसंगको आयात व्यापारका लागि नेपालले प्रयोग गर्ने प्रमुख बन्दरगाह हो यो। ‘रेक’अर्थात ढुवानी गर्ने रेलको अभावमा बढेको भिडभाडका कारण त्यहाँबाट कन्टेनर नेपालका लागि निकासी नहुँदा थन्किएका हुन् । थप पढ्नुहोस्

एक बर्षमा उदयपुर सिमेन्टको आम्दानी दुई अर्बभन्दा बढी

गाईघाट, उदयपुर । एक बर्षमा नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेन्ट बिक्री गरेको हो । विद्युत् भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेन्ट उद्योगले आफ्नै प्रयास र कठिन परिश्रमबाट यस वर्ष एक लाख २९ हजार ५०० मेट्रिक टन अर्थात् २४ लाख ६ हजार ९०० बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए । थप पढ्नुहोस्

आयो सामसङको ग्यालेक्सी जे फोर नेपाली बजारमा

काठमाडौं । सामसङले जे सिरीज अन्तर्गतको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ । यो स्मार्टफोन युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् । साथै यस सुविधाले सोसल मिडिया मेसेन्जरमा प्राप्त भएको डुप्लिकेट तस्बिरहरुको पहिचन गरी हटाउन सकिने सुविधा प्रदान गरेको छ । थप पढ्नुहोस्
1 2