१० महिनामा विराटनगर भन्सारबाट २ अर्बको चिनी आयात

मोरङ । विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ६२ करोड ३२ लाख २१ हजार मूल्य बराबरको चिनी आयात भएको छ । साउनदेखि बैसाखसम्ममा चिनी आयातबाट ९० करोड ९ लाख ९४ हजार राजश्व असुली भएको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । गत वर्ष २ सय ४४ दशमलव ८२९ मेट्रिक टन आयात भएको चिनी चालु आर्थिक वर्षको १० महिनामा ५७ हजार २ सय ७ दशमलव ८११ मेट्रिक टन आयात भएको छ। गत वर्ष १ करोड ५८ लाख ७६ हजार मूल्य बराबरको चिनी आयात हुँदा ३९ लाख १ हजार राजश्व असुली भएको तथ्यांक फाँटका राजेन्द्र थापाले बताए । थप पढ्नुहोस्

पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । थप पढ्नुहोस्

चिनीको भन्सार मूल्य नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौंं । सर्वोच्च अदालतले चिनीको भन्सार मूल्यमा शतप्रतिशत वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । ज्ञान इन्टरप्राइजेजले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले जेठ १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । साथै सरकारले निर्णय गर्नुअघि नै एलसी खोलेर खरिद प्रक्रिया अघि बढाएको स्थितिलाई मध्यनजर गर्दै जेठ १४ भन्सार मूल्य वृद्धिको निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चले लिखित जवाफ १५ दिनभित्र पेश गर्न पनि सरकारलाई भनेको छ । थप पढ्नुहोस्

विमानस्थलमा वैदेशिक रोजगार सहायता कक्ष सञ्चालन

हिलारी विमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जडान हुने २४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजोदेखि वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा आएको छ । यही वैशाख ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सहायता कक्षको स्थापना गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रमुख रघुराज काफ्लेले जानकारी दिए । बोर्डको निर्णयका बारेमा काफ्लेले जानकारी दिए, “विदेशबाट आउने शव राख्ने ठाउँसमेत विमानस्थलमा थिएनन्, अब सहायता कक्षमा नै राख्न सकिने व्यवस्था भएको छ । थप पढ्नुहोस्

चिनियाँ पाइलटले नेपाली विमान उडाउने, अफ्रिका र दक्षिण अमेरिकाबाट पनि ल्याउने तयारी

२२ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो । मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ । वाइ १२ विमान उडाउनसक्ने तीन चिनियाँ पाइलट ल्याउने प्रक्रियामा रहेको र अन्य मुलुकबाट पनि पाइलट ल्याउन पहल भइरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए । थप पढ्नुहोस्

नयाँ विमान भित्र्याउँदै निजी वायु सेवा प्रदायक

२० वैशाख, काठमाडौं । आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् । निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, धनगढी, नेपालगञ्ज र भैरहवामा नियमित उडान गर्ने लक्ष्यका साथ ठूला जहाज ल्याउन लागिएको विमान सेवा प्रदायक कम्पनीले जानकारी दिएका छन् । थप पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१९ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ । थप पढ्नुहोस्

काभ्रेमा बन्ने विमानस्थल १५ दिनभित्र टुंगो लग्ने, ठूलीचौर र नागीडाँडामा विवाद कायमै

१८ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ । आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अध्ययनको लामो समयसम्म पनि विमानस्थलले गति लिन सकेको थिएन । थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय उडान शुरु

७ वैशाख, काठमाडौं । मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ । हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिए । विमान दुर्घटना भएको १४ घण्टा पछि पुनः अन्तराष्ट्रिय उडान शुरु भएको हो । थप पढ्नुहोस्

२ वटा चिनियाँ विमान निगमलाई, सय दिनभित्र उडाउन निर्देशन

५ वैशाख, काठमाडौै । चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे । कलसाइन ९ एन–एकेयू÷ ९ एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । जम्मा १७ सिट क्षमताका यी दुईसहित छ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । थप पढ्नुहोस्
1 2 3 8