कार्गोदर घटाउन माग

१५ साउन, काठमाडौं । नेपालको निर्यात् र आयातमा कार्गो क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सरोकारवाहरुले बताएका छन् । २३औं कार्गो दिवसको अवसरमा शनिबार नेपाल फ्रेट फरवाडर्स् एसोसिएसनले राजधानीमा गरेको कार्यक्रममा कार्गो क्षेत्रले आयात–निर्यातमा ‘रगत र धमनी’को भूमिका निर्वाह गरेको जिकिर गरेका हुन् । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले चीनसँगको पारवहन सम्झौता कार्यान्वयनमा आउनसके नेपालको ढुवानी एवं कार्गो व्यवस्थित हुने बताए । उनले स्वदेशी उत्पादनको गुणस्तरीयतामा ध्यान दिन उद्योगी–व्यवसायीलाई आग्रह पनि गरे । थप पढ्नुहोस्

भदौभित्र लेखापरीक्षण नगरे बिमा संस्थानलाई कारवाही

१४ साउन, काठमाडौ ।  महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय बिमा संस्थानलाई हालसम्मको सम्पूर्ण वित्तीय विवरणको लेखापरीक्षण गरिसक्न भदौ महिनासम्मको समय दिएको छ । तोकिएको समयसम्ममा पनि लेखापरीक्षण नगरे कारबाहीका लागि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा सिफारिस गरिने कार्यालयले चेतावनी दिएको छ । बिमा ऐन २०४९ को दफा २३ अनुसार बिमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बिमा व्यवसायसम्बन्धी आफ्नो सम्पूर्ण कारोबारको वासलात तथा नाफा नोक्सानको हिसाब प्रकाशित गरी यसको एकप्रति समितिमा पेश गर्नु पर्नेछ । थप पढ्नुहोस्

विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी, संग्रहालय पनि स्थापना हुने

१२ साउन,मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो । चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । थप पढ्नुहोस्

गोल्डस्टारको डिलर सम्मेलन सम्पन्न

१२ साउन, काठमाडौं । गोल्डस्टार जुत्ताको आधिकारिक निर्माता किरण सुज म्यानुफ्याकचरर्स तथा हात्ती छाप चप्पलको आधिकारिक निर्माता मोर्डन स्लीपर इन्डस्ट्रिजले नेपाल र भारतकाका डिलरहरुको सम्मेलन सम्पन्न गरेको छ। २२ जुलाईदेखि २४ जुलाईसम्म आयोजना गरिएको सम्मेलन गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पलको ब्राण्ड बिकासमा नेपाल र भारतको हरेक डिलरको संयुतm योगदानलाई प्रकाशमा ल्याइएको कम्पनीले जनाएको छ। गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पलको ३ दिन लामो कार्यक्रम मा नेपाल र भारतको ७५ डिलरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । थप पढ्नुहोस्

प्रभु समुहको ई- शिक्षा कार्यक्रम शुरु

११ साउन , काठमाडौं । धेरै लामो अध्ययन र अनुसन्धान पछि प्रभु समूहले ई–शिक्षा सेवाको सुरुवात गरेको छ । समूहले राजधानीमा एक कार्यक्रमको आयोजना गरि ई–शिक्षा सेवाको सुरुवात गरेको जानकारी गराएको हो । प्रभु समूहले ल्याएको यो सेवा नेपालका सम्पूर्ण सरकारी तथा नीजि विद्यालयहरुले उपयोग गर्न सक्ने बताइएको छ । यो सेवा सुरु गर्न चाहेमा बैंकले विद्यार्थी, शिक्षक वा विद्यालयमा कार्यरत अन्य सबै कर्मचारीलाई रुपैयाँकार्ड पनि उपलब्ध गराउने जानकारी गराईएको छ । प्रभु बैंकमै खाता भएकाहरुलाई भने डेविट कार्ड उपलब्ध गराउने छ । थप पढ्नुहोस्

एक वर्षमा २९ वस्तुलाई एनएस चिह्न प्रदान

१० साउन, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले आर्थिक वर्ष २०७३र०७४ मा २९ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको छ । विभागबाट नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने प्रमुख कम्पनीमा नेपाल ग्यास, मनोज ग्यास, शालिमार स्टील, किसान पाइप उत्पादन प्रालि, इन्टरनेसनल सिमेन्ट, काठमाडौं स्टील, ॐ गणपति इन्डष्ट्रिज प्रालिलगायत छन् । विभागका प्रवक्ता रोमी मानन्धरले प्रक्रिया पुर्‍याएर ल्याइएका कम्पनीबाट उत्पादित वस्तुलाई सहजै एनएस चिह्न प्रदान गरिएको बताए । थप पढ्नुहोस्

जनप्रतिनिधि बैंक र वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

९ साउन, काठमाडौं । जनताबाट निर्वाचित जनप्रतिनिधिले बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा अध्यक्ष हुन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गरी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरिएको जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था ऐनमा भएको प्रावधानबमोजिम केन्द्रीय बैंकले निर्देशिका जारी गरेको हो । थप पढ्नुहोस्

यतिको ७२ सिटे एटिआर विमान काठमाडौँमा

८ साउन, काठमाडौ । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ ।काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा खरिद गरेको हो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । थप पढ्नुहोस्

सातै प्रदेशमा (प्रदेश शाखा) खोल्ने मेगा बैंकको तयारी

८ साउन, काठमाडौं । मेगा बैंकले संघिय संरचना अनुसार ७ वटा प्रदेशमा ‘प्रदेश शाखा खोल्ने भएको छ । त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट सुरुवात भएको बैंकले जानकारी दिएको छ । स्थापनाको सातौं बर्ष पूरा गरी आठौँ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरे । थप पढ्नुहोस्

तपाईको गाउँमा आउँदै बैंक : सवैभन्दा बढि शाखा लिएर आउंदै प्रभु

६ साउन, काठमाडौं । बैंकमा पैसा राख्न, झिक्न र ऋण लिन लगायतका बैंकिङ कारोबार गर्न अब तपाईं सदरमुकाम वा घन्टौं हिँडेर बजार इलाका जानु नपर्ने भएको छ । किनभने अब बैंकहरुतपाईंको गाउँमै आउने भएका छन् । सरकारी कामकाजका लागि वाणिज्य बैंक चाहिने भएकाले प्रत्येक स्थानीय तहमा बैंक खुल्ने भएका हुन् । स्टान्डर्ड चाटर्ड बैंक बाहेक अरु बैंकहरु स्थानीय तहमा जाने भएका हुन् । उनीहरुले आफुले जाने स्थानीय तहको नाम र संख्यासहित राष्ट्र बैंकबाट स्वीकृत गराइसकेका छन् । तपाईंको गाउँमा बैंक आउँदा तपाईंलाई रोजगारी लगायतका विभिन्न अबसरहरु पनि आउँछन् । थप पढ्नुहोस्
1 4 5 6 7 8