साताको दोस्रो दिन सुनको भाउ घट्यो

काठमाडौं । असार ४ गते साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो आइतबारको तुलनामा २ सय रुपैयाँले कम हो । तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । थप पढ्नुहोस्

साताको पहिलो दिन सुनको भाउ बढ्यो

काठमाडौं । आइतबार हप्ताको पहिलो दिन बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको हो । सुन आज तोलाको ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा ५८ हजार ४ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । थप पढ्नुहोस्

साताको तेस्रो दिन आज सुनको भाउ यथावत

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा ५८ हजार ७०० सय रुपैयाँमा यथावत रहेको व्यवसाायीले बताएका छन् । सोमबारको कारोबारमा पनि यहि मूल्य कायम रहेकाले सुनको मुल्य मंगलबार यथावत रहेको व्यवसायीहरुले बताएका छन् । साताको तेस्रो दिन मंगलबार तेजावी सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चादीको भाउ पनि आज यथावत रहेको छ । थप पढ्नुहोस्

गर्मिका कारण बजारमा चहलपहल कम, सुनको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । आइतबार सुन ५८ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको नेखपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार दुई सय रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार छ ।चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । थप पढ्नुहोस्

सुनको भाउ एकाएक बढ्यो, वर्षकै महङ्गो

काठमाडौं–सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ६०० रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७७७ रुपैयाँमा कारोबार भइरहेको छ । २०७४ सालमा कुनै पनि दिन सुनको भाउ प्रतितोला ५८ हजारको उचाईमा पुुगेको थिएन । कुन महिनाको सर्वाधिक भाउ कति ? यो वर्षको बैशाख ३, ४ र ६ गते सुनको भाउ प्रतितोला ५५ हजार ७ सय रुपैयाँ रहेको थियो । थप पढ्नुहोस्

बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । बजारमा छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार ७ सय ७० रुपैयाँ थियो । थप पढ्नुहोस्

सुन तस्करी र हत्या प्रकरण : बयान सकियो, बिहीबार थुनछेकको बहस हुने !

विराटनगर / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपीहरुको थुनछेक बहस बिहीबार सुरू गरिने भएको छ । बुधबार कानुन दिवसका अवसरमा अदालत बन्द हुने भएकाले बिहीबार मात्रै बहस सुरू हुने भएको अदालतले जनाएको छ । मंगलबार प्रहरी नियन्त्रणमा रहेका सबै ३० जनाको बयान जिल्ला अदालतले टुंग्याएको छ । सोमबारसम्म २७ जनाको बयान सकिएकामा मंगलबार थप तीनजनाको बयान लिइएको हो । प्रतिवादीका पक्षमा बहस गर्ने कानून व्यवसायीको संख्या बढी हुने अनुमानका आधारमा थुनछेकको बहस कम्तीमा पनि एक सातासम्म चल्ने सम्बद्ध कानून व्यवसायीको अनुमान छ । थप पढ्नुहोस्

उदयपुरको सामुदायिक वनमा मनपरी रूख कटान, सुन पसल र पेट्रोल पम्पमा उपभोक्ता लुटिँदै

२३ वैशाख, काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख कटान गरेको पाइएको हो । जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले आफूहरुले प्रत्यक्ष अनुगमन गर्दा २६६ दशमलब ४४ क्युफिट काठ कटान भएको पाइएको बताए । थप पढ्नुहोस्

महोत्तरी लगायत तराईका जिल्लाहरुमा कमसल सुन बजारमा, भारतिय तस्करको संम्लग्नता

२१ चैत, काठमाडौं । महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम नछाप्ने शर्तमा एक सुन व्यापारीले बताएका छन् । थप पढ्नुहोस्

सुनचाँदी व्यवसायी मञ्चको साधारणसभामा ओली नेतृत्वको चर्चा

८ पुस, काठमाडौं । वाम गठबन्धनका नेताहरूले मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन् । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई सम्वोधन गर्दै वाम गठबन्धनका युवा नेताहरूले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा भ्रमको पछि नलाग्न आग्रह गरे । थप पढ्नुहोस्