राजमार्गका होटेल व्यवसायी त्राहीमाम्, प्रहरी प्रशासनले थाल्यो कार्बाही !

काठमाडौं । विभिन्न राजमार्गमा यात्रुले होटेलमा राम्रो खाना खान नपाएको भन्ने गुनासोमा प्रहरी प्रशासनले कार्बाही थाल्ने भएको छ । बिशेष गरी बुटवल, नारायणघाट राजमार्गका होटलमा खाना र नास्ता खाए बाफत बढि मुल्य तिर्नु परेको र खाना नि राम्रो नहुने भन्ने बारे प्रधानमन्त्री कार्यालयको गुनासो व्यस्थापन शाखामा उजुरी तथा गुनासा परेपछि गृहमन्त्रालयले राजमार्ग मातहतका प्रहरी प्रशासनलाई कार्बाही थाल्न तथा अनुगमन गर्न निर्देशन दिएको छ । थप पढ्नुहोस्

पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुल्ने

काठमाडौँ  । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन ।जिल्ला प्रशासन कार्यालय र काठमाडाँै महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो । थप पढ्नुहोस्

मःमः बेचेर मासिक ३० हजार बचत, दैनिक १२ जनालाई रोजगारी

काठमाडौं । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थालेका हुन् । रिजालले दुई वर्षदेखि मःमः त्यहाँका विभिन्न बजारमा बिक्री गर्दैआएका छन् । मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत छन् । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण हुन पुगे । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भने । थप पढ्नुहोस्

फेवाताल अतिक्रमण भए/नभएको प्रतिवेदन बुझाउन सर्वोच्चको आदेश

२१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले आज सो रिसोर्टका व्यवसायी कर्ण शाक्यलाई उक्त रिसोर्टको निर्माण गर्दा फेवाताल किनारबाट ६५ मिटरभित्र पर्छ वा पर्दैन भन्ने विषय जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश दिएका हो । थप पढ्नुहोस्

होटललाई सफा राख्न अनुगमन टोलीको सुझाव

३० चैत, काठमाडौं । दाङ जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन भएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले जानकारी दिए । खुल्ला खाने वस्तुमा झिँगा लागेको पाइएको थियो । “होटलहरुमा चाउमिन, समोसा, पकौडी, नमकिन, मिठाई, मासुसमेत खुल्ला रुपमा राखिएको पाइयो,” संयोजक खड्काले भने । त्यसैगरी कतिपय होटलका शौचालयसमेत फोहर पाइएको अनुगमन टोलीले जनाएको छ । थप पढ्नुहोस्

पुनर्वास नगरपालिकामा करोड लगानीमा होटल सञ्चालन

१५ चैत, काठमाडौं । सन् १९९९ मा भारतको कस्मीरमा भारत–पाकिस्तान युद्ध हुँदा भारतीय गोर्खा सेनामा कार्यरत सञ्जु गुरुङ गोली लागेर घाइते भइन् । युद्धमा पेटमा दुईवटा गोली लागेर घाइते भएका गुरुङलाई निको हुन तीन महिना लाग्यो । अठार वर्ष भारतीय गोर्खा राइफलमा जागिर गरेर गुरुङ नेपाल फर्किइन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ त्रिभुवनबस्तीका ४८ वर्षीय गुरुङले पाँच वर्षयता आफ्नै गाउँमा रु एक करोडभन्दा बढीको लगानी गरेर होटल सञ्चालन गरिरहेकी छिन् । “घाइते भएर अस्वस्थ्य भएपछि भारत सरकारको सहयोगमा छ महिना उत्तराखण्डको देखरादुनमा होटल व्यवस्थापनको तालीम गरेँ । थप पढ्नुहोस्

होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा विशेष छुट

१९ माघ, काठमाडौं । हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ । हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिए । उनले भने, “प्रदेशको राजधानी हेटौंँडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुशी पनि छन् । थप पढ्नुहोस्

बैतडीको सुर्नया गाउँपालिकामा खानेपानीको अभाव

२३ पुस, काठमाडौं । खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् । विसं २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक वर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो । योजना बनेको वर्ष दिनमै बिग्रिएपछि सतबाँभmमा रहेका एक दर्जन बढी होटल र दुई दर्जन बढी घरपरिवार समस्यामा परेका छन् । थप पढ्नुहोस्

फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन : सर्वोच्च अदालत

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो । सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा आफूले होटल सञ्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट निवेदन दायर गरेका थिए । थप पढ्नुहोस्

मोरङमा खुल्दैछन् ठूलो लगानीमा होटल तथा रिसोर्ट

१६ पुस, काठमाडौं । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ । मोरङको उर्लाबारी– ४ सिसौलीमा दुई बिगाहा क्षेत्रफलमा रोयल हेरिटज रिसोर्ट सञ्चालन गरिएको छ । पथरीका तीन जना युवा व्यवसायीले सञ्चालनमा ल्याएको रिसोर्टमा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ । थप पढ्नुहोस्
1 2