देशका मुख्य नदीमा शनिबार बहाब उल्लेख्य बढ्ने अनुमान !

काठमाडौं । बाढी पूर्वाअनुमान महाशाखाले कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीहरुमा बहाब बढ्दो क्रममा हुने अनुमान गरेको छ । असार २९ गते शुक्रबार बिहान अनुमान गरेको सुचना अनुसार कन्काई, कोसी नदी देखि बबई,कर्णाली लगायत महाकालीमा बहाब बढ्दो तर खतराको तह भन्दा तलै हुने अनुमान गरेको छ । थप पढ्नुहोस्

त्रिशूली र देवीघाट हाइड्रोको उत्पादन बन्द

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पु¥याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । थप पढ्नुहोस्

ह्याङलुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प

बाजुरा । शुक्रबार बिहान बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर ५८ मिनेटमा बाजुराको ह्याङलुङ आसपासको केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रले विसं २०७२ बैसाख १२ गते शनिबार गएको भूकम्पको पराकम्पन रहेको बताएको छ । थप पढ्नुहोस्

साउन ११ गते नेपाल आयल निगमको वार्षिक साधारणसभा

काठमाडौं। नेपाल आयल निगमले साउन ११ गते ३६ औं वार्षिक साधारणसभा मनाउने भएको छ । यो साधारणसभाबाट बोनश शेयर जारी गर्ने प्रस्ताव पेश गरेको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७३र७४ सम्मको संचित मुनाफा ११ अर्ब रुपैयाँबाट बोनस शेयर जारी गर्ने प्रस्ताव ल्याउन लागेको नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए। निगमले गत आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ नाफा गरेको साहले बताए। आर्थिक वर्ष २०७१र७२ सम्ममा १७ अर्ब ७९ करोड रुपैयाँ संचित नोक्सानीमा रहेको निगम आर्थिक वर्ष २०७२र७३ देखि संचित नाफामा छ । थप पढ्नुहोस्

नौविसे-नागढुंगा सुरुङमार्गको मुआब्जाका लागि सूचना प्रकाशित

काठमाडौं। आगामी चार बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिर्इएको नौविसे नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ। नौविसे-नागढुंगा निर्माण आयोजनाले सुरुङमार्गमा पर्ने जग्गाको मुआब्जा बुझ्न आउनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो । थप पढ्नुहोस्

इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर

काठमाडौं । धादिङको रुबिभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप 'तातोपानी' खोला जलविद्युत आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता 'पीपीए' भएको छ। नेपाल विद्युत प्राधिकरणकातर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाकातर्फबाट प्रवर्द्धक जलशक्ति हाइड्रो कम्पनी प्रालीका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन् । प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम '१६ मंसिर–१५ जेठ' र वर्षायाम '१६ जेठ–१५ मंसिर' मा प्रतियुनिट क्रमशस् ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ । थप पढ्नुहोस्

विद्युत् सर्ट हुदाँ त्रिशूली जलविद्युत्‌ केन्द्रमा आगलागी

नुवाकोट । २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो आगलागी भएको छ । पावरहाउसभित्र विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । आगलागी स्थलमा खटिएका प्रहरी सहायक निरीक्षक 'असई' राजु लामिछानेले विद्युत् उत्पादन गर्ने उपकरणमा आगलागी भएको बताए ।असई लामिछानेका अनुसार केही उपकरण क्षतिग्रस्त भएको र अन्य क्षतिबारे विवरण संकलनको काम भइरहेको छ । दिउँसो करिब पौने ३ बजे लागेको आगो निभाइसकिएको छ । थप पढ्नुहोस्

बजेटको आकार सही र संघीय संरचना सन्तुलित छ : अर्थमन्त्री डा खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताए । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएका प्रश्नको आज जवाफ दिँदै उनले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको बाँडफाँड एवं स्रोत परिचालनमा सन्तुलन कायम गरिएको बताए । अर्थमन्त्री डा खतिवडाले भने, “बजेट उपयुक्त आकारको छ । प्रादेशिक तवरले बजेट सन्तुलित छ । भूगोलको आधारमा बजेट दिएको छैन । सत्तरी प्रतिशत जनसंख्या र बाँकी प्रतिशत अन्य क्षेत्रलाई दिएर सन्तुलन कायम गरिएको छ । थप पढ्नुहोस्

विद्युत्को मूल्य बढाउने भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार

रमेश लम्साल काठमाडौं । नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा विद्युत्को मूल्य बढाउने प्रस्ताव भारतीय पक्षले गरेको थियो । भारतले २० प्रतिशतसम्म महसुल बढाउन प्रस्ताव गरेको थियो । थप पढ्नुहोस्

धादिङमा विद्युत् चोर्नेलाई कारबाही सुरु

धादिङ । धादिङस्थित नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट गर्नेलाई कारबाही सुरु थालेको छ। जिल्लामा वर्षौंदेखि बिजुली प्रयोग गरेर महसुल नतिर्ने, लाइन काटेको ५ महिनासम्म महसुल नतिर्ने र बिजुली चोरी गर्ने ग्राहकबाट करोडौं रकम असुलेको विद्युत कार्यालयले बताएको छ । महसुल नतिरेर काटेका ५ सय ९६ ग्राहकबाट प्राधिकरणले १ करोड ४१ लाख १७ हजार ७ सय ९ रुपैयाँ असुल गरेको छ । त्यसैगरी, कालोसूचीका ३१ जनाबाट १९ लाख ८७ हजार ९ सय ३३ रुपैयाँ असुलेको छ । प्रााधिकरणले बिजुली चोरेर प्रयोग गरेका उद्योगबाट ६ लाख ६५ हजार ५ सय ४८ रुपैयाँ जरिवाना असुलेको छ  । थप पढ्नुहोस्
1 2 3 8