प्रसारण लाइनको जम्पर टुटेपछि बुधबार बिहान केहीबेर विद्युत प्रवाह बन्द

काठमाडौँ । काठमाडौँमा बुधबार बिहान केही बेर विद्युत प्रवाह बन्द भएको छ । स्युचाटार मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनको जम्पर टुटेपछि मर्स्याङ्दी कोरिडोरबाट काठमाडौँ आउने करिब १०० मेगावाट बिद्युत प्रवाह बन्द भएको हो । प्रसारण लाइनको जम्फर टुटेपछि विद्युत प्रवाह बन्द हुँदा काठमाडौँमा केहीबेर आपूर्तिमा अवरोध भएको प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले बताए । थप पढ्नुहोस्

सरकारको उच्च प्राथामिकतामा बुढीगण्डकी, मुआब्जा वितरण गर्ने तिव्र तयारी

काठमाडौं। १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना सरकारको उच्च प्राथामिकतामा रहेको छ । सरकारले उच्च प्राथमिकतामा परेकाले चालु आर्थिक वर्षभित्रै अधिकतम मुआब्जा वितरण गर्ने तयारी तिव्र गरेको छ। चालु आर्थिक वर्षमा सरकारले छुट्टयाएको १० अर्ब रुपैयाँ मुआब्जा वितरण गर्ने र थप रकम आवश्यक परेमा अर्थमन्त्रालयले दिने विषयमा कुरा भैरहेको उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेश घिमिरेले बताएका छन् । थप पढ्नुहोस्

राष्ट्रियसभा समाजवाद उन्मुख बजेट ल्याइने : अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो तयारी भएको बताए ।राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५्७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ( कर प्रस्तावबाहेक ) का सम्बन्धमा सदस्यहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै उहाँले नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट आउने बताए । थप पढ्नुहोस्

स्लेट खानीको काम अबरुद्ध राज्यलाई करोडौँको नोक्सानी

म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ । भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पु¥याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको अभावमा स्थानीय तह र समुदायका लागि गतिलो आम्दानीको स्रोत बन्न सक्ने सम्भावना रहेको स्लेटखानी वर्षौंदेखि बन्द अवस्थामा छ । लुलाङ गाउँदेखि गुर्जा जाने बाटो र नर्जा खोलाको मुहान क्षेत्रमा दुई वटा स्लेट खानी रहेका छन् । थप पढ्नुहोस्

प्रदेश ६ का मुख्यमन्त्री देखि उर्जा सचिव र चिनियाँ एजेन्ट लुसु मिलेर २५ करोड झ्वाम

'हुम्ला कर्णाली जलविद्युत् आयोजनाको अनुमतिपत्र घोटाला काण्ड प्रदेश ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाही देखि उर्जा सचिव अनुपराज शर्मा सम्म संलग्न रहेको आशंका ' काठमाडौं । थप पढ्नुहोस्

ऊर्जा मन्त्रालयको श्वेतपत्र , १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौँ / दस वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले श्वेतपत्र जारी गरेको छ । श्वेतपत्र जारी गर्दै ऊर्जामन्त्री वर्षमान पुनले हचुवाको भरमा योजना नबनाइएको दाबी गरे । श्वेतपत्रमा तीन वर्षभित्र ३ हजार मेगावाट, ५ वर्षभित्र ५ हजार मेगावाट र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तोकिएको छ । आगामी १० वर्षमा नेपाललाई मात्रै १० हजार विद्युत् आवश्यक पर्ने अनुमान मन्त्रालयको छ । श्वेतपत्रमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना २०७५/ ७६ भित्र सक्ने लक्ष्य लिइएको छ । थप पढ्नुहोस्

हुरी बतासबाट सयभन्दा बढी खम्बा भाँचिए

२१ वैशाख, काठमाडौं । बुधबार राति आएको हुरी बतासका कारण कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा विद्युत्का १०० भन्दा बढी खम्बा भाँचिएका छन् । त्यसबाट तीन ट्रान्सफर्मर पनि खसेको छ । यशोधरा गाउँपालिकाको भंडेहर, कृष्णनगर नगरपालिकाको कर्मा र मायादेवी गाउँपालिकाको अभिरावमा ट्रान्सफर्मर खसेको नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाले जनाएको छ । भाँचिएका खम्बा, तार र खसेको ट्रान्सफर्मरका कारण करीब रु ३० लाख बढीको नोक्सानी भएको शाखा प्रमुख हिमांशु यादवले बताए । थप पढ्नुहोस्

मित्रवत् व्यवहारको अपेक्षा सहित प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा, इनर्जी बैंकिङलाई विशेष जोड

२२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले त्यसलाई जोगाउन पनि इनर्जी बैंकिङको अवधारणालाई विशेष प्राथमिकतामा राखिएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ मंसिर मसान्तसम्म निर्माण सम्पन्न हुने क्रममा रहेको छ । थप पढ्नुहोस्

ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

१८ चैत, काठमाडौं । बाग्लुङ जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने आयोजनाका अध्यक्ष एवम् इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताए । थप पढ्नुहोस्

२१ फागुन, काठमाडौं । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो । रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिए । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको काम २०७६ साल चैत मसान्तभित्र सम्पन्न गर्ने ढकालको भनाइ छ । थप पढ्नुहोस्
1 2 3 4 6