तीन ठूला खानेपानी आयोजना सम्पन्न, आसपासका क्षेत्रमा निकै सहजता

नवलपरासी । पूर्वी र पश्चिम गरी दुबै जिल्ला नवलपरासीमा ठूला तीन वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा दुईवटा र पश्चिम नवलपरासीको दक्षिणी ग्रामीण क्षेत्रमा एउटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका हुन् । क्रमागत रुपमा वर्षनी प्राप्त बजेट अनुसार ती ठूला खानेपानी आयोजना बल्ल आएर सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीका प्रमुख पूर्णबहादुर ज्हारचनले बताए । थप पढ्नुहोस्

राजश्व संकलनको दायरा बढाउँदै कञ्चनपुर भन्सार

भीमदत्तनगर । प्रदेश नं ७ को प्रमुख नाका गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयले संकलनको दायरा बढाएसँगै राजश्व संकलनमा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७४/0७५ मा भन्सार कार्यालयले रु ३२ करोड ५४ लाख ६३ हजार राजश्व संकलन गरेको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत यज्ञराज जोशीले बताए । महाकाली नदीमा चार लेनको पुल निर्माण भएर कञ्चनपुर व्यापारिक नाकाको रुपमा विकास भएसँगै राजश्व संकलन बढ्दै गएको छ । चालू आव २०७५/0७६ का लागि वार्षिक राजश्व संकलनको लक्ष्य रु ४० करोड १२ लाख ८४ हजार तोकेको छ । थप पढ्नुहोस्

गत आर्थिक बर्षमा ५ अर्ब २१ करोड राजश्व संकलन

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । आव २०७३÷७४ मा कार्यालयले रु चार अर्ब ४६ करोड ७२ लाख १३ हजार राजश्व असुली गरेको थियो भने गएको आवमा अघिल्लो आवको तुलनामा रु ७४ करोड ६१ लाख नौ हजार बढी राजश्व संकलन गरेको थियो । थप पढ्नुहोस्

सार्क हस्तकला केन्द्रको प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन 'सार्क' मुलुकको हस्तकलाको प्रवद्र्धन एवं विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ । उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको रु २७ करोड लगानीमा बन्न लागेको केन्द्रको आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकलालाई सार्क क्षेत्रसम्म विकास गर्नका लागि सार्क हस्तकला केन्द्र स्थापना गर्न लागेको बताए । तीन वर्षमा निर्माण सम्पन्न हुने केन्द्र पाँचतले हुनेछ । थप पढ्नुहोस्

अब पानी जहाजमार्फत ‘चलखेल’ गर्ने भारतको दाउ

काठमाडौँ, ३२ असार । नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो । थप पढ्नुहोस्

होङसी सिमेन्टको ओपिसी ब्राण्डले एनएस पायो

पिपिसीको गुणस्तर परीक्षण हुँदै काठमाडौं।नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्टले नेपाल गुणस्तर चिन्ह 'एनएस' पाएको छ। होङसीको ओपिसी सिमेन्टले एनएस चिन्ह पाएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ओपिसी सिमेन्टमा एनएस पाइसकेको बताउँदै पिपिसीको भने गुणस्तर परीक्षण भइसकेको बताए। उद्योग दुर्इ महिना अघिदेखि संचालनमा आएको हो।तर पूर्ण क्षमतामा भने चलेको छैन।स्रोतका अनुसार सुरुवातमा सिमेन्टको गुणस्तर राम्रो नभएको र कच्चा पदार्थ कम भएकोले कम उत्पादन भएको हो । थप पढ्नुहोस्

‘पानीजहाज’ सञ्चालनका लागि नेपाल र भारत बिच छलफल शुरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएको नेपालको आफ्नै ‘पानीजहाज’ सञ्चालनका लागि नेपाल र भारतका अधिकारीहरु छलफल शुरु भएको छ । काठमाडौंमा दुई देशका अधिकारीहरु आइतबारदेखि पानीजहाज 'जल यातायात' सञ्चालनका लागि कार्य योजना तयार पार्नका लागि काठमाडौंमा दुई देशका सहसचिव स्तरका अधिकारीहरुको छलफल सुरु भएको छ। नेपालको कोशी, गण्डक वा नारायणीमध्ये एक नदीमा तत्काल जल यातायात संचालन गर्ने गरी योजना तयार गरिने बताइएको छ । थप पढ्नुहोस्

नवगाँवा अब टापु रह्दैन बिकासमा नमुना बन्छ : प्रमुखगुप्ता

भिुषुवा । छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नव गाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदा ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन् । गाउँपालिकाले शनिवार वडानम्बर २ टिहुकीस्थितविद्यालय परिसरमाआयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रमुख गुप्ताले यस्तो बताए । ‘तपाईले अहिले हेर्नु भएको ९ किलोमिटर ग्राभेल बाटो, २६ सय मिटर ढलान सडक, ३६ सय मिटर पक्कीनाला, एम्बुलेन्स, डोजर अनिएक्जाभेटर, सबै बिद्यालयमापर्खा, शौचालय र पंखाजस्ता कुरा यो बर्ष सुरुवातहो,’ गुप्ताले भने, ‘यो ट्रेलर मात्रहो, फिल्मअझै बाकी छ । थप पढ्नुहोस्

बन्दीपुरमा पर्यटकको आकर्षण बढ्दै, केबुलकार निर्माण गरिने

दमौली । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहनुभएका उपाध्यायले बताए । केबुलकारका लागि आर के वी रियल स्टेट एण्ड कन्सट्रक्सनले ७० प्रतिशत र आफूले ३० प्रतिशत लगानी व्यहोर्ने उनले बताए। एक किमी ६०० मिटर लामो उक्त केबुलकारमा सात वटा टावर रहनेछन् । थप पढ्नुहोस्

पर्सागढीको पहिलो सार्वजनिक सुनुवाई समपन्न

पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । सहयोगी नेपाल पर्साको आयोजना तथा पर्सागढी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीयहरुले बाढी पहिरोको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । वर्षतको समयमा डुबान भएका क्षेत्रहरुमा नगरपालिकाले बाध बनाउनुपर्ने र भत्केका सडक, पुल, सार्वजनिक संरचनाहरुमा मर्मत सम्भारका कामहरु गनुपर्ने नगरपालिका समक्ष स्थानीयहरुले माग राखेका थिए । थप पढ्नुहोस्
1 2 3 16