संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । थप पढ्नुहोस्

कर्णाली क्षेत्रका २५ प्रतिशत बस्ती सुरक्षित ७५ प्रतिशत असुरक्षित

काठमाडौँ । कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा सो क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ । करीब पाँच महिनाको समयअवधिमा गरेको सो अनुसन्धान प्रतिवेदनमा त्यस क्षेत्रका अधिकांश जमिन भिरालोपन र भूकम्पका जोखिममा छन्, त्यस कारण त्यहाँका नागरिक असुरक्षित महसुस गरिरहेको जनाएको छ । थप पढ्नुहोस्

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज गर्ने सरकारको तयारी

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज गर्ने संकेत दिएका छन् । सत्तारुढ एमाले, माओवादी र विपक्षी कांग्रेसका सांसदले समेत पूर्वाधार विशेष कार्यक्रमको बजेट १० करोड बनाउन दबाब दिइरहेका बेला सरकार भने कार्यक्रम नै खारेज गर्ने तयारी जुटेको छ । संसदमा प्रि बजेट छलफल भइरहेका बेला अर्थमन्त्री डा।युवराज खतिवडाले आगामी बजेटमा निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रममा बजेट विनियोजन नगर्ने संकेत गरेका छन् । थप पढ्नुहोस्

केशवनारायण चोकको पुनःनिर्माण असारसम्म गरिसक्ने तयारी

ललितपुर । पाटन दरबार क्षेत्रमा रहेको केशवनारायण चोकको पुनःनिर्माण आगामी असारसम्म गरिसक्ने तयारी भएको छ ।काम धमाधम अघि बढेकाले अब दुई÷तीन महिनासम्ममा सकिने पाटन सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखेले पश्चिम गाह्रोको काम सकिन लागेको बताए। सङ्ग्रहालय रहेको यो चोकको पुनःनिर्माणका लागि पहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झण्डै रु ६३ लाख सहयोग गरेको थियो । उत्तर र दक्षिण भागको गाह्रो निर्माणका लागि रु ४२ लाखमा केही समय पहिलेमात्रै ठेक्का भएको छ । यसमा अष्ट्रेलीयाको युनिभर्सिटी अफ एप्लाइड साइन्सले आर्थिक सहयोग गरेको छ । थप पढ्नुहोस्

काष्ठमण्डप टेलिभिजनको बिरगंज ब्यूरो कार्यालय उदघाटन

बिरगंज । राजधानी बाट संचालित काष्ठमण्डप टेलिभिजन ब्यूरो कार्यालय बिरगंजमा बुधबार एक कार्यक्रमका बिचमा प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले उदघाटन गरेका छन । माईस्थान चौक स्थित बारा र पर्सा जिल्लाको सयुक्त ब्यूरो कार्यालय उदघाटन गर्दै प्रमुख अतिथि पटेलले पत्रकारिता अतिनै सम्बेदन शील पेसा हो एक जना पत्रकारले गलत गर्दा सम्पूर्ण पत्रकारहरु माथी औउला उठछ त्यसैले कारण जिमेवारी एंव जवाफदेहिताका साथ कार्य गर्न सुझाव दिनुपर्ने भएकाले यो पेसा संवेलशील भएको बताए । धेरै अवसर रहेको यस क्षेत्रमा ईमानदारीताका साथ कार्य गरे सफलता आफै मिल्ने पटेलले बताए । थप पढ्नुहोस्

सातै प्रदेशका वन क्षेत्रमा एक लाख रोजगारी सिर्जना

काठमाडौ । मन्त्रायलयले सातै प्रदेशमा रोजगार सिर्जना गर्ने उद्योग, आयोजना सञ्चालन गरी एक वर्षमा एक लाख थप पूर्ण रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै वनजन्य उद्योग र उद्यमको विकास र विस्तार, काष्ठ प्रविधिको विकास र विस्तार, तराई–मधेस एवं भित्री तराई क्षेत्रका १० लाख हेक्टर भूमिमा उच्चस्तरको फर्निचर काठ उत्पादन हुने कृषि वन प्रणालीको विकास गरिने मन्त्रालयले जनाएको छ । थप पढ्नुहोस्

कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

२३ वैशाख, काठमाडौं । पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् । सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हुँगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि डिजाइनको चरणमा रहेको छ । थप पढ्नुहोस्

केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै, उपत्यकामा मोनोरेल चलाउन चिनियाँ कम्पनी इच्छुक

२२ वैशाख, काठमाडौं । केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् । रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन् । रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि यहाँ आउन लागेको हो । थप पढ्नुहोस्

एचके कन्स्ट्रक्सन प्रालिलाई कसको संरक्षण ? करोडौँको पुल निर्माण अलपत्र

१८ वैशाख, काठमाडौं । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका हुँदै छिमेकी जिल्ला बाजुरा र खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने करोडौँ रुपैयाँ लागतमा निर्माण हुने भनिएको तमैल पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आउँदो असार मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने सेती नदीको तमैलमा निर्माण हुने पक्की पुलको काम अहिलेसम्म शुरुआत हुन नसकेपछि निर्माण कार्य अलपत्र परेको हो । थप पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ, ९० प्रतिशत काम सम्पन्न

६ वैशाख, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँकिँदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । थप पढ्नुहोस्
1 2 3 4 10