ग्रामीण जलस्रोत व्यवस्थापनका लागि रु २ अर्ब ४० करोड अनुदान

२८ मंसिर, काठमाडौं । युरोपेली संघले तेस्रो चरणअन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना कार्यान्वयन गर्न करिब रु दुई अर्ब ४० करोड अनुदान उपलब्ध गराउने भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १० जिल्लामा सन् २००६ देखि जारी उक्त आयोजनाका निम्ति संघले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । आज आयोजित एक कार्यक्रममा नेपालका लागि फिनल्याण्ड र युरोपेली संघका राजदूत क्रमशः योर्मा सुभान्तो र भिरोनिका कोडीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । थप पढ्नुहोस्

पोखरामा सिसी क्यामेरा जडान गर्न उद्योग वाणिज्य संघ सकारात्मक

११ मंसिर, काठमाडौं । पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ । स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताए । थप पढ्नुहोस्

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा मंसिर मसान्तभित्र इन्जिनियर खटाइने

१ मंसिर, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२ औँ बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई मंसिर ७ देखि १५ गतेसम्म अभिमुखीकरण तालीम दिई यो महिनाको अन्तिमसम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको हो । मंसिर १७ गतेसम्म प्राविधिकलाई रमाना दिई २५ गतेसम्म कार्यक्षेत्रमा खटाउने प्राधिकरणको तयारी छ । थप पढ्नुहोस्

सिईओ भुसाल विरुद्ध पूर्वसिईओ ज्ञावाली अदालतमा

२६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नियुक्ति खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएकोे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई विपक्षी बनाई प्राधिकरणका पूर्व कार्यकारी सुशील ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा प्राधिकरणमा भुसाललाई गैरकानुनी रुपमा नियुक्ति गरिएको भन्दै सो नियुक्ति खारेज गर्न माग गरिएको छ । थप पढ्नुहोस्

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा भुसाल नियुक्त

६ कात्तिक, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन् । मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि आज कुरा गर्दै उनले सरोकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवससम्म देखिने परिणाम निकालिने बताएका छन् । भुसालले प्राधिकरणमा भइरहेका कामलाई दु्रत गतिमा अगाडि बढाउने बताउँदै भूकम्पपीडितका घर र ऐतिहासिक सम्पदाको पुनःनिर्माणलाई एकसाथ अगाडि बढाउने योजना रहेको बताएका छन् । थप पढ्नुहोस्

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

२ कात्तिक, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ । सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए । धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको मेनका खड्काले गुनासो गरिन् । थप पढ्नुहोस्

किर्ते हस्ताक्षर गरेको उजुरी अख्तियारको छानबिनमा

२९ असोज, काठमाडौं । सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ । सप्तरीको कुष्णसवरण गाउँपालिका–४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको विषयमा छानबिन गर्न माग गरिएको हो । थप पढ्नुहोस्

प्राविधिक सहयोग गर्न विकास साझेदारलाई प्राधिकरणको आग्रह

२६ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति मुख्य चुनौती रहेको जनाउँदै प्राविधिक सहयातामा अझै बढी केन्द्रित हुन विकास साझेदार संस्थाका प्रतिनिधिलाई आग्रह गरेको छ । विकास सहायता समन्वय तथा सहजीकरण समितिको पाँचौँ बैठकमा आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा डा गोविन्दराज पोखरेलले हालसम्म निर्माण भएका र भइरहेका निजी आवास करिब दुई लाख पुगेको र तिहारपछि धेरै लाभग्राहीले निजी आवास पुनर्निर्माण शुरु गर्ने योजना बनाएकाले आगामी पुस मसान्तसम्म सो संख्या तीन लाख ५० हजार पुग्ने बताए । थप पढ्नुहोस्

पूर्वको तराई–पहाड जोड्ने द्रुतमार्गमा गाडी सञ्चालन

२६ असोज, काठमाडौं । पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ । बुधबार उर्लाबारीबाट को १ च ५४५७ नंको एम्बुलेन्स बिरामी बोकेर सो सडकखण्ड भएर इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङ्नाम पुगेको हो । चालक सोही ठाउँका २२ वर्षीय नवीन श्रेष्ठले पहिलोपटक गाउँमा गाडी पु¥याएका हुन् । सो गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासीसँगै जनप्रतिनिधिले चालकलाई भव्यरुपमा पैसा र फूलको माला लगाएर स्वागत एवं सम्मान गरेका थिए । थप पढ्नुहोस्

निर्माणधिन जयरामघाट पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालनमा आउने

२५ असोज, काठमाडौं । खोटाङ जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि गत सोमबार ढलान कार्य सम्पन्न भएको हो । ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्दै सुकाएपछि २९ औँ दिनदेखि पुल सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिएका इञ्जिनियर सीताराम कार्कीले बताए । “क्युरिङ् पिरियडमा पुलको दायाँ र बायाँ पर्ने एप्रोच रोड निर्माण गरिसकिन्छ । थप पढ्नुहोस्
1 5 6 7 8 9 10