विदेश जाँदै हुनुहुन्छ ? धेरै पैसा बोके पक्राउ पर्नुहोला ?

काठमाडौँ, २ साउन । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को क अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो । थप पढ्नुहोस्

बजार अनुगमन, भक्तपुरमा अधिकांश पसल गैरकानूनी

भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो । थप पढ्नुहोस्

मानव संशाधन विकासमा जापानको २७ करोड अनुदान

काठमाडौं । जापान सरकारले मानव संशाधन विकासका लागि रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ । सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउन उक्त अनुदान उपयोग गरिनेछ । अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास तथा कानूनी नीतिजस्ता विषयमा निजामती सेवाका कर्मचारीले छात्रवृत्ति पाउने छन् । विगत तीन वर्षदेखि जापानले उक्त छात्रवृत्ति प्रदान गर्दै आएको छ । २० जना नेपाली विद्यार्थीको तेस्रो खेप जापानी विश्वविद्यालयमा अध्ययनका निम्ति चयन भइसकेका छन् । थप पढ्नुहोस्

करको दायरामा पर्यटकीयस्थल र होटल ल्याउने निर्णय पारित

बाबियाचौर ( म्याग्दी ) । अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ । संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो । घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकबाट शुल्क उठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताए । थप पढ्नुहोस्

रातभरीको बर्षाले काठमाडौ र भक्तपुर डुबानमा !

काठमाडौ, २८ असार । गए राति परेको भीषण वर्षाका कारण काठमाडौँ र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन् । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका हुन । काठमाडौँको बाग्मति र विष्णुमतीमा आएको बाढीले पनि केही ठाउँ डुबानमा परेका छन् । तर हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । थप पढ्नुहोस्

मन्टीन्व ग्रुपको हेटौँडामा नयाँ शाखा विस्तार

हेटौँडा । निर्माण सामग्री उत्पादनको लागि विश्वकै चर्चित रहेको मन्टीन्व ग्रुपले हेटौँडामा आफ्नो नयाँ शाखाको सुरुवात गरेको छ । विकास निर्माणको लागि अति आवश्यक पर्ने निर्माण सामग्रीको रुपमा रहेको लोडर तथा अन्य सामग्रि विक्रि गर्नेगरि हेटौँडामा पहिलो पटक विक्रिको शुभारम्भ भएको हो । हेटौँडामा भएको एक कार्यक्रममा निर्माण ब्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुलीले हेटौँडा शाखाको शुभारम्भ गरेका हुन् । शुभारम्भपछि बोल्दै पराजुलीले हेटौँडाका युवा ब्यवासायीले सुरु गरेको ब्यवसायलाई निर्माण ब्यवसायीहरुले पूर्ण रुपमा सहयोग गर्ने बताए । थप पढ्नुहोस्

असार मसान्तसम्ममा एक हजार ९१५ व्यापारिक फर्मको अनुगमन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौं उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ । यस आवभित्र पाँच हजार ४०० व्यापारिक फर्मको अनुगमनको लक्ष्य राखेको प्रवक्ता ढुण्डीराज पोखरेलले बताए । थप पढ्नुहोस्

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

इलाम । दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी 'डगच्यू' उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ । दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छुर्पी र त्यति नै परिमाणमा घ्यू उत्पादन हुँदै आएको छ । थप पढ्नुहोस्

हेर्नुस बुधबार रियाल, दिर्हाम र रिंगिटको मूल्य कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ०४ पैसा र विक्रिदर २९ रुपैयाँ २० रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र विक्रिदर ३० रुपैयाँ ०७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६५ पैसा र विक्रिदर ३० रुपैयाँ ०७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ०३ पैसा छ भने विक्रिदर ३ सय ६२ रुपैयाँ ०२ पैसा रहेको छ । थप पढ्नुहोस्

भूमिज कलेक्सनको शाखा कुपण्डोलमा

काठमाडौं । भूमिज कलेक्सन एण्ड बुटीकले कुपण्डोलमा आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ । काठमाण्डौंको नयाँ सडकबाट महिला पहिरनका उत्पादनको तिब्र बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि ललितपुरको कुपण्डोलमा शाखा बिस्तार गरेको हो । शनिबार एक कार्यक्रमका बिच नायिका सञ्चिता लुईटेल तथा ओशो तपोवनका सञ्चालक स्वामी अनन्द अरुणले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटनको अवसरमा कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा असार महिनाभरी ग्राहकले विशेष किसिमको उपहार तथा छुट पाउने छन् । थप पढ्नुहोस्
1 2 3 4