धुलिखेलमा ५० करोड भारतीय लगानीमा लग्जरी होटल खुल्दै

काठमाडौं। काभ्रेको धुलिखेलमा सुविधा सम्पन्न होटल खोल्न ५० करोड रुपैयाँ भारतीय लगानी स्वीकृत लग्जरी होटल खुल्ने भएको छ । काभ्रेको धुलिखेल नगरपालिकामा भारतीय नागरिकले ४८ बेडको सुविधा सम्पन्न होटल स्थापना गर्न उद्योग विभागबाट स्वीकृति लिएको विभागले जनाएको छ। १६० सिट क्षमताको रेष्टुरेन्ट सहितको होटलमा ४५ जनालाई रोजगारी दिने भारतीय कम्पनीले प्रतिवद्धता गरेको छ। जेठमा ७३ वटा विदेशी कम्पनीले लगानी स्वीकृत गराएपनि एउटा मात्र भारतीय कम्पनीले ठूलो उद्योगकालागि लगानी स्वीकृत गराएको हो। अरु सबै साना उद्योग अन्तर्गतका उद्योग हुन् । थप पढ्नुहोस्

महालक्ष्मीको शुद्ध तोरीको तेल बजारमा

बागलुङ । महालक्ष्मी तेल उद्योगले प्रशोधित शुद्ध तोरीको तेल बजारमा ल्याएको छ । उद्यमी सुवास राजभण्डारीको एकल लगानीमा खुलेको उक्त उद्योगले दैनिक एक सय लिटरसम्म तेल उत्पादन गर्ने गरेको छ । धवलागिरि क्षेत्रका उपभोक्तालाई लक्ष्य गरी तेल उद्योग सञ्चालन गरेको उद्यमी राजभण्डारीले बताए । आधुनिक उपकरणजडित जिल्लाकै पहिलो उद्योग भएकोले तोरी पेल्न र शुद्धीकरणको लागि इटालीयन प्रविधिका ‘स्ट्रेलर’ र ‘कम्प्रेसन’ यन्त्र जडान गरिएको छ । तीन चरणमा तेल छानिन्छ । परीक्षण उत्पादन गरी तेलको गुणस्तर कायम गरेर बजारमा पठाइएको राजभण्डारीले बताए । थप पढ्नुहोस्

बिहीबारको विनिमय दर : रियाल, दिर्हाम, रिंगिट मुद्राको मूल्य कमजोर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २९ पैसा र विक्रिदर २९ रुपैयाँ ४६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९८ पैसा र विक्रिदर २७ रुपैयाँ १३ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र विक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ ८५ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ८४ पैसा रहेको छ । थप पढ्नुहोस्

चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो

काठमाडौँ । मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो । त्यसैगरी एक हजार सी। सी। भन्दा माथिका चारपांग्रे सवारी साधन र १५० सी। सी। भन्दा माथिका क्षमताका मोटरसाइकलमा पनि अन्तःशुल्क वृद्धि हुने भएको छ । सरकारले आजैदेखि लागू हुनेगरी चुरोट उत्पादन र पैठारीमा प्रति खिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर पनि लगाउने भएको छ । थप पढ्नुहोस्

बुटवलमा आजदेखि तीन दिने टाटा मोटर्सको कार मेला

बुटवल । बुटवलमा आजदेखि ३ दिने टाटा मोटर्स मेला सुरु भएको छ । नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.र सिप्रदी ट्रेडिङ प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेसनलको संयुक्त सहकार्यमा वार्षिक रूपमा आयोजना हुने टाटा मोटर्स कार मेला शुक्रबारबाट पहिलोपटक बुटवलस्थित क्लब डी नोभोमा शुरु भएको छ । उक्त मेला जेठ ११, १२ र १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ । थप पढ्नुहोस्

सामसङ जे टु २०१८ मोबाइल नेपाली बजारमा

काठमाडौं । नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित सामसङ मोबाइलको सिरिज अन्तर्गत हालै जे टु २०१८ मोबाइल नेपालीबजारमा प्रस्तुत गरेको छ । ग्लालेक्सी जे टु २०१८ मोबाइल गत १८ मेदेखि नेपाली बजरामा उपलब्ध हुँदै आएको छ । यस सेटको मूल्य ने।रु १४ हजार ५ सय ९० रहेको छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रंगमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपडै«गन प्रोसेर, २ जिबि ¥याम तथा १६ जिबी इन्टरनल मेमोरीका साथ उपलब्ध रहेको छ । स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमता अझ बढी विशिष्ट हुन पुगेको छ । थप पढ्नुहोस्

करीब र ३६ अर्बको लगानीमा सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन शुरु

नवलपरासी । पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले आफ्नो व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ । पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । थप पढ्नुहोस्

सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर हेटौंडामा

मकवानपुर । सामसङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर विस्तार गरेको छ । नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको सामसङ ईण्डियाका उपाध्यक्ष वाई वि वनलले शुभारम्भ गरेको हो । सामसङले विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १३ औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको हो । यसअघि कम्पनीले काठमाडौं ९सुन्धारा, पाको, कमलादी० जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ । थप पढ्नुहोस्

युरोपेली संघसहित खाडी मुलुकले लगाए भारतीय तरकारीमा प्रतिबन्ध, नेपालमा भने खुलेआम भित्रिन्छ तरकारी

६ फागुन, काठमाडौं । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको हो। अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी–फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गौला खराबी, आँखाको ज्योति कमजोर, विकलांग बच्चाको जन्म, हृदयाघात, प्यारालाइसिसलगायत गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने प्रवल सम्भावना हुन्छ । थप पढ्नुहोस्

बिनाकारण सिमेन्ट र छडको मूल्यमा बृद्धि, हार्डवेयर व्यवसायी आन्दोलित

२३ पुस, काठमाडौं । सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो । थप पढ्नुहोस्
1 2 3 4