कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या ४४१ पुग्यो

इनरुवा । अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भाले १३७ वटा रहेका छन् । थप पढ्नुहोस्

१० महिनामा विराटनगर भन्सारबाट २ अर्बको चिनी आयात

मोरङ । विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ६२ करोड ३२ लाख २१ हजार मूल्य बराबरको चिनी आयात भएको छ । साउनदेखि बैसाखसम्ममा चिनी आयातबाट ९० करोड ९ लाख ९४ हजार राजश्व असुली भएको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । गत वर्ष २ सय ४४ दशमलव ८२९ मेट्रिक टन आयात भएको चिनी चालु आर्थिक वर्षको १० महिनामा ५७ हजार २ सय ७ दशमलव ८११ मेट्रिक टन आयात भएको छ। गत वर्ष १ करोड ५८ लाख ७६ हजार मूल्य बराबरको चिनी आयात हुँदा ३९ लाख १ हजार राजश्व असुली भएको तथ्यांक फाँटका राजेन्द्र थापाले बताए । थप पढ्नुहोस्

आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न

काठमाडौँ । सरकारले आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन । एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ । थप पढ्नुहोस्

करीब र ३६ अर्बको लगानीमा सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन शुरु

नवलपरासी । पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले आफ्नो व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ । पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । थप पढ्नुहोस्

पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक पहिरो पन्छाएपछि दुईतर्फी गाडी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । अवरुद्ध बाटोमा पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन प्रहरीले जनाएको छ । तर, दुई घण्टासम्म गाडी रोकिँदा केही चाप भएको यात्रुहरुले बताएका छन् । काठमाडौँ भित्रिने सवारी साधनहरु आइतबार बिहानको जामका कारण दिउसो मात्र काठमाडौँ आइपुग्ने बर्दिया काठमाडौँका सवारी चालक कृष्ण सुनारले बताए । थप पढ्नुहोस्

काठमाडौंमा बन्ने भयो डिजिटल स्मार्ट पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट पर्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि नमुना परियोजनास्वरूप धर्मपथमा काम गर्न प्रक्रिया अघि बढाएको छ । नेपालमा पहिलोपटक स्मार्ट र डिजिटल पार्किङको अवधारणा अघि बढाइएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘स्मार्ट पार्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि न्युरोडको धर्मपथलाई छनोट गरी काम अघि बढाइसकेका छौं’, उनले भने। स्मार्ट पर्किङ बढीमा तीन महिनाभित्र प्रयोगमा आउने गरी काम सुरु भएको छ। डिजिटल पार्किङका लागि भने दुई साताभित्र टेन्डर आह्वान हुनेछ । थप पढ्नुहोस्

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री महासेठको सिन्डिकेट सुरु

सिन्डिकेटधारीको दबाब : मन्त्रीले हटाए विभागका महानिर्देशक काठमाडौं । सरकारले यातायात क्षेत्रमा देशभरी रहेको सिन्डिकेट तोड्न सफल भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भित्रै रहेको सिन्डिकेट भने तोड्न नसकेको आभास भएको छ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीसँगको दबाबमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातको क्षेत्रमा ४० वर्षदेखि जरो गाड्दै आएको सिन्डिकेट अन्त्यका लागि कदम चाल्ने यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् । थप पढ्नुहोस्

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताए । स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उनले मुलुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । अर्थमन्त्री खतिवडाले यस किसिमका उद्योगमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी गुणस्तरीय उत्पादन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने बताए । थप पढ्नुहोस्

बगरको खरभुजा र काक्राले चल्छ मुक्त कमैयाको जिवन

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ । एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आइरहेका छन् । बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री गरिरहेको रानाले दैनिक तीन क्विन्टल तरकारी बिक्री हुने गरेको बताउछन् । “दुई दिन अघिसम्म दैनिक पाँच हजारसम्मको बिक्री हुने बताए । थप पढ्नुहोस्

व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक

वीरगञ्ज । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी आइसिपी सम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक रहेको छ । व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि जितपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचनाहरु भत्काउन बारम्बार सूचना जारी गरे पनि अटेर गरेकाले सो व्यापारिक मार्ग निर्माण कार्य अगाडि बढाउन स्थानीय प्रशासनको सहयोगमा वैशाख १० गतेभित्र डोजर लगाएर भत्काउने भएको छ । थप पढ्नुहोस्
1 15 16 17 18 19 69