बर्षाले ११ वटा आन्तरिक गन्तब्यका उडान ठप्प

काठमाडौं। केहीदिन देखिको सक्रिय मौसमका कारण अबिरल वर्षा हुदा वुधबारबाट एघार वटा आन्तरिक गन्तब्यका उडान ठप्प भएको छन्। लुक्ला, रामेछाप, खानीडाँडा, ताप्लेजुङ, रुकुम सल्ले, जोमसोम, सिमिकोट, जुम्ला, रारा,डोल्पा, वाग्लुङ लगायतका एघार गन्तब्यमा उडान ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। मौसमकै कारणले एघारवटा गन्तब्यमा उडान भएको छैन। स्टोल रुटमा उडान ठप्प भएपनि ट्रंक रुटमा भने उडान नियमित भैइरहेका छन् । थप पढ्नुहोस्

साउन ११ गते नेपाल आयल निगमको वार्षिक साधारणसभा

काठमाडौं। नेपाल आयल निगमले साउन ११ गते ३६ औं वार्षिक साधारणसभा मनाउने भएको छ । यो साधारणसभाबाट बोनश शेयर जारी गर्ने प्रस्ताव पेश गरेको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७३र७४ सम्मको संचित मुनाफा ११ अर्ब रुपैयाँबाट बोनस शेयर जारी गर्ने प्रस्ताव ल्याउन लागेको नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए। निगमले गत आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ नाफा गरेको साहले बताए। आर्थिक वर्ष २०७१र७२ सम्ममा १७ अर्ब ७९ करोड रुपैयाँ संचित नोक्सानीमा रहेको निगम आर्थिक वर्ष २०७२र७३ देखि संचित नाफामा छ । थप पढ्नुहोस्

सवारी कर अब प्रदेश सरकारले नै उठाउन पाउने

काठमाडौं  । साउन १ गतेदेखि उठ्ने सवारी करको ६० प्रतिशत प्रदेशले र ४० प्रतिशत स्थानीय तहले पाउने भएका छन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था संशोधन गरी सरकारले यस्तो व्यवस्था गरेको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले दुवै ऐन संशोधन गरी प्रदेश र स्थानीय तह दुवैको साझा अधिकार क्षेत्रका कर एकै तहबाट संकलन गर्ने र संकलित कर रकम बाँडफाँट गर्ने व्यवस्था गरेको हो । थप पढ्नुहोस्

नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ । आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताए । चुरे फेदको बस्ती भएकाले गर्मीका बेला पानी सुक्ने गरेको छ । नदी र खोलाको पानी सुकेपछि स्थानीयवासीले पानीका लागि सास्ती खेप्नुपरेको छ । थप पढ्नुहोस्

फोहोरबाट मोहर बनाउँदै अमिरकादेवी, अरुका लागि प्रेरणाको स्रोत

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ । बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक मल बनाउँदै आएकी छिन्। बजारमा पाइने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलकै भरमा खेती गर्दै आएकी ३२ वर्षीया चौधरी अहिले आफँैले जैविक मल तयार गरिरहेकी छिन् । थप पढ्नुहोस्

करको दायरामा पर्यटकीयस्थल र होटल ल्याउने निर्णय पारित

बाबियाचौर ( म्याग्दी ) । अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ । संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो । घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकबाट शुल्क उठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताए । थप पढ्नुहोस्

डिब्बा भाडामा ल्याएर जनकपुर- जयनगर रेल चलाइने

काठमाडौं । आगामी डिसेम्बरदेखि जनकपुर(जयनगर रेलमार्ग सञ्चालनमा आउने भएको छ । त्यसका लागि रेलको डिब्बा भने भाडामा ल्याउने सहमति भएको छ । भारत र नेपालका अधिकारीहरुको बैठकमा भारतले डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ । नेपालमा रेलको डिब्बा पनि नभएको र रेल चलाउन जनशक्ति पनि नभएका कारण भाडामा ल्याउनु परेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । भारतीय पक्षले डिब्बा र जनशक्ति उपलब्ध गराए पनि सञ्चालनमा सम्पूर्ण अधिकार नेपालको हुने उनले बताए । थप पढ्नुहोस्

कृषि उद्योगको पूर्वाधार निर्माणमा विश्व बैंकको सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रामा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । बिहीबार उनकै निवास विश्व बैंकका प्रतिनिधि संगको शिष्टाचार भेटमा दाहालले यस्तो आग्रह गरेका हुन् । बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गरेको बताए । अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताएका छन् । थप पढ्नुहोस्

सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण

नुवाकोट । राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ । अन्तर्राष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति गर्न सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले बताए । जिल्लाका साविक दुईपीपल, रातमाटे र जिलिङ गाविसका जग्गाधनीलाई चालू आर्थिक वर्षमा रु २५ करोड उपलब्ध गराइने छ । थप पढ्नुहोस्

मध्यपहाडी राजमार्ग सिन्धुलीखण्ड पहिरोले अवरुद्ध

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए । राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ । सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको छ । थप पढ्नुहोस्
1 2 3 4 5 92