व्यवसायीले कर तिरेमा कर शुल्क तथा ब्याज मिनाहा हुने

विराटनगर । लामो समयदेखि कर नतिरेका र करको दायरामा नआएका व्यवसायीले कर तिरेमा कर शुल्क तथा ब्याज मिनाहा हुने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ साल देखि २०७५ पुस मसान्तसम्मको कूल आय तथा त्यसमा लाग्ने कर व्यवसायीले बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने बताइएको छ । यसरी तोकिएको समयभित्र शुल्क तथा ब्याज नबुझाएमा पुरानो सबै हिसाब असुलउपर गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । थप पढ्नुहोस्

कृषि विद्यार्थीका लागि उर्वरक्षेत्र : मन्त्री खनाल

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेका छन् । थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उनले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गरेका छन् । विदेशमा जति समय काम गरिन्छ त्यति समय स्वदेशमा परिश्रम गर्ने हो भने विदेशमा गर्ने आम्दानी भन्दा स्वदेशको आम्दानी दोब्बर हुने मन्त्री खनालको तर्क रहेको छ । थप पढ्नुहोस्

व्यवसायीद्वारा बोलपत्र बहिष्कार, पर्यटन शुल्क संकलन अन्योलमा

भक्तपुर । चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क संकलनका लागि आह्वान गरेको बोलपत्र अर्थात् ठेक्का प्रक्रिया व्यवसायीले बहिष्कार गरेका छन् ।पर्यटकीयस्थल नगरकोट र विश्व सम्पदा सूचीमा रहेका चाँगुनारायण मन्दिर जाने विदेशी पर्यटकसँग पर्यटन शुल्क संकलन गर्न नगरपालिकाले गत वैशाख २१ गते ३५ दिने प्रस्ताव आह्वान गर्दै बोलपत्रको सूचना प्रकाशन गरेको थियो । बोलपत्रको आवेदन बुझाउने अन्तिम दिन बिहीबार अपराह्न ५ बजेसम्म कसैले पनि बोलपत्र नहालेको नगरपालिकाले जानकारी दिएको छ । थप पढ्नुहोस्

दुई वर्षमा दोब्बर होला त ! नेपाल आउने पर्यटक

सिवी अधिकारी काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक गरेको थियो । विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् १९९८ देखिको १० लाख पर्यटक पु¥याउने लक्ष्य सन् २०१७ मा सार्थक भयो । थप पढ्नुहोस्

भूकम्पले भत्किएका चार लाख ८१ हजार घरको पुनः निर्माण शुरु

पूर्णप्रसाद मिश्र काठमाडौं । तीन वर्षअघिको भूकम्पले भत्किएका चार लाख ८१ हजार चार घरको पुनःनिर्माण शुरु भएको छ । घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । बिहीबारसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेका सात लाख १८ हजार ९०३ लाभग्राहीमध्ये चार लाख दुई हजार ६१३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यो अनुदान सम्झौता गरेका लाभग्राही संख्याको ५६ प्रतिशत हो । दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख ३५ हजार ३४० पुगिसकेको छ । थप पढ्नुहोस्

न्याय माग्दै द्धन्द्धपीडितद्धारा आयोगको कार्यालयमा धर्ना

काठमाडौं । सशस्त्र द्वन्द्वपीडितहरुले न्याय माग्दै मानवअधिकार आयोगको कार्यालयमा शुक्रबार बिहान धर्ना दिएका छन् । पिडितहरुले विभिन्न माग राखी उनीहरुले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा धर्ना दिएको बताएका छन् । राजनीतिको आवरणमा गम्भीर अपराधमा संलग्नलाई अदालतको फैसलाविपरीत आममाफी दिएको भन्दै उनीहरुले पीडितमाथि झन् पीडा थोपार्ने कामको अन्त्य हुनुपर्ने माग राख्दै आयोगमा कार्यालयमा धर्ना दिएका हुन् । थप पढ्नुहोस्

उत्तर-दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु

ताप्लेजुङ । स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको कार्य रोकिएको थियो । स्थानीयवासी, ठेकेदार एलाइट कम्पनी र सडक आयोजनाका प्रतिनिधिबीच दुई दिनसम्म चलेको छलफलपछि निर्माण शुरु गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले बताए । उनका अनुसार दुई दिनसम्म चलेको छलफलपछि लोकमार्गलाई बस्ती हुँदै अघि बढाउने सहमति बनेपछि निर्माण शुरु भएको होे । थप पढ्नुहोस्

बारेकोटको खाराखोलामा भेटियो नून खानी

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले बताए । खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए । थप पढ्नुहोस्

तरकारी खेतीको जरामा जुकाको असर

ललितपुर । गोलभेँंडा, काउली, आलु, खुर्सानीलगायत तरकारीको जरामा गाँठा बनाउने जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् । जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउने गर्छ । कृिष अनुसन्धान परिषद (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाका अनुसार जुकाले बालीमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर गर्छ । वैज्ञानिक चेतना मानन्धरका अनुसार प्रत्यक्ष रुपमा जुकाले जरामा आक्रमण गर्दा उत्पादन कम हुन्छ भने अप्रत्यक्ष रुपमा फलेको बालीको गुणस्तर कम हुन जाँदा बजार मूल्य कम पाउँछ । जुकाको आक्रमणले फलको आकार सानो र बाङ्गो हुने गर्छ । थप पढ्नुहोस्

महाकाली पुल योजना : मुआब्जा माग्दै बुधबारदेखि काममा अवरोध

कञ्चनपुर । ४ लेन सडक निर्माणका लागि अधिग्रहण गरिने ऐलानी जग्गाको मुआब्जा माग गर्दै स्थानीयले निर्माण कार्यमा अवरोध गरेका छन् ।महाकालीमा निर्माण गरिने पुलको पहुँच मार्गअन्तर्गत पर्ने ऐलानी जग्गाको मुआब्जा माग्दै बुधबारदेखि काममा अवरोध गरेका हुन् । भीमदत्त नगरपालिका-१२ ओदालीमा निर्माण हुने पक्की पुललाई पूर्व-पश्चिम राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसका लागि १ सय ६५ परिवारको ऐलानी जमिन अधिग्रहण गरिनेछ  । थप पढ्नुहोस्
1 29 30 31 32 33 93