नेपालको हवाई क्षेत्र सुरक्षित बनाउन अन्तर्राष्ट्रिय संस्थासँग समन्वय

२५ पुस, काठमाडौं । दक्षिण एशिया हवाई उड्डयन सुरक्षामा सहकार्यात्मक विकास तथा उडान योग्यताको निरन्तरतासम्बन्धी संस्था कोस्क्याप–एसएको २६औँ स्थायी कमिटीको सञ्चालन समिति बैठक शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको बैठकमा सार्कका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा उड्डयन क्षेत्रमा संलग्न प्राविधिकको सहभागिता छ । थप पढ्नुहोस्

न्यून लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्दै पोखराका किसान

२५ पुस, काठमाडौं । दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई पोखराका एक कृषकले चरितार्थ गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट रु सात लाखभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बनेका छन् । घरको वरिपरि आँगन, बारीको डिल र गोठको नजिक सेताम्मे रहेका ३७ वटा मौरीको घारबाट एक वर्षको अवधिमा ५५० किलो मह र मौरीसहितका १७ वटा घार बिक्रीबाट उनले सो आम्दानी गरेका हुन् । थप पढ्नुहोस्

स्थानीय तहलाई जनताले थेग्न सक्ने मात्र कर लिन सुझाव

२५ पुस, काठमाडौं । झापाका उपभोक्ता अधिकारवादीले स्थानीय तहले कर निर्धारण गर्दा स्थानीय नागरिकसँग समन्वय र सहमति गरी उनीहरुले धान्नसक्ने कर निर्धारण गर्न सुझाव दिएका छन् । ‘स्थानीय तहको कर ः आवश्यकता, उत्पन्न परिस्थिति र समाधानका उपाय’ विषयमा संवाद समूह झापाले संयोजन गरेको कार्यक्रममा उपभोक्ता अधिकारवादीले त्यस्तो सुझाव दिएका हुन् । स्थानीय तहले नागरिकले धान्नै नसक्ने गरी कर निर्धारण गरेको गुनासो आउन थालेपछि सो कार्यक्रम आयोजना गरिएको हो । थप पढ्नुहोस्

भोटेकोशी किनारमा तटबन्ध निर्माण सुरु

२४ पुस, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीको दुवै किनारामा ठूलो तटबन्ध निर्माण शुरु भएपछि बाह्रबिसेका जनता खुशी भएका छन् । हरेक वर्षात्मा भोटेकोशी नदी पस्ने डरले सुत्न नपाउने गरेका बाह्रबिसे नगरपालिका–४ का जनता तटबन्ध निर्माणले खुशी भएका हुन् । भोटेकोशीको दुवै किनारामा पक्की घर निर्माण भएका छन् । नदीको किनारामा ढलान गरेर पक्की घर बनाएका ३६ वर्षीय हरि श्रेष्ठ वर्षात् लागेपछि आफूहरु सामान लिएर अर्कोको घरमा जानुपर्ने बाध्यता रहेकोमा अहिले नदी तटबन्ध बनेपछि साह्रै खुशी देखिएका थिए । थप पढ्नुहोस्

१६ वटा जिल्ला एकसाथ देख्न सकिने राइनासकोटमा पर्यटक आकर्षित गर्न घरबास कार्यक्रम

२४ पुस, काठमाडौं । प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास शुरु भएको हो । थप पढ्नुहोस्

एसएसपी र एमोनियम सल्फेट खोज्दै किसान

२४ पुस, काठमाडौं । असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् । बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावीरुपमा भइरहेको प्रयोगले माटोमा अम्लियपन बढ्दै जाँदा यसबाट उर्बर माटो बिग्रिएर उत्पादनमा समेत नकारात्मक असर देखिन थालेकाले आफूहरुले सिंगल सुपर फस्फेट (एसएसपी) र एमोनियम सल्फेट प्रयोग गर्न थालेको कैलाली गदरियाका किसान रामसमझ चौधरीले बताए । थप पढ्नुहोस्

लोपोन्मुख धानको बीउ ‘बीउ बैंक’मा संरक्षण

२३ पुस, काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेकोे एक सामुदायिक बीउ विकास बैंकले अहिलेसम्म स्थानीय लोपोन्मुख २२ प्रजातिका धानको बीउ संरक्षण गरेको छ । एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी उक्त बैंकले बीउ संरक्षण गर्दै आएको हो । बढी फल्ने उन्नत जातको धान खेतीतर्फ किसानको आकर्षण बढेपछि स्थानीय जातका धान हराउँदै गएका कारण स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले सञ्चालन गर्दै आएको बीउ बैंकमा संरक्षण गरी राखिएको छ । थप पढ्नुहोस्

बिनाकारण सिमेन्ट र छडको मूल्यमा बृद्धि, हार्डवेयर व्यवसायी आन्दोलित

२३ पुस, काठमाडौं । सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो । थप पढ्नुहोस्

चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

२३ पुस, काठमाडौं । एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । आज १२ बजेसम्म कुनै पनि उडान हुन सकेन । भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । थप पढ्नुहोस्

बैतडीको सुर्नया गाउँपालिकामा खानेपानीको अभाव

२३ पुस, काठमाडौं । खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् । विसं २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक वर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो । योजना बनेको वर्ष दिनमै बिग्रिएपछि सतबाँभmमा रहेका एक दर्जन बढी होटल र दुई दर्जन बढी घरपरिवार समस्यामा परेका छन् । थप पढ्नुहोस्
1 37 38 39 40 41 68