चितवनका बर्डफ्लु, खैरहनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा

चितवन ।  खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान  'बर्डफ्लु' देखापरेको छ । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताए। बिहीबारको मन्त्रिस्तरको निर्णयपछि आज फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको उनले बताए । थप पढ्नुहोस्

मःमः बेचेर मासिक ३० हजार बचत, दैनिक १२ जनालाई रोजगारी

काठमाडौं । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थालेका हुन् । रिजालले दुई वर्षदेखि मःमः त्यहाँका विभिन्न बजारमा बिक्री गर्दैआएका छन् । मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत छन् । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण हुन पुगे । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भने । थप पढ्नुहोस्

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

काठमाडौं । दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तीमध्ये सबैभन्दा बढी कारबाहीमा परेका सवारी साधनमा मोटरसाइकल, बस, ट्याम्पो कार तथा जिप छन् । ट्राफिक नियम विपरीत चलाएका सवारी साधनलाई कारबाही गर्दा रु ४३ लाख २३ हजार ५०० राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महराले जानकारी दिए । थप पढ्नुहोस्

सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर हेटौंडामा

मकवानपुर । सामसङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर विस्तार गरेको छ । नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको सामसङ ईण्डियाका उपाध्यक्ष वाई वि वनलले शुभारम्भ गरेको हो । सामसङले विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १३ औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको हो । यसअघि कम्पनीले काठमाडौं ९सुन्धारा, पाको, कमलादी० जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ । थप पढ्नुहोस्

जापानले दियो नेपाललाई ६८ करोड अनुदान

काठमाडौं । नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले ६८ करोड ३२ लाख अनुदान सहयोग गरेको छ । अर्थ सचिव डा। राजन खनाल र नेपालका लागि जापानका राजदूत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको भूकम्पपछिको पुनःनिर्माण, बाढी र पहिरोजस्ता विपद व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरिएको छ । थप पढ्नुहोस्

निकुञ्जमा वन्यजन्तु जोगाउन ‘ताल मर्मत र घाँसेमैदान व्यवस्थापन’

चितवन । पूर्वी चितवनको पर्यटकीय क्षेत्र कुमरोजमा वन्यजन्तुको वासस्थान जोगाउन तालतलैया मर्मत र घाँसे मैदान व्यवस्थापनको काम शुरु भएको छ । गर्मी बढेसँगै वनजंगल सुख्खा हुने र तालतलैया सुक्ने हुँदा वन्यजन्तु प्रभावित हुनसक्ने भएकाले तालतलैयाको मर्मत गरी पानीको व्यवस्थापन गर्न थालिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए । कुमरोज मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिंगे गैँडा, बाघ, भालु, चित्तल, जरायोलगायत दुर्लभ वन्यजन्तुको वासस्थान छ । थप पढ्नुहोस्

समयमानै काम नसक्ने र लापरबाही गर्ने ठेकेदारको विवरण पठाउन गृहमन्त्रालले पठायो परिपत्र, सिरुवा कन्स्ट्रक्सका ठेकेदार सुरेन्द्र बस्नेत पक्राउ

काठमाडौं । भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साताभित्र पठाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि गृह मन्त्रालयले प्रशासन कार्यालयहरूलाई यस्तो परिपत्र गरेको हो । निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरू पनि कमसल हुने गरेको गुनासो बढेपछि बुधबार विभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्रीले सूची बनाउन निर्देशन दिएका थिए  । थप पढ्नुहोस्

गोलभेँडा बिक्री नहुदा किसान मर्कामा, पाँच लाखको घाटा

कञ्चनपुर । ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाउदा किसान मर्कामा परेका छन् । शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताएका छन् । यतिबेला गोलभेँडा खेतमा लटरम्म फलेको एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए ।गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनको भनाइ छ । थप पढ्नुहोस्

पुरानो सँग नया मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट

काठमाडौ । मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ । यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वल्र्डले २ साताका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ । थप पढ्नुहोस्

सात महिनाको अवधिमा आठ करोडभन्दा बढी राजश्व संकलन

 सोलुखुम्बु । टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली ) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले बताए । यो अवधिमा ४१ हजार १७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी रु एक करोडभन्दा बढी देखिन्छ । थप पढ्नुहोस्
1 41 42 43 44 45 94