बुद्ध एयरले नेपालगञ्ज-नयाँ दिल्ली उडान ६ महिनाभित्र भर्ने

काठमाडौं। नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँदिल्ली उडान सञ्चालनका लागि बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालगञ्ज-नयाँ दिल्ली उडान अनुमति माग्नु सकारात्मक रहेको भन्दै, विमानस्थलको स्तरोन्नतीको काम ६ महिनाभित्र सकिने विश्वास दिलाएका छन्। बुद्ध एयरले एटिआर ७२ विमान मार्फत दैनिक विहान ६:३०, दिउँसो १:०० र साँझ ५:१० बजे भारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान अनुमति मागेको हो । थप पढ्नुहोस्

पाल्पाको यम्घा दर्पुकमा पहिलोपटक बस पुग्यो

पाल्पा । पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो । लु १ ख ७७७६ नंका बस चालक कुलबहादुर गाहाले पहिलोपटक गाउँमा बस पु¥याउएको हो । स्थानीयवासीले हर्षित हँुदै बसका चालकलाई फूलमालाले स्वागत गरेका थिए । गाउँपालिकाको आव २०७४÷०७५ को मौलेभञ्ज्याङ्ग दर्पुक सडक सुधारका लागि विनियोजित रु ४० लाख बजेटमा सडक चौडा पारिएको छ । थप पढ्नुहोस्

विकट सिम्कोश गाउँमा निमार्ण बन्यो झोलुंगे पुल

सन्तोष गौतम बाबियाचौर । धौलागिरि गाउँपालिका–४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुंगे पुल निर्माण भएको छ । गाउँपालिका र टिबिएसयुको सहयोगमा भौगोलिकरुपमा विकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगरगाउँका बासिन्दाले १०२ मिटर लामो झोलुंगे पुल निर्माण गरेका हुन् । २०७४ असारमा म्याग्दी नदीमा आएको बाढीले म्याग्दी नदीमा आएको बाढीले काठको झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या भएको थियो । पुल निर्माण भएपछि साँघु र तुइनबाट जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले बताए । थप पढ्नुहोस्

जयनगर–जनकपुरमा रेलमार्ग तयार, आगामी पुसको अन्त्यसम्म सञ्चालनमा आउने

काठमाडौं । सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकार लगायतका अधिकारी सहभागी भएका थिए । थप पढ्नुहोस्

दुर्घटना न्यूनीकरण गर्न पृथ्वी राजमार्गमा रोड सेफ्टी फर्निचर राख्ने तयारी

तनहुँ। पृथ्वी राजमार्गको पूर्वको मुग्लिनदेखि पश्चिमको कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ । उक्त राजमार्गको ७२ किमी सडकखण्डमा त्यस्तो फर्निचर राख्ने तयारी भइरहेको हो । मुग्लिनदेखि कोत्रेसम्मको सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज एवं प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताए। वर्षा शुरु भएपछि उक्त राजमार्गमा दुर्घटनाको संख्या बढेपछि प्रहरीले त्यसलाई रोक्ने उपाय निकालेको हो, क्षेत्रीले भने । थप पढ्नुहोस्

थप जहाज सहित श्री एयरलाइन्सको ४ जहाज

काठमाडौं।निजी क्षेत्रको श्री एयरलाइन्सले सिआरजे ७०० जहाज ल्याएको छ। योसँगै श्रीको जहाज चार पुगेको छ।अब सिआरजे-७०० सय जहाज दुर्इ र सिआरजे -२०० जहाज दुर्इ छन्। श्रीले अहिले भैरहवा,विराटनगर,धनगढी र नेपालगञ्जमा उडान भर्दै आएको छ।कम्पनीका संचालक सुधिर मित्तलले नयाँ जहाजले अहिले संचालनमै रहेका रुटमा उडान गर्ने जानकारी दिए। कम्पनीले अहिले ल्याएको जहाज ७० सीट क्षमताको हो। नयाँ जहाजको कलसाइन '९एन एमओ' हो।हेलिकोप्टरबाट फिक्स विङमा आएको श्री एयरलाइन्सले बजार हिस्सा बढाउँदै लगेको छ । थप पढ्नुहोस्

गौतम बुद्ध विमानस्थलको मुआब्जा नपाएको भन्दै सयौं स्थानीय आन्दोलित

भैरहवा । समयमा मुआब्जा नपाएको भन्दै निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको जग्गा अधिग्रहणमा परेका स्थानीय आन्दोलित भएका छन् । सोमबार बिहान देखि निर्माणस्थलमा जम्मा भएका सयौं किसानहरुले मुआब्जा वितरण सुरु नगरेसम्म काम संचालन हुन नदिने चेतावनी दिएका छन् । करिब साढे १७ सय किसानले मुआब्जा पाउनुपर्ने भए पनि अहिलेसम्म १२ प्रतिशतले मात्र पाएको उनीहरुको दाबी छ । डेढ वर्षदेखि मुआब्जा नपाएको र आफ्नो जग्गा बैंकमा धितो राखेर ऋण लिन पनि नपाएको उनीहरुको गुनासो छ । थप पढ्नुहोस्

सोरु गाउँपालिका सडक सञ्जालमा, स्थानियबासी खुशि

मुगु । मुगु जिल्लामा रहेको सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएपछि स्थानियबासीमा उत्साह छाएको छ । जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप सञ्चालन गरिएपछि यो गाउँपालिका सदरमुकामसँगै सडक सञ्जालमा जोडिएको छ । ग्रामीण पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक वर्ष २०७० फागुण २२ गतेबाट गमगढी गिलाह धुलाचौर सडकको निमार्ण कार्य शुरु भएको थियो । शुक्रबार गमगढी गिलाह २३ किमीमध्ये १७ किमी सडकमा सवारी साधान परीक्षणको रूपमा सञ्चालन गरिएको थियो । थप पढ्नुहोस्

गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु

म्याग्दी । म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो । २ नं वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणका लागि स्टे«न्थ डेभलपर्स प्रा।लिले स्थलगत अध्ययन शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र प्रा।लिबीच रु चार लाख ९४ हजारमा सम्झौता भएको छ । थप पढ्नुहोस्

पहिरो हटाएपछि हेटौँडा–काठमाडौं तर्फको सडक सञ्चालनमा

हेटौँडा । त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ । थप पढ्नुहोस्
1 2 3 12