जेठ १२ गते त्रिशूलीमा जलयात्रा उत्सव हुने

काठमाडौं । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा र्‍याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागेको बताएको छ । थप पढ्नुहोस्

वन्यजन्तुको शिकारबाठ ९ महिनामा १० व्यक्तिको मृत्यु

काठमाडौँ । वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा चार, कोशीटप्पु वन्यजन्तु आरक्षमा चार र चितवन राष्ट्रिय निकुञ्जमा दुई जना मानिसको ज्यान गएको थियो । थप पढ्नुहोस्

प्रथम महिला पत्रकार आरोहण टोलीका पाँच जना सगरमाथाको चुचुरोमा

काठमाडौँ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोली २०१८ का पाँचै जना सञ्चारकर्मीहरूले सगरमाथाको चुचुरोमा पाइला चुमेका छन् । १३ चोटिसम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पाको नेतृत्वमा गएको आरोहण दलका सञ्चारकर्मीहरू सगरमाथाको शिखरमा पुगेको बताएका छन् । जेष्ठ ९ गते बिहान ६ बजेको समयमा आरोहण दलका सदस्य हरु मेगा टेलिभिजनकी कल्पना महर्जन , नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य, राष्ट्रिय समाचार समितिकी रोसा बस्नेत , स्बतन्त्र पत्रकार देउरालि चाम्लिङ्ग को टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको बताएका छन् । थप पढ्नुहोस्

पवित्र तीर्थ गोसाइँकुण्डमा जेठ महिनाभरि मेला

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्डमा जेठ महिनाभरि लाग्ने मेलामा स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहने पुजारीहरुले बताएका छन् । पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, शरीरमा भएका रोगब्याध हट्दै जाने, परिवारजनमा सुख शान्ति मिल्ने र धनधान्य हुने धार्मिक विश्वास रहिआएको बताइएको छ । थप पढ्नुहोस्

कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या ४४१ पुग्यो

इनरुवा । अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भाले १३७ वटा रहेका छन् । थप पढ्नुहोस्

सात महिनाको अवधिमा आठ करोडभन्दा बढी राजश्व संकलन

 सोलुखुम्बु । टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली ) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले बताए । यो अवधिमा ४१ हजार १७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी रु एक करोडभन्दा बढी देखिन्छ । थप पढ्नुहोस्

मुक्तिनाथमा पर्यटकको चाप, बढीजसो धार्मिक पर्यटक

बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा अहिले दैनिक जसो पर्यटकको चाप देखिन्छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् भने नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक जाने गरेका छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेका पुजारीहरुले बताएका छन् । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन देखि जेठ महिना सम्म पर्यटकीय याम भएकाले अहिले पर्यटकको चाप बढेको छ । सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । थप पढ्नुहोस्

जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव

लमजुङ । पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवद्र्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ । मस्र्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ औँ सिउरुङ महोत्सव हुनेभएको हो । सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिका संयोजक नन्द घलेले बताए । थप पढ्नुहोस्

बृहद् महाभारत पदमार्ग, टोली सिन्धुलीगढीबाट फिक्कल

काठमाडौं । समृद्ध सिन्धुली अभियानले बृहद् महाभारत पदमार्गको एतिहासिक सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न टोली त्यसतर्फ प्रस्थान गरेको छ । अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको थियो ।ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गर्ने छ । टोलीले सिन्धुलीकै अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका विज्ञहरु सहभागी छन् । थप पढ्नुहोस्

सुदूरपश्चिमको आन्तरिक पर्यटन प्रवद्र्धन लागी शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

कञ्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० गते कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुर लगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले आफ्नो प्रवद्र्धनात्मक अभियान अगाडि बढाएको हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले आन्तरिक पर्यटनको प्रवद्र्धनात्मक कार्य अगाडि बढाएको हो । थप पढ्नुहोस्
1 2 3 9