दुई वर्षमा दोब्बर होला त ! नेपाल आउने पर्यटक

सिवी अधिकारी काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक गरेको थियो । विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् १९९८ देखिको १० लाख पर्यटक पु¥याउने लक्ष्य सन् २०१७ मा सार्थक भयो । थप पढ्नुहोस्

पोखरामा भारतीय पर्यटकको चाप बढ्यो

वासुदेव पौडेल पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ । पछिल्लो समयमा पोखरा आउने भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ । “मोदीको मुक्तिनाथ र जनकपुर भ्रमणसँगै पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ,” पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले भन्नुभयो । थप पढ्नुहोस्

हात्तीमा चढेर निकुञ्जको अवलोकन : गृहमन्त्री थापा

काठमाडौँ । नेपाल फोटो पत्रकार महासंघको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलालाई उद्घाटन गर्न चितवनको सौरहामा पुगेका गृहमन्त्री रामबहादुर थापाले निकुञ्जको अवलोकन गरेका छन् । नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेला उद्घाटन गर्न चितवनको सौराहामा पुगेका गृहमन्त्री थापा बिहीबार बिहान हात्तीमा सफारी गरी निकुञ्जको अवलोकन गरेको बताइएको छ । नेपालमा पर्यटनको व्यवसाय फस्टाउन हात्ती सफारीले पनि एक महत्वपूर्ण भूमिका खेलेको करिव आधि घण्टा सुरक्षाकर्मि सहित सफारी गरेका गृहमन्त्री थापाले बताए । थप पढ्नुहोस्

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन

पोखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ ।अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभागिता हुनेछ । उक्त महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङका अनुसार म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका अन्य भागबाट आएका धावकलाई मंगलबार नै पोखरामा एक कार्यक्रमका बीच अन्नपूर्ण आधार शिविरतर्फ बिदाइ गरिएको थियो । थप पढ्नुहोस्

धुर्मुस सुन्तली फाउण्डेसनलाई पर्यटन व्यवसायीको सहयोग

काठमाडौं। एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेको छ । उनीहरूले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि रु आठ लाख १५ हजार २३० रुपैया आर्थिक सहयोग गरेका छन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरिएको पर्यटन व्यवसायीहरुले बताए । थप पढ्नुहोस्

आज विश्व सगरमाथा दिवस, सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ । वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । थप पढ्नुहोस्

जेठ १२ गते त्रिशूलीमा जलयात्रा उत्सव हुने

काठमाडौं । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा र्‍याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागेको बताएको छ । थप पढ्नुहोस्

वन्यजन्तुको शिकारबाठ ९ महिनामा १० व्यक्तिको मृत्यु

काठमाडौँ । वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा चार, कोशीटप्पु वन्यजन्तु आरक्षमा चार र चितवन राष्ट्रिय निकुञ्जमा दुई जना मानिसको ज्यान गएको थियो । थप पढ्नुहोस्

प्रथम महिला पत्रकार आरोहण टोलीका पाँच जना सगरमाथाको चुचुरोमा

काठमाडौँ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोली २०१८ का पाँचै जना सञ्चारकर्मीहरूले सगरमाथाको चुचुरोमा पाइला चुमेका छन् । १३ चोटिसम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पाको नेतृत्वमा गएको आरोहण दलका सञ्चारकर्मीहरू सगरमाथाको शिखरमा पुगेको बताएका छन् । जेष्ठ ९ गते बिहान ६ बजेको समयमा आरोहण दलका सदस्य हरु मेगा टेलिभिजनकी कल्पना महर्जन , नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य, राष्ट्रिय समाचार समितिकी रोसा बस्नेत , स्बतन्त्र पत्रकार देउरालि चाम्लिङ्ग को टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको बताएका छन् । थप पढ्नुहोस्

पवित्र तीर्थ गोसाइँकुण्डमा जेठ महिनाभरि मेला

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्डमा जेठ महिनाभरि लाग्ने मेलामा स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहने पुजारीहरुले बताएका छन् । पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, शरीरमा भएका रोगब्याध हट्दै जाने, परिवारजनमा सुख शान्ति मिल्ने र धनधान्य हुने धार्मिक विश्वास रहिआएको बताइएको छ । थप पढ्नुहोस्
1 2 3 4 11