दुई दिनका लागि मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिर वैकल्पिक मार्ग

मुस्ताङ, २५ वैशाख । कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति मुस्ताङको आज बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको छ । थप पढ्नुहोस्

जुम्लामा कृषि महोत्सव सम्पन्न,एक करोड ६० लाखको कारोवार

सुर्खेत, २५ वैशाख ।उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताए । पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवरले भावी दिनमा जुम्लालाई पर्यटकीय गन्तव्यका रुपमा रुपमा स्थापित गरिनुपर्ने बताए । थप पढ्नुहोस्

प्राकृतिक चिकित्सा केन्द्र भवन बजेट अभाव कारण अलपत्र

बुटवल,२४ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिका वनकट्टामा समुदायको पहलमा बनाउन थालिएको प्राकृतिक चिकित्सा केन्द्र भवन निर्माणमा वजेट अभाव भएको छ । सैनामैनाको चारपालास्थित साढे ४ हेक्टर जग्गामा १० वटा ब्लक सहित एक सय शैयाको तीनतले चिकित्सा केन्द्र बनाउने लक्ष्यसहित तीन वर्षअघि १४ करोड लागत अनुमान गरी काम शुरु भएकोमा अहिले वजेट अभावका कारण निमार्ण कार्य अलपत्र परेको छ । थप पढ्नुहोस्

गुलरियामा पर्यटकीय आरामगृह खुुल्दै

२२ वैशाख, काठमाडौं । बर्दिया सदरमुकाम गुलरियामा पर्यटकलाई लक्ष्य गर्दै धमाधम पर्यटक आश्रयस्थल खुुल्दैछन् । जिल्लाकै पर्यटकीय क्षेत्र ठाकुुरद्वारालगायत गन्तव्यलाई लक्ष्य गर्दै नयाँ आश्रयस्थल खुुल्ने क्रम बढेको हो । गुुलरिया नगरपालिका–७, हस्नापुुर कटीरोडमा करोडौँको लागतमा कृष्णसार पर्यटकीय आश्रयस्थल निर्माण भइरहेको छ भने गुुलरिया–५, सन्तोषी टोलमा लाखौँको लागतमा बबई प्यालेस सञ्चालनमा आउने तयारी छ । थप पढ्नुहोस्

गुराँस उत्सवमा सहभागी पर्यटक

३ वैशाख, काठमाडौं । बागलुङका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए । चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे पर्यटन विकास केन्द्रले आयोजना गरेको हो । विगत ६ वर्षदेखि केन्द्रले नयाँ वर्षको अवसरमा गुराँस उत्सव गर्दै आएको छ । थप पढ्नुहोस्

कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि रु ३९ लाख

२९ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि रु ३९ लाख बजेट विनियोजन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि सो रकम विनियोजन गरेको हो । त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा मुगुको रारा तालमा बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकका कार्यसूची तय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए । थप पढ्नुहोस्

प्राकृतिक छटाले भरिएको गाजा दह पर्यटकको पर्खाइमा

२२ चैत, काठमाडौं । बागलुङ, प्राकृतिक सुन्दरतायुक्त गाजाको दह पर्यटकको पर्खाइमा छ । जैमिनी नगरपालिका–३ स्थित दह जिल्लाको पर्यटकीय गन्तव्यमध्येको एक हो । सदरमुकामदेखि मोटरमा २४ किमी पार गरेपछि दह पुग्न सकिन्छ । पदयात्रामा रमाउने पर्यटक भने चार÷पाँच घण्टामा दह पुग्न सक्छन् । दुई हजार ८०० मिटरको उचाइमा अवस्थित दहलाई स्थानीयले प्रकृतिको अनुपम देन मान्छन् । सांस्कृतिक कारणले पनि दहको महत्व बढी छ । दहबाट देखिने हिमाली दृश्यले त झन सबैको मन लोभ्याउने गरेको छ । वसन्त याममा ढकमक्क फुल्ने गुराँसले दहको सौन्दर्य बढाउने गरेको छ । थप पढ्नुहोस्

पर्यटक लोभ्याउँदै कुडुले घर

२१ चैत, काठमाडौं । पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ । खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् । आवासका लागि नयाँ बनाउनेले कुडुले घर भने बनाउँदैनन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुँदा घुमारा शैलीका घर बन्न छाडेको स्थानीय बासिन्दा लेखन्त बिसीले बताउँछन् । निस्दी आन्तरिक पर्यटकका लागि नमूना गाउँपालिका रुपमा स्थापित ग्रामीण क्षेत्र हो । थप पढ्नुहोस्

पर्यटन विकासका लागि ठोक्सिलामा प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

५ चैत, काठमाडौं । प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले रु नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य शुरु गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । थप पढ्नुहोस्

थिमिलाई जीवित संग्रहालय बनाइने

११ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भक्तपुरको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाको पर्यटकीय सम्भाव्यताको अध्ययन शुरु गरेको छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा नेतृत्वको टोलीले भक्तपुरका दुई नगरपालिका सूर्यविनायक र मध्यपुर थिमिलाई सांस्कृतिक शहरका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्भाव्यता अध्ययन शुरु गरेको हो । सम्भाव्यता अध्ययनका क्रममा टोलीले मध्यपुर थिमीको विविध सांस्कृतिक झाँकी, नीलबाराही मन्दिर क्षेत्र, लायकु दरबार क्षेत्र, थिमिको पोटरी स्क्वायर क्षेत्रको अवलोकन गरेको छ । थप पढ्नुहोस्
1 2 3 4 5 10