अनुमतिबिनाका ढुंगाखानी कानूनी दायरा ल्याउन पहल

लक्ष्मीप्रसाद सापकोटा पर्वत । स्थानीय जलजला गाउँपालिकाले अनुमति नलिइ सञ्चालित ढुंगाखानीलाई कानूनी दायरमा ल्याउन पहल गर्ने भएको छ । अवैधरूपमा सञ्चालित ढुंगाखानीलाई अनुमति दिएर करको दायरामा ल्याउनसके आन्तरिक राजस्व वृद्धिका साथै व्यवस्थितरूपमा खानी सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । जलजलाको माँझफाँट, लेकफाँट, बाँसखर्क र बनौललगायतमा दर्जनौँ ढुंगाखानी छन् । अवैधरूपले सञ्चालन भइरहेका ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गराएपछि उपयुक्तलाई वैधता दिने जनाएको हो । थप पढ्नुहोस्

चितवनमै कम उमेरमा बच्चा जन्माउने क्रम बढ्दो

नारायण अधिकारी चितवन । देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने र कम उमेरमा बच्चा पाउने सामान्य जस्तो देखिन्छ । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा जिल्लाका पहाडी क्षेत्रका चेपाङ समुदायमा कम उमेरमा बच्चा जन्माउने क्रममा कमी नआएको बताए । २० वर्षको उमेरमा त आमा दुई÷तीनवटा बच्चा बोकेर परिवार नियोजनको स्थायी साधन भ्याक्सेटोमी र मिनील्याब गर्न अस्पताल जाने गरेका छन् । थप पढ्नुहोस्

विश्वकपमा इंग्ल्याण्डको पनि विजयी शुरुवात, ह्यारी केनले दिलाए पहिलो जित !

एरिना, ४ असार । रुस विश्वकप फुटबलमा कप्तान ह्यारी केनको व्यक्तिगत प्रदर्शनका आधारमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ । निर्धारित ९० मिनेटसम्म एक एक गोलको बराबरीमा रोकेको ट्युनिसियालाई हराउन ह्यारी केनले अतिरिक्त समयमा उत्कृष्ट हेड गोल गरे । त्यसअघि उनले ११ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तर ट्युनिसियाका फेरजिनी सासीले खेलको ३५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि लगभग बराबरीमै सकिन लागेको खेलमा अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारीले उत्कृष्ट हेड गोल गर्दै इंग्ल्याण्डलाई तीन अंक दिलाएका हुन् । थप पढ्नुहोस्

आफैले बनाएको न्युरो अस्पतालमा डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं, ४ असार । पित्तथैलीको क्यान्सरले ग्रस्त वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । झण्डै दुई महिनासम्म क्यान्सरको अन्तिम अवस्थामा मात्रै रोगको पहिचान पाएर मृत्यु कुरिरहेका देवकोटाको सोमबार साँझ निधन भएको हो । उनी आफैले स्थापना गरेको बाँसबारीको नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स न्युरो अस्पतालले सोमबार साँझ ५ बजेर ३५ मिनेटमा देवकोटाको निधन भएको घोषणा गरेको हो । उनको निधनमा सामाजिक सञ्जाल श्रद्धाञ्जलीले भरिएको छ । यस्तै विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था र व्यक्तिहरुले उनको निधनमा शोक व्यक्त गरेका छ्न । थप पढ्नुहोस्

डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर लगियो

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । उनकै इच्छाअनुसार जन्मथलो लैजान लागिएको हो । हेलिकोप्टरबाट बोहोरा गाउँ पुर्‍याइएको छ । डा। देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए । त्यसअनुसार गोरखा लगेर केहीबेरमै फर्काइने तारा अधिकारीले जानकारी दिए । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा । थप पढ्नुहोस्

विवादास्पद आयल निगमका हाकिम गोपाल खड्काले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै खड्काले आफूलाई आयल निगमबाट मन्त्रालय तानेर नौ महिनासम्म कामविहीन बनाएर राखेको आरोप लगाए । यसअघि, इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले गत कार्तिकमा मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको थियो । थप पढ्नुहोस्

निजामती सेवाको आरक्षणमा हेरफेर गरीदै , आरक्षणमा सिटमा महिलालाई ५० प्रतिशत छुट्याइने

काठमाडौं । सरकारले निजामती सेवाको आरक्षणमा ब्यापक हेरफेर गर्ने तयारी गरेको छ ।निजामती सेवाको खुला प्रतिस्पर्धामा दिइएको ४५ प्रतिशत आरक्षण सिटमा आधा महिलाका लागि मात्र छुट्याइनेछ । त्यसमा महिला परीक्षार्थीहरुबीच क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ ।बाँकी आधामा पनि महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न पाउनेछन् । यो व्यवस्थाले आरणक्षबाट आउने निजामती कर्मचारीहरूमा महिलाको सहभागिता बढ्नेछ । यसअघि आरक्षणको ४५ प्रतिशतमा ६ क्लस्टर थियो, जसमा महिला ३३ प्रतिशत मात्र थियो । महिला क्लस्टरको आरक्षण रोज्नेले अरु क्लस्टरमा प्रतिस्पर्धा गर्न पाउँदैनथे । थप पढ्नुहोस्

काठमाडौँको तापक्रम ३१ डिग्री पुग्यो, सबैभन्दा उच्च नेपालगञ्जको ४२.२ तापक्रम

काठमाडौँ । केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस पुगेको छ । शनिबार काठमाडौँको तापक्रम ३१ डिग्री पुगेको थियो । अघिल्लो वर्ष ९सन् २०१७ जुन ५० मा काठमाडौँको तापक्रम बढीमा ३२ डिग्री पुगेको महाशाखाको रेकर्ड छ । थप पढ्नुहोस्

विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

काठमाडौं । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । तर, अझैसम्म यो हटेको छैन । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले केही भनेको थिएन । तर, जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए । थप पढ्नुहोस्

निजामती कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

काठमाडौँ । सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताए । उनले पुनः ५८ वर्षे उमेर हदबन्दीलाई कायम गर्न संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइएको बताए । थप पढ्नुहोस्
1 2