सान्चेज चाडै युनाइटेड टोलीमा सामेल हुदै

म्यानचेस्टर । स्ट्राइकर एलेक्स सान्चेज प्रि सिजन अमेरिका भ्रमणमा रहेको म्यानचेस्टर युनाटेड टोलीमा छिट्टै सामेल हुने सम्भावना रहेको बताइएको छ । गैरकानुनी कार्य गर्नेलाई भिसा नदिइने भन्दै अमेरिकाले सान्चेजलाई सुरुमा भिसा दिन अस्वीकार गरेको थियो । सान्चेजले फेब्रुअरीमा कर छली स्वीकारेका थिए । तर पछि अमेरिकाले चिलीका फरवार्डलाई भिसा दिने संकेत गरेपछि उनको भ्रमण सम्भावना बढेको हो । २९ वर्षे सान्चेज टोलीको दोस्रो खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । युनाइटेडका जोसे माउरिन्होले बुधबार सान्चेजले भ्रमणको सुरुवात गर्न नपाउँदा दुःख मनाउने गरेका थिए । थप पढ्नुहोस्

भारतिय टेस्ट टोलीमा कुलदीप

काठमाडौं ।  स्पिनर कुलदीप यादव पहिलो पटक भारतिय टेस्ट क्रिकेट टोलीमा समावेश गरिएका छन् । ट्वान्टी ट्वान्टी र एक दिवसिय क्रिकेटमा राम्रो प्रभाव पार्न सफल भएपछि कुलदीप इंग्लयान्ड विरुद्ध हुने पहिलो तीन टेस्टका लागि टोलीमा समेटिएका छन् । २३ वर्षे कुलदीपले इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा ५ विकेट र ट्रेन्ट ब्रिजमा भएको एक दिवसियमा ६ विकेट लिन सफल भएका थिए । तेस्रो एक दिवसिय क्रिकेटमा चोटग्रस्त भएका भुवनेश्वर कुमारले टेस्ट खेल्ने सम्भावना कम रहेको बताइएको छ । थप पढ्नुहोस्

श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोश्रो टेस्ट क्रिकेट शुरु, दबाबमा डुप्लेसिस !

कोलम्बो, ४ साउन । श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोश्रो टेस्ट क्रिकेट शुक्रबारदेखि शुरु भएको छ । कोलम्बोमा घरेलु टोली श्रीलंकाले टस जितेर व्याटिंग गरिरहेको छ । उसले शुरुको २२ रन जोड्दा कुनै विकेट गुमाएको छैन । पहिलो टेस्टमा १ सय ५८ रनको शतकीय पाली खेलेका दिमुथ करुणारत्ने आजको दोश्रो टेस्टमा पनि फर्ममा देखिएका छन । करुणारत्नकै शतकीय इनिंगले पहिलो टेस्टमा श्रीलंका विजयी भएको थियो । ऐतिहासिक पहिलो टेस्ट जिेतेको श्रीलंकाले आज पनि त्यही फर्मलाई निरन्तरता दिने कोसिस गरिरहेको छ । थप पढ्नुहोस्

हाजार्ड र कोट्वालाई भित्र्याउने तयारीमा छलफल सुरु

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका गोलरक्षक थिबाउट कोट्वा र प्लेमेकर इडेन हाजार्ड अनुबन्ध गर्नका लागि उच्चस्तरीय छलफल थालेको छ । हाजार्डलाई रियलले कीर्तिमानी २ सय मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको बुझिएको छ । तर उसले आधिकारिक रुपमा भने यो कुरा खुलाएको छैन । क्रिष्टियानो रोनाल्डोलाई एक सय मिलियन पाउण्डमा युभेन्टसमा बेचेको रियल मड्रिड उनको स्थानमा उपयुक्त खेलाडीको खोजीमा रहेको छ । कोट्वाको सम्झौता यसै वर्ष सकिँदैछ । तर उनको सम्झौता लम्बिने कुरामा अन्योल कायमै छ । यसैबीच गोलकिपर कोट्वाले भने मड्रिडमा घर खोज्न थालेको बुझिएको छ । थप पढ्नुहोस्

क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ । शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ । थप पढ्नुहोस्

एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई, भारत पछि पर्यो !

काठमाडौँ, २ साउन । भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । मंगलबार राती भएको तेश्रो एकदिवसीयमा भारतलाई ८ विकेटले हराउदै इंग्ल्याण्डले श्रृंखला कब्जा गरेको हो । जितसँगै इंग्ल्याण्डले एकदिवसीयको शीर्ष बरियतामाथि कब्जा जमाएको छ । भारत भने पछि परेको छ । इंग्ल्याण्डसँगको श्रृंखला जितेको खण्डमा भने भारतले आफ्नो पुरानो बरियता उक्लिन सक्ने थियो । तर इंग्ल्याण्डका कप्तान इयोन मोर्गन र जोय रुटको फर्मका कारण भारतीय टोली निरिह साबित हुन पुग्यो । इंग्ल्याण्डको जितमा रुटले शतक र मोर्गनले ८८ रन बनाएर १ सय ८६ रनको साझेदारी गरेका थिए । थप पढ्नुहोस्

यसकारण विश्वले सम्झिरहनेछ क्रोएसिया र मोडरिकलाई !

काठमाडौँ, १ साउन । रुस विश्वकप मुख्यतया दुई कारण चर्चित रह्यो । पहिलो बलिया भनिएका टिम फाइनल नै पुगेनन । दोश्रो कसैले नसोचेको टिम क्रोएसियाले फाइनल खेलेर सबैको मन जित्न सफल भयो । रुस विश्वकपलाई सम्झिने अर्को कारण हो, दुई उत्कृष्ट खेलाडीको उद्य र चर्चा । फ्रान्सलाई विश्वकप जिताउन मुख्य भूमिका खेलेका किलिएन एमबाप्पेले पेलेको रेकर्डसँग बराबरी गरे । फाइनलमा गोल गरेर १९ बर्षमै रुस विश्वकप २०१८ को सर्वोत्कृष्ट युवा पुरस्कार उनलै जिते । तर उनको यो अवार्डलाई पनि फिक्का पार्नेगरी क्रोएसियाका कप्तान लुका मोडिकलले उत्कृष्ट खेलाडीको अवार्ड जिते । थप पढ्नुहोस्

फ्रान्सले जितेको खुसीमा पेरिसमा उर्लियो मानवसागर, (लाइभ भिडियो)

फ्रान्सले विश्वकप उपाधि जितेसँगै राजधानी शहर पेरिसमा खुसीयाली मनाउनका लागि स्वतस्फूर्त रुपमा मानवसागर उर्लिएको छ । क्रोएशियालाई फाइनलमा ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप उपाधि जितेको हो । थप पढ्नुहोस्

२०२२ कतारमा हुने विश्वकपको तोकियो मिती , ३२ राष्ट्रबाट ४८ पुर्याउने लक्ष्य

फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक गरेको छ। फिफा अध्यक्ष गियानी इन्फान्टियोले पत्रकार सम्मेलन गर्दै आगामी विश्वकपको मिति सार्वजनिक गरेका हुन्। प्राय जुन जुलार्इमा हुँदै आएको विश्वकप २०२२ मा भने नोभेम्बर २१ देखि डिसेम्बर १८ का बीचमा हुने भएको छ। पहिले नै कतारमा हुने भनिएको विश्वकपको मितिलार्इ लिएर विवाद हुँदै आएको थियो। वर्षको अन्तिमतिर क्लब फुटबलमा असर पर्नेसक्ने भन्दै धेरैले फिफालार्इ मितिका बारे पुर्नविचार गर्न भनेका थिए। २०१० मा फिफाले विवादका बीच कतारलार्इ २०२२ विश्वकप आयोजना गर्ने अधिकार दिएको थियो । थप पढ्नुहोस्

रसिया विश्वकपमा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण

काठमाडौं । रसियामा सम्पन्न २१ औं फिफा विश्वकप फुटबल प्रतियोगितामा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा सहभागी भएका टिमदेखि विश्व च्याम्पियनसम्मलाई ४० करोड अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको हो । विश्वकप विजेता बनेको फ्रान्सले ३ करोड ८० लाख डलर 'करिब ४ अर्ब नेपाली रुपैयाँ' पुरस्कार पाएको छ भने उपविजेतामा चित्त बुझाएको क्रोएसियाले २ करोड ८० लाख अमेरिकी डलर हात पारेको छ । इङ्ल्याण्डलाई पराजित गर्दै तेस्रो भएको बेल्जियमले २ करोड ४० लाख पाउदा चौथो भएको इङ्ल्याण्डले २ करोड २० लाख अमेरिकी डलर प्राप्त गरेको छ । थप पढ्नुहोस्
1 2 3 43