तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद शुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद बिहीबारदेखि शुरु भएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समाविष्ट खेलका प्रतिनिधिलाई खेल सामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल ९खुला० गरी चार खेल समाविष्ट छन् । तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी छन् । थप पढ्नुहोस्

सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता धनगढीमा शुरु

धनगढी । सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता धनगढीमा शुरु भएको छ । ब्याडमिन्टन प्रतियोगितामा कैलाली कंचनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङ र दार्चुलाका खेलाडीहरु सहभागी छन्। सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक जिल्लाबाट आठ जनाका खेलाडीका दरले ६४ जना खेलाडी सहभागी छ्न्। प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सातका सामाजिक बिकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले महत्त्व दिएर बजेट बिनियोजन गरेको बताए । थप पढ्नुहोस्

ब्याडमिन्टन एसिया जुनियरमा जितसँगै नेपाली खेलाडी दोस्रो चरण प्रवेश

११ साउन, काठमाडौं । इण्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् । एसियाली ब्याडमिन्टन संघको आयोजनामा भएको सो च्याम्पियनसीपमा नेपालका प्रफूल महर्जन र रुकेश महर्जन दोस्रो चरणमा प्रवेश गरेका हुन् । कम्बोडियाका डिना साओमलाई २१–११ र २१–८ अङ्कले पराजित गर्दै प्रफूलले दोस्रो चरणमा प्रवेश गरेका हुन् । उनले अब इण्डोनेसियाका फतुरामान फौजीसँग प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नवीन विक्रम शाहले जानकारी दिए । थप पढ्नुहोस्