भारतिय टेस्ट टोलीमा कुलदीप

काठमाडौं ।  स्पिनर कुलदीप यादव पहिलो पटक भारतिय टेस्ट क्रिकेट टोलीमा समावेश गरिएका छन् । ट्वान्टी ट्वान्टी र एक दिवसिय क्रिकेटमा राम्रो प्रभाव पार्न सफल भएपछि कुलदीप इंग्लयान्ड विरुद्ध हुने पहिलो तीन टेस्टका लागि टोलीमा समेटिएका छन् । २३ वर्षे कुलदीपले इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा ५ विकेट र ट्रेन्ट ब्रिजमा भएको एक दिवसियमा ६ विकेट लिन सफल भएका थिए । तेस्रो एक दिवसिय क्रिकेटमा चोटग्रस्त भएका भुवनेश्वर कुमारले टेस्ट खेल्ने सम्भावना कम रहेको बताइएको छ । थप पढ्नुहोस्

श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोश्रो टेस्ट क्रिकेट शुरु, दबाबमा डुप्लेसिस !

कोलम्बो, ४ साउन । श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोश्रो टेस्ट क्रिकेट शुक्रबारदेखि शुरु भएको छ । कोलम्बोमा घरेलु टोली श्रीलंकाले टस जितेर व्याटिंग गरिरहेको छ । उसले शुरुको २२ रन जोड्दा कुनै विकेट गुमाएको छैन । पहिलो टेस्टमा १ सय ५८ रनको शतकीय पाली खेलेका दिमुथ करुणारत्ने आजको दोश्रो टेस्टमा पनि फर्ममा देखिएका छन । करुणारत्नकै शतकीय इनिंगले पहिलो टेस्टमा श्रीलंका विजयी भएको थियो । ऐतिहासिक पहिलो टेस्ट जिेतेको श्रीलंकाले आज पनि त्यही फर्मलाई निरन्तरता दिने कोसिस गरिरहेको छ । थप पढ्नुहोस्

क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ । शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ । थप पढ्नुहोस्

एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई, भारत पछि पर्यो !

काठमाडौँ, २ साउन । भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । मंगलबार राती भएको तेश्रो एकदिवसीयमा भारतलाई ८ विकेटले हराउदै इंग्ल्याण्डले श्रृंखला कब्जा गरेको हो । जितसँगै इंग्ल्याण्डले एकदिवसीयको शीर्ष बरियतामाथि कब्जा जमाएको छ । भारत भने पछि परेको छ । इंग्ल्याण्डसँगको श्रृंखला जितेको खण्डमा भने भारतले आफ्नो पुरानो बरियता उक्लिन सक्ने थियो । तर इंग्ल्याण्डका कप्तान इयोन मोर्गन र जोय रुटको फर्मका कारण भारतीय टोली निरिह साबित हुन पुग्यो । इंग्ल्याण्डको जितमा रुटले शतक र मोर्गनले ८८ रन बनाएर १ सय ८६ रनको साझेदारी गरेका थिए । थप पढ्नुहोस्

ग्लोबल टि–२० : मन्ट्रीयल टाइगर्स क्यानडाको घरेलु लिग बाहिरियो

काठमाडौं । नेपाली स्टार सन्दीप लामिछानेको टोली मन्ट्रीयल टाइगर्स क्यानडाको घरेलु लिग ग्लोबल टि–२० बाट अन्ततः बाहिरिएको छ । समुह चरणको ५ मध्ये ४ खेल हारेपछि मन्ट्रीयलको प्ले अफ खेल्ने सम्भावना पातलिइ सकेकोमा दोश्रो चरणको एक मात्र खेलमा वेष्ट इन्डीज बी टिमलाई राम्रो अन्तरले हराएकोले मन्ट्रीयलको सम्भावना गणितिय आधारमा जिवित रहेको थियो । यस्तोमा विनीपेग हक्स टोलीले दोश्रो चरणको खेलमा टोरन्टो नेशनल्सलाई हराएर प्ले अफमा गएपछि मन्ट्रीयल प्रतियोगितबाट बाहिरिएको हो । यो खेल टोरन्टोले जितेको भए मन्ट्रीयल प्ले अफमा पुग्ने थियो । थप पढ्नुहोस्

बल्ल चेल्सीले प्रशिक्षक कोन्टेलाई बर्खास्त गर्यो !

काठमाडौँ, २९ असार । खेलाडीसँग तनावपूर्ण सम्बन्ध र निकै खस्किदो प्रदर्शनपछि इङ्लिस क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । यद्यपी उनी बर्खास्तीमा पर्ने निश्चित भएपनि क्लबले निर्णय गर्न ढिलाई गरेको थियो । खासगरी पछिल्ला दुईपटक चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताएका फरवार्ड डियगो कोष्टासँगको तनावपूर्ण सम्बन्ध नै कोन्टेको चेल्सी बहिगर्मनको कारण बनेको हो । हुन त कोष्टा अहिले चेल्सीमा छैनन । उनी आफ्नो पुरानै स्पेनिस क्लब एट्लेटिको मडिड फर्किसकेका छन । थप पढ्नुहोस्

ग्लोबल टी–२० : प्लेअफमा सन्दीपको तीन विकेट

काठमाडौं । सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगको प्लेअफ खेलमा ३ विकेट लिएका छन् । क्यानडामा यो उनको उत्कृष्ट प्रदर्शन हो । सन्दीपको प्रदर्शनमा मोन्ट्रियल टाइगर्सले मंगलबार शीर्षस्थानको वेस्ट इन्डिज ‘बी’ लाई सजिलै ६ विकेटले पराजित गरेको हो । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिताको राउन्ड रोबिन खेलमा वेस्ट इन्डिज ‘बी’ शीर्षस्थान र मोन्ट्रियल पुछारमा थिए । सोहीअनुरुप शीर्षस्थान र पुछारको टोलीबीच प्लेअफमा प्रतिस्पर्धा भएको हो । प्लअफको यो खेलको पनि अंक जोडिने छ  । थप पढ्नुहोस्

ग्लोबल टी-२० क्यानडामा सन्दीप लामिछानेको २ विकेट

काठमाडौं । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यानडामा भइरहेको ग्लोबल टी-२० क्यानडा लिग क्रिकेट अन्तर्गत अन्तिम लिग खेलमा २ विकेट लिएका छन्। तर जर्ज वर्कर र अनरिकेको अर्धशतक तथा लासिथ मालिंगा र पिटर सिडलले ३-३ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स हारबाट जोगिन सकेन।गएराति भएको खेलमा डारेन सामीको कप्तानीमा रहेको टोरोन्टो नेशनल्सले मोन्ट्रेल टाइगर्सलाई १ विकेटले हराएको हो। टोरोन्टोलाई जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो र मोन्ट्रेलका सिडलको बलमा केसरिक विलियम्सले चौका प्रहार गर्दै १ विकेटको जित दिलाएका हुन् । थप पढ्नुहोस्

ग्लोबल टि-२० प्रतियोगिता : लामिछानेको किफायती बलिङसहित विकेट !

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टि-२० प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पुनस् प्रभावकारी प्रदर्शन गरेका छन् । उनको उच्च प्रदर्शनको मद्दतले मोन्ट्रियाल टाइगर्सले एन्मोन्टन रोयल्सलाई १५ रनले हराउन सफल रह्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मोन्ट्रियालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सफल रह्यो । उसका लागि अष्ट्रेलियन ब्याट्सम्यान मोसेस हेनरिक्सले ५० रनको राम्रो पारी खेलेका थिए । १ सय ३० रनको लक्ष्य पछ्याएको एन्मोन्टन भने अन्तिम ओभरमा १ सय १४ रनमै अल-आउट हुन पुग्यो । थप पढ्नुहोस्

बंगलादेशले बनायो आफ्नो टेस्ट क्रिकेटमा अहिलेसम्मकै खराब रेकर्ड !

काठमाडौँ, २१ असार । दक्षिण एसियाली क्रिकेटमा टाइगर उपमा पाएको बंगलादेशले टेस्ट क्रिकेटमा अहिलेसम्मकै खराब प्रदर्शन गरेको छ । वेष्ट इण्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा ४३ रनमै अलआउट भएर बंगलादेशले आफ्नो टेस्ट क्रिकेटको सबैभन्दा खराब रेकर्ड राखेको हो । उसको यो टेस्ट क्रिकेटमा ११ औँ कम स्कोर हो । एसियामा भारतपछि बंगलादेश सबैभन्दा कम स्कोरमा अलआउट हुने दोश्रो टिम बनेको छ भने विश्वकै ११ औँ टिम । भारत यसअघि इंग्ल्याण्डसँग सन् १९७४ मा ४२ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डसँगै सबैभन्दा कम स्कोरमा अलआउट हुने पहिलो देश हो न्युजिल्याण्ड । थप पढ्नुहोस्
1 2 3 8