विश्वकप फुटबलको उचित गन्तव्य दरबारमार्ग ‘फोटो फिचर’

काठमाडौँ । संगीतमा अधिक रुची छ, अनि भित्ता भरीको एचडी स्क्रीनमा मस्त भएर खेल हेर्दै विभिन्न परिकारका खानाको स्वाद चाख्ने चाहना छ भने दरबारमार्गको एक मात्र गन्तव्यमा तपाईको त्यो चाहना पुरा हुने भएको छ । खेलप्रेमी, संगीतप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किंङस लाउञ्ज’ले तपाईको यस्तो चाहना पुरा गराउने भएको हो । अनौपचारिक रुपमा सेवा सुरु गरेको छोटो समयमा नै लाउञ्जको लोकप्रियता बढेको छ । अहिले लाउञ्जमा के दिन, के साँझ, कलाकार, व्यवसायी तथा आम मानिसको बाक्लो भिड लाग्न थालेको छ । थप पढ्नुहोस्

विश्वकपको भिडियो सार्वजनिक, भिडियोमा नेपाली झन्डा पनि

आगामी जेठ ३१ (जुन १४) बाट विश्वकप शुरु  हुदै छ । विश्वकपको तयारीका लागि आयोजक दिनरात लागि परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसमा हुन गइरहेको विश्वकपलाई लक्षित गर्दै भर्खर सार्वजनिक भएको एक भिडियोमा एक युवाले नेपाली झण्डा फहराएको दृश्य समेत समेटिएको देखाइएको छ । सार्वजनिक भएको भिडियोमा विभिन्न देशको झण्डा, खेल मैदानका गतिविधि समावेश भएको छ । रसियामा हुने विश्वकपमा ३२ राष्ट्र सहभागी हुनेछन् । थप पढ्नुहोस्

जेठ १७ गतेदेखि मेयर कप फुटबल हुने

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकामा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अर्को साता मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । उपमहानगरपालिकाको सहयोग र सामुदायिक बिकाशसिल क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले बुधवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगिता जेठ १७ गते देखी असार २ गते सम्म सिमरा रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफि सहित ५० हजार र दोस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । थप पढ्नुहोस्

फूटबलको विश्व वरियतामा दुई स्थान तल झर्यो नेपाल

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले जारी गरेको नयाँ वरियताक्रममा नेपाल दुई स्थान तल झर्दै १६४ औं स्थानमा पुगेको छ ।दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । विश्व वरियताको ९७ औं स्थानमा रहेको भारत भने दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । त्यस्तै माल्दिभ्स १४८ औं वरियताका साथ दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ भने १८४ औं वरियताका साथ भूटान चौथो स्थानमा छ ।त्यसैगरी १९७ औं वरियताका साथ बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने २०० र २०३ औं वरियताका साथ श्रीलंका र पाकिस्तान क्रमशः छैठौं र सातौं स्थानमा छन् । जर्मनी फिफा विश्व वरियताको शिर्ष स्थानमा छ । थप पढ्नुहोस्

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको समूह विजयी

दाङ । दाङमा मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ । पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून व्यवसायी र निजामती कर्मचारीको टोलीले प्रतिस्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारले कानून व्यवसायीलाई जितेर फाइनलका लागि यात्रा तय गरेका थिए । पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले तीन गोल गर्नुभएको थियो । थप पढ्नुहोस्

ब्राजिलद्वारा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक

रियो । ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ । प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । २६ वर्षीय फरवार्ड विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेपनि प्रशिक्षकले टोलीमा समेटेका हुन् । टोलीमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका चार खेलाडी छन् । गोलरक्षक एडरसन, डिफेन्डर ड्यानिलो, मिडफिल्डर फर्नानडीन्हो र फर्व्रद ग्याब्रिएल जेससले टोलीमा स्थान बनाएका छन् । थप पढ्नुहोस्

पल्सर अवार्डका लागि चार खेलाडी मनोनयनमा

१८ वैशाख, काठमाडौं । पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका सन्तु श्रेष्ठ परेका छन् । मनोनयनमा परेकामध्ये जसले सबैभन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई आगामी जेठ ४ गते अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । थप पढ्नुहोस्

फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

२१ फागुन, काठमाडौं । तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजले हात पारेको छ । अखिल क्रान्तिकारीद्वारा आयोजित तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको आइतबार साँझ ८ बजे सम्पन्न खेलमा नवोदित कलेजले हिमालयन इन्जिनियर कलेजलाई १ का विरुद्ध १० गोल हानेर प्रथम भएको हो । प्रतियोगितामा प्रदेश नं ३ का ६४ कलेजको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता नवोदित कलेजले रु ५५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उत्कृष्ट खेलाडी नवोदितकै आशीष गुरुङ भएका छन् । उनले रु पाँच हजार नगद प्राप्त गरेका छन् । थप पढ्नुहोस्

राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

२८ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको हो । लामाको आजदेखि नै फिजियोथेरापी शुरु गरिने र उनी उपचारपछि छ देखि आठ महिनामा खेल मैदानमा फर्किनसक्ने डा पाण्डेले बताए । थप पढ्नुहोस्

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

१८ माघ, काठमाडौं । पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको थियो । आजको खेलमा पुलिसका सुमन लामाले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पुलिसका लागि फाइनलमा प्रवेश गर्न सोही गोल निर्णायक बन्न पुग्यो । थप पढ्नुहोस्
1 2 3 4