म्यानचेष्टर युनाइटेडको नयाँ कप्तानमा क्यारिक

३० असार, एजेन्सी । माइकल क्यारिक इंगलिस क्लब म्यानचेष्टर युनाइटेडका नयाँ कप्तान बनेका छन्।  कीर्तिमानी गोलकर्ता तथा नियमित कप्तान वायन रुनी एभरटन लागेपछि क्बलले क्यारिकलाई कप्तान नियुक्त गरेको हो। ३५ वर्षिय क्यारिकले सन् २००६ देखि युनाइटेडका लागि खेल्दै आएका छन् र अहिले क्लबमा भएका मध्ये उनी लङ्गेस्ट सर्भिङ प्लेअर समेत हुन् । उत्कृष्ट क्लबको कप्तान बन्न पाउनु मेरो लागि सम्मान हो। कप्तान नियुक्त भएपछि क्यारिकले भने। उनले आफूलै कहिल्यै युनाइटेडमा यती घेरै समय बिताउने बारे नसोचेको बताए। क्यारिक सन् २००६ मा लण्डन क्लब टोटनहमबाट ओल्ड ट्राफोर्ड पुगेका हुन् । थप पढ्नुहोस्

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

२७ असार, काठमाडौं । २३ वर्षमुनि (यु–२३) को मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेल मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ औँ मिनेटमा अन्जन विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । थप पढ्नुहोस्

पाथीभरा गोल्डकप साउन २३ गतेदेखि

२२ असार, काठमाडौं । आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते अर्थात् जनैपूर्णिमादेखि सुरु गर्ने जिल्ला फुटबल सङ्घले जनाएको छ । खेल सञ्चालनका लागि सदरमुकामस्थित भानुजन माविको खेलमैदान सम्याउनेलगायत काम भइरहेको छ । आर्थिक व्यवस्थापनलगायत काम पनि तीव्ररुपमा भइरहेको लाखेजात्रा खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिए । थप पढ्नुहोस्

त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

१७ असार, काठमाडौं । प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले आज धादिङमा आयोजित कार्यक्रममा रु एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा चार÷चार जनाको आठ नेपाली टोली र मित्रराष्ट्र बङ्गलादेश, बेलायत, अमेरिकालगायत १२ टोलीको सहभागीता थियो । प्रतियोगितामा रनिङ, साइक्लिङ र ¥याफ्टिङ खेल समावेश गरिएको थियो । थप पढ्नुहोस्

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

६ असार, काठमाडौं । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आज यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए । उनले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको दाबी गरेका छन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछन् । थप पढ्नुहोस्

नेपाल–यमनको खेल बराबरीमा टुङ्गियो

३० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत चैत महिनामा फिलिपिन्सिमा भएको समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बाध्य बन्यो । थप पढ्नुहोस्

एएफसी एसियन कपमा भोली नेपाल र यमन भिड्ने

२९ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताए । अखिल नेपाल फुटबल सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको टिप्पणी गरे । उक्त प्रतियोगिताको तयारीका लागि नेपालले एक साताअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो । थप पढ्नुहोस्

प्रचण्डको प्रयासमा बन्ने भो चितवनमा भव्य फुटबल र क्रिकेट रङ्गशाला

  २९ जेठ, चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार दाता र सरकारी निकायबाट प्राप्त रकमले सुरुवाती काम भइरहेको छ । थप पढ्नुहोस्
1 2 3