दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गरेका हुन् । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् । उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताए । थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जुडो टोली हङकङ प्रस्थान

काठमाडौं । दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुन खेलाडी सोनिया भट्टसहित प्रशिक्षक सुनिता मगर, दुई सदस्यीय नेपाली जुडो टोली आज हङकङ र मकाउ प्रस्थान गरेको छ । प्रस्थान गर्ने टोली पहिले हङकङमा यही असार ३० र ३१ गते 'जुलाई १४ र १५ तारिखमा' हुने एसियन कप क्याडेट तथा जुनियर जुडो प्रतियोगितामा सहभागी हुनेछ । भट्टले क्याडेटतर्फ महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनले आगामी साउन ४ गतेदेखि ६ गतेसम्म 'जुलाई २० देखि २२ तारिखसम्म' मकाउमा हुने प्रतियोगितामा भाग लिने छन् । थप पढ्नुहोस्

तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद शुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद बिहीबारदेखि शुरु भएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समाविष्ट खेलका प्रतिनिधिलाई खेल सामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल ९खुला० गरी चार खेल समाविष्ट छन् । तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी छन् । थप पढ्नुहोस्

राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता साउनमा हुने

काठमाडौं । नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ । मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालका विभिन्न मौलिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजनामा कार्यक्रम आगामी साउन ११ र १२ गते हुनेछ । कार्यक्रम काठमाडौंको बसुन्धारामा रहेको चन्द्रविन्दु स्कुलमा हुनेछ । बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । थप पढ्नुहोस्

सैनिक महाविद्यालयमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आजदेखि शुरु

भीमदत्तनगर । कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयमा आजदेखि जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । खेलकूदको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यले पहिलो पटक नेपाली सेनाले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन नेपाली सेनाको २५ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शरद् ढकालले गरे । उद्घाटन समारोहमा सैनिक महाविद्यालयका सम्र्पक अधिकृत सेनानी नरोत्तम पौडेल, महाविद्यालयका प्रिन्सिपल अशोकराज खाती, विद्यालयका खेल शिक्षक, शिक्षक, खेलाडीलगायतको सहभागिता थियो । थप पढ्नुहोस्

स्व.दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु

काठमाडौं । स्व प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु भएको छ । नेपाल बक्सिङ संघको तत्वावधानमा अखिल नेपाल खेलकूद संघको आयोजनामा आजदेखि लैनचौरमा सो खेल शुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्व दाहाल नेपालको कम्युनिष्ट आन्दोलनमा होनहार युवा भएको बताए । गृहमन्त्री थापाले खेलले युवालाई एकापसमा एकताको भावना निर्माण गर्ने र स्वास्थ्यका लागिसमेत फाइदा हुने बताए। उनले खेलमा जित हार हुने तर खेलको माध्यमबाट देश निर्माणमा महत्वपूर्ण भूमिका पुग्ने विश्वास व्यक्त गरे । थप पढ्नुहोस्

बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने

काठमाडौं । एशियाली खेलकूद प्रतियोगिता 'एसियाड'को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ । बुधबार थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकूद परिषद् 'राखेप'का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकूद विकास विभाग प्रमुख कूलबहादुर थापालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । टोलीले दुई महिनासम्म थाइल्याण्डको बैंककमा विशेष प्रशिक्षणमा सहभागी हुनेछन् । थप पढ्नुहोस्

बलियो मानिएको अष्टेलियालाई पेरुले हरायो, आफु पनि घर फर्कियो !

काठमाडौँ, १२ असार । विश्वकपका खेल शुरु हुदै गर्दा अष्टेलियालाई तुलनात्मक रुपमा बलियो टोलीका रुपमा हेरिएको थियो । तर विश्वकपको समूह सी मा यही बलियो टोली एक अंक बोकेर घर फर्किएको छ । मंगलबार राती पेरुसँग २ शुन्यले पराजित भएर अष्टेलिया घर फर्किएको हो । अन्तिम खेल मात्रै जित हात पारेर पनि पेरु पनि घर फर्किएको छ । अष्टेलियाविरुद्ध सान्तवना जित दिलाउन आन्द्र क्यारिलो र पाउलो गुएइरोले गोल गरे । जितपछि ३ अंक बटुलेपनि पेरु अष्टेलियासँग घर फर्किएको हो । यसअघि फ्रान्स र डेनमार्कसँग हार्नु नै पेरु रुस विश्वकपबाट बाहिरिएको पक्का थियो । थप पढ्नुहोस्

प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगंज । बाराको निजगढमा आजदेखि प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुँदैछ। प्रतियोगिताको आयोजना निजगढ तेक्वान्दो डोजाङले गर्दै छ। शुक्रवार र शनिवार गरि दुई दिन सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरि कुल ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता संयोजक बसन्त लामाका अनुसार विभिन्न १३ तौल समुहको बीचमा प्रतिष्पर्धा हुने खेलहरुमा महिलातर्फ ६ तथा पुरुषतर्फ ७ तौल समुहमा प्रतिष्पर्धा हुनेछ। महिलातर्फ ४२, ४६, ५३, ५७, ६२ र ७३ केजी तौलसमुहमा खेल भइरहेको र पुरुष तर्फ २५, ३३, ४५, ५४, ५८, ६३ र ७४ केजी तौल समुहविच प्रतिस्पर्धा हुँदैछ । थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहनुभएका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो । थप पढ्नुहोस्
1 2 3