प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल बैशाख अन्तिम साताबाट

काठमाडौं । प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता बैशाख अन्तिम साताबाट रोल्पामा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुने प्रतियोगिता बैशाख २९ देखि जेठ २ गते हुने भएको हो । रोल्पाको लिवाङमा हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ सातै प्रदेशका ७ टिम र तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशत्र प्रहरीको एपीएफ क्लबले भाग लिने राखेपले बिहिबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो । पुरुष र महिला दुवैको १० टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । दुवै तर्फको विजेताले ३ लाख ५० हजार पाउने छन् । थप पढ्नुहोस्

केएनपी चौंथो राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्रलाई

काठमाडौं, २५ बैशाख । शेरबहादुर खड्का स्मृति केएनपी चौंथो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको सशस्त्र प्रहरीले जितेको छ ।नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन सशस्त्रले उपाधि रक्षा गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को कर्भर्डहलमा भएको विभागीय डर्बीमा सशस्त्र प्रहरीले पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । सरस्वती चौधरीको उत्कृष्ट स्पाइकमा सशस्त्रले खेल सजिलै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको शुरुमा पछाडि परे पनि सशस्त्रले उत्कृष्ट पुनरागमन जनायो । थप पढ्नुहोस्

चौथो केएनपी महिला भलिबल : उपाधिका लागि दुई विभागिय टोली भिड्ने

काठमाडौं,२४ बैशाख । चौथो केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली सशस्त्रको एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन्। सोमवार भएको सेमिफाइनल खेलमा जित हात पार्दै यी दुईले उपाधि नजिकको भिडन्त पक्का गरेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड एकेडेमीलाई ३/१ को सेटमा हरायो। एपीएफले २५/१८, २१/२५, २५/१०, २५/२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो। यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले पश्चिमाञ्चल क्षेत्रिय भलिबल टिमलाई सोझो सेटमा हरायो। सुरुको दुई सेट पुलिसले २५/१९, २५/१५ ले सहजै जितेमको थियो । थप पढ्नुहोस्

पल्सर अवार्डका लागि चार खेलाडी मनोनयनमा

१८ वैशाख, काठमाडौं । पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका सन्तु श्रेष्ठ परेका छन् । मनोनयनमा परेकामध्ये जसले सबैभन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई आगामी जेठ ४ गते अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । थप पढ्नुहोस्

प्रधानमन्त्री कप महिला भलिबल शुरु

३ फागुन, काठमाडौं । जिल्ला भलिबल संघको आयोजनामा आजदेखि नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । मिस नेपाल निकिता चन्दकले उद्घाटन गरेको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सात टोलीको सहभागिता छ । थप पढ्नुहोस्

भलिबल प्रतियोगिता पुस ११ देखि

१० पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ । प्रतियोगिताबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजकुमार गुरुङले प्रतियोगितामा महिला तथा पुरुषतर्फ पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चलको टिमसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी हुने बताए । थप पढ्नुहोस्

भलिबल अव राष्ट्रिय खेल

६ साउन, काठमाडौं । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस थियो । अव सो बहस भलिवललाई निर्धारण गर्ने सरकारको निर्णसँगै अन्त्य भएको छ । डण्डिबियो र कबड्डीलाई राष्ट्रिय खेल मानिए पनि सरकारले नेपालको राष्ट्रिय खेल के हुने भन्ने अहिलेसम्म टुंगो लगाउन सकेको थिएन । अब नेपालको राष्ट्रिय खेलको आधिकारीकता भलिवलले पाएको छ । थप पढ्नुहोस्