अन्तिम मिनेटमा चुक्यो स्वीडेन, क्रुजको गोलले ठूलो हारबाट जोगियो जर्मनी !

काठमाडौँ, १० असार । रियल मडिडका प्लेमेकर टोनी क्रुजले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी ठूलो हारबाट जोगिएको छ । शनिबार राती स्वीडेनले १० खेलाडीमा सिमित जर्मनीलाई लगभग बराबरीमा रोकेको अवस्थामा क्रुजले अन्तिम मिनेटमा उत्कृष्ट गोल गर्दै रुस विश्वकपको सम्भावना कायमै राखेका हुन् । स्वीडेनसँग बराबरीमा रोकिएको खण्डमा पनि कठिन अवस्थामा रहेको जर्मनीलाई क्रुजले उत्कृष्ट ढंंगले टोलीको उद्धार गरेका हुन । त्यसअघि ३२ औँ मिनेटमा स्वीडेनका ओला टोइभोननले गोल गदैै स्वीडेनलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । थप पढ्नुहोस्

पहिलो हाफमा स्वीडेनको अग्रता, जर्मनी विश्वकपबाटै बाहिरिने खतरामा !

काठमाण्डौँ, १० असार । रुस विश्वकप फुटबलमा जर्मनीविरुद्ध स्वीडेनले अग्रता लिएको छ । खेलको पहिलो हाफ सकिदा स्वीडेनले एक गोलको अग्रता लिएको हो । उसका लागि पहिलो हाफको ३२ औँ मिनेटमा ओला टोइभोनेनले गोल गरेका हुन् । उनको गोलपछि गत विश्वकपको विजेता जर्मनी निकै दबाबमा परेको छ । यसअघि मेक्सिकोसँग पनि एक शुन्यले हारेको जर्मनी आज स्वीडेनसँग पराजित भएमा रुस विश्वकपको समूह चरणबाटै बाहिरिनेछ । ७५ प्रतिशत बल पोजिसनमा राखेपनि जर्मनीले खेल आफ्नो पक्षमा पार्न सकेको छैन । गोलका लागि ७ वटा प्रहार गरेपनि दुई वटा प्रहार पोष्टमा लागेका थिए । थप पढ्नुहोस्

रुस विश्वकपको ‘गोल्डेन बुट’ दौडमा रोनाल्डोसँग लुकाकुको बराबरी !

काठमाडौँ, ९ असार । रुस विश्वकपमको गोल्डेन बुट दौडमा बेल्जियमका रोमेलु लुकाकुले पोर्चुगलका क्रिष्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । दुई खेलमा रोनाल्डोले एक ह्याटिकसहित चार गोल गरेका छन् । लुकाकुले पनि दुई खेलमा चार गोल गर्दै रोनाल्डोलाई भेटाएका हुन् । रोनाल्डोले स्पेनविरुद्ध ह्याटिक गरेका थिए भने मोरक्कोलाई एक गोल हानेका थिए । लुकाकुले भने पनामा र ट्युनिसियाविरुद्ध दुई दुई गोल गर्दै आफ्नो गोलसँख्या ४ पुर्याएका हुन् । रोनाल्डो लगातार चार विश्वकपमा गोल गर्ने पछिल्ला एक्ला खेलाडी हुन । लुकाकुले भने पहिलो पल्ट बेल्जियमका लागि गोल गरेका हुन् । थप पढ्नुहोस्

अन्ततः विश्वकपबाट बाहिरियो कोरिया, मेक्सिको अघिल्लो चरणमा प्रवेश

काठमाडौँ, ९ असार । एसियाली देश कोरिया रुस विश्वकपबाट बाहिरिएको छ । शनिबार राती मेक्सिकोसँग २ - १ ले हारेपछि दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको हो । यसअघि स्वीडेनसँग हारेको कोरियाले तुलनात्मक रुपमा राम्रो खेलेपनि गोल गर्न भने सकेन । जसकारण ऊ दुई खेल हारेपछि विश्वकपबाट बाहिरिने निश्चित बनेको हो । मेक्सिकोका लागि कार्लोस भेना र जाभियर हर्नान्डेजले गोल गरे । कोरियाका लागि टोटेनह्यामका संग हिंग मिनले अतिरिक्त समयमा सान्तवना गोल फर्काए । कोरियाका लागि उनको एउटै गोलसगै टिम रुसबाट घर फर्किन लागेको हो । तर अन्तिम खेलमा जर्मनीसँग खेल्न बाँकी छ । थप पढ्नुहोस्

ट्युनिसियाको पोष्टमा बेल्जियमको ५ गोल, बन्यो विश्वकप उपाधि दाबेदार !

काठमाडौँ, ९ असार । बेल्जियमले ट्युनिसियालाई फराकिलो गोल अन्तरले हराउँदै विश्वकप उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको छ । बेल्जियममा अहिलेको पूस्ताको गोल्डेन इरा टिमले ट्युनिसियालाई ५ - २ गोल अन्तरले पराजित गरेको हो । एकपक्षीय जस्तै खेल खेलेको बेल्जियमका लागि कप्तान इडेन हजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल गरे । ट्युनिसियाका डिलान ब्रोननले एक गोल मात्रै फर्काउन सके । खेलको ९० औँ मिनेटमा मिकी बात्सुयीले एक गोल थपेपछि बेल्जियम ५ - २ गोल अन्तरले विजयी भएको हो । अतिरिक्त समयमा ट्युनिसियाका वाहबी खाज्रीले गोल गरेर अग्रता छोट्याएपनि टिमको हार टार्न सकेनन । थप पढ्नुहोस्

एसियाली देश कोरियामाथि मेक्सिकोको रवाफ, दुई गोलको अग्रता

काठमाडौँ, ९ असार । एसियाली देश दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिने निश्चित भएको छ । शनिबार राती भएको खेलमा मेक्सिकोसँग दुई गोलले पछि परेको कोरिया अब रुस विश्वकपको अघिल्लो चरणमा जान असक्षम भएको हो । यसअघि स्वीडेनसँग पराजित भएको कोरियाले कुनै गोल गर्न भने सकेन । जर्मनीलाई हराएको मेक्सिकोसँग दोश्रो हाफको अन्त्यतिर भने दुई गोलले पछि परेपछि कोरिया बाहिरिने निश्चित भएको हो । मेक्सिकोको लागि कार्लोस भेलाले पेनाल्टीमा र जाभियर हर्नान्डेजले गोल गरेका हुन् । थप पढ्नुहोस्

बेल्जियमलाई रोक्न चुनौति, जर्मनीलाई जित्नैपर्ने दबाब, तर लयमा स्वीडेन !

काठमाडौँ, ९ असार । विश्वकप फुटबलमा शनिबार राती तीन खेल हुदैछन् । पहिलो खेलमा बेल्जियम र ट्युनिसिया भिड्दैछन् । यी दुई टोलीबीचको खेल बेलूकी पौने ६ बजे शुरु हुदैछ । बेल्जियम पहिलो खेलमा विजयी भएको थियो । ट्निसिया भने हारेको थियो । यस्तै दोश्रो खेलमा दक्षिण कोरिया र मेक्सिको खेल्दैछन । यी दुईबीचको खेल राती पौने ९ बजे शुरु हुनेछ । मेक्सिकोले जर्मनीलाई हराएर बलियो टोलीका रुपमा दरिएको छ । दक्षिण कोरिया भने स्वीडेनसँग हारेको थियो । यस्तै आजको तेश्रो खेलमा जर्मनी र स्वीडेन खैल्दैछन । थप पढ्नुहोस्

रुस विश्वकप : यसरी जादैछ ब्राजिलको पोल्टामा…

काठमाडौँ, ९ असार । रुस विश्वकपमा सबैभन्दा बलियो उपाधि दाबेदार टिम कसैलाई मानिन्छ भने त्यो ब्राजिल हो । सन् २०१५ मा स्वर्णपदक जितेको ब्राजिलको टिम अहिले यति आश्चर्यजनक बलियो बनेको छ की सजिलै आकँलन गर्न गाह्रो छ । पहिलो खेलमा स्वीटजरल्याण्डसँग एक एक गोलको बराबरी खेलेपनि ब्राजिलले दोश्रो खेलमा कोष्टारिकालाई २ शुन्य गोलले हराएको हो । दुबै गोल ब्राजिलले अतिरिक्त समयमा गरेको थियो । लगभग गोलरहित बराबरीमा सकिन लागेको खेलमा ब्राजिलका लागि बार्सिलोनाका महंगा स्टार काउटिन्हो र पीएसजीका महंगा सुपरस्टार नेयमारले गोल गरे । थप पढ्नुहोस्

शाकिरीको गोलले स्वीटजरल्याण्ड विजयी, अब सर्बियालाई ब्राजिलको डर !

काठमाडौँ, ८ असार । जार्दन शाकिरीले खेलको अन्तिम ९० औँ मिनेटमा निर्णायक गोल गरेपछि स्वीटजरल्याण्डले सर्बियालाई पराजित गरेको छ । शुक्रबार राती भएको खेलमा स्वीटजरल्याण्डलाई जिताउन ग्रणित छका र क्षर्दन शाकिरीले गोल गरे । खेल शुरु भएको ५ मिनेटमै अलेक्जेन्डर मिटरोभिकको गोलबाट अग्रता लिएको सर्बियाले दोश्रो हाफमा त्यसलाई जोगाउन नसक्दा सिधै अघिल्लो चरण प्रवेशको अवसर गुमाएको हो । हारपछि सर्बिया ३ अंकमै सिमित छ भने स्वीस टोलीले ४ अंक बनाएको छ । यसअघि उसले ब्राजिलसँग बराबरी खेलेको थियो । आज कोष्टारिकालाई हराएको ब्राजिलको पनि समान ४ अंक नै छ । थप पढ्नुहोस्

मेस्सीलाई अन्तिम मौका, नाइजेरियालाई हराउनैपर्ने !

काठमाडौँ, ८ असार । धेरैलाई पत्यार लागेको छैन्, अर्जेन्टिना र उसका कप्तान मेस्सीले रुस विश्वकप गुमाईसकेका छन् भनेर । तर जति धेरैले यो कुरा जानेका छन्, उनीहरुले बिर्सेका छैनन् की अब रुस विश्वकपको उपाधि जित्ने सपना मेस्सीका लागि अन्तिम भएपनि आशा भने लगभग टुटिसकेको छ । त्यसका धेरै कारण छन् । तर मुख्य केही कारण यहाँ प्रस्तुत गरिएको छ । मुख्य केही कारण पहिलो : कमजोर मानिएको नवप्रवेशी टिम आइसल्याण्डसँग बराबरीमा रोकिनु । जितका लागि पर्याप्त पेनाल्टी पनि मेस्सीले मिस गर्नु । त्यसपछि कुनै गोल पनि गर्न नसक्नु । अरु कुनै खेलाडीले पनि मेस्सीका लागि गोल गर्न सहयोग नगरिदिनु । थप पढ्नुहोस्
1 2 3 9