४८ करोडमा मुटु सम्बन्धी सबै उपचार गर्ने एन्जियोग्राफी मेशिन जडान

नेहाल खान वीरगंज । नेशनल मेडिकल कलेज विरगंज मा ४८ करोडको लागतमा मुटु सम्बन्धी सबै उपचार गर्ने एन्जियोग्राफी मेशिन जडान गरिएको छ । नेशनल मेडिकल कलेज विरगंज ले प्रथम पटक प्रदेश नं.२ मा मुटु सम्बन्धि रोगको अत्याधुनिक मेशिनहरु जडान गरि मुटु मा लाग्ने विभिन्न रोगहरु को उपचार गर्ने कार्य प्रारम्भ भएको छ । सञ्चालन मा रहेको मुटु सम्बन्धि विशेष यन्त्र Cath. Lab. मशिन मार्फत एन्जियोग्राफी, एन्जियोप्लास्टिः स्टेन्ट जडान को व्यवस्था भएको छ । थप पढ्नुहोस्

विश्व महिनावारी दिवसमा साइकल र्‍याली, ३ सय जना साईकलिष्टहरुको सहभागिता

ललितपुर । विश्व महिनावारी दिवसको अवसरमा काठमाडौंमा साइकल र्‍यालीको आयोजना हुने भएको छ ।‘स्वस्थ महिनावारीको बारेमा खुलेर बोलौं’ भन्ने नारासहित एक्सपोज नेपालले जेठ १२ गते शनिबार साइकल र्‍यालीको आयोजना गर्न लागेको हो । महिनावारी प्राकृतिक नियम भएकाले यो बारे खुलेर बोल्न सक्नुपर्छ भन्ने सचेतना जगाउन साइकला र्‍याली गर्न लागेको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले बताए । महिनावारी भएको बेला सरफाइ नहुँदा प्रजनन् स्वास्थ्यमा गम्भीर असर परे पछि एक्सपोज नेपालले ४ वर्षदेखि जनचेतना जगाउन साइकल र्‍यालीको आयोजना गर्दै आइरहेको छ । थप पढ्नुहोस्

९९ वर्षीय राष्ट्रकवि घिमिरेको आन्द्रामा घाउ, दिल्ली उपचार चल्दै

नयाँ दिल्ली । भारतको हरियाणा राज्यस्थित मेदान्ता अस्पतालमा उपचारार्थ राष्ट्रकवि माधवप्रसाद घिमिरेको माथिपट्टिको आन्द्रामा घाउ देखिएको छ। उनका छोरा इन्दिबर घिमिरेका अनुसार इन्डोस्कोपी रिपोर्टबाट दुईवटा साना घाउ पत्ता लागेको हो। घिमिरेलाई नेपाल बाट लगेर बुधबार राति मेदान्ता भर्ना गरिएको हो। ‘इन्डोस्कोपी, क्लोनोस्कोपी तथा क्याप्सुल इन्डस्कोपी गरिएको छ। इन्डोस्कोपीको रिपोर्टबाट माथिपट्टिको आन्द्रामा सानो घाउ पत्ता लागेको हो । थप पढ्नुहोस्

घट्दै प्रसूति सेवा लिने महिला, अस्पतालमा भ्याकुम उपकरण पनि छैन ?

ललितपुर । अस्पतालमा अहिले सामान्यबाहेक अरु सेवा नहुदा प्रसूति सेवा लिने महिलाको संख्या घट्दै गईरहेको छ । सेवा र पर्याप्त जनशक्ति नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या दिनप्रति दिन घट्दै गइरहेको बताइएको छ । अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए । नेपाल सरकारले लागू गरेको ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएका ठाउँमा २४ घण्टे सेवा उपलब्ध हुनुपर्छ । उनले भने, ‘जनशक्तिको कमीले गर्दा हामीले गर्न गाह्रो भएको छ । थप पढ्नुहोस्

उपत्यकाभित्र रहेका ११ वटा विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ । संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेल स्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उनका निजी सचिव पुष्प ढकालले बताए । थप पढ्नुहोस्

नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय नुवाकोटमा

काठमाडौँ । रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ । नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष र चारवटा पहुँचयोग्य शौचालय हालै निर्माण गरिएको छ । थप पढ्नुहोस्

जोशी बने अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौँ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् ।आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आइरहेका छन् । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्ष समेत हुन । केही समयअगाडि नेपाल आएका उनी नेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउछन् । थप पढ्नुहोस्

आन्तरिक रक्तस्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लैजादै

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनका छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् । गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए । थप पढ्नुहोस्

गर्मीमा घमौराले दिक्क बनाएको छ भने यसो गरौं

गर्मी धेरेलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः – घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ । – घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ । – घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ । – बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् । थप पढ्नुहोस्

विद्यार्थी भर्ना अभियान, वैशाख महिनाभरी ३९ प्रतिशत भर्ना

काठमाडौँ । सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको छ । वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८८७ विद्यार्थीमध्ये ३४ हजार ३४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले बताए । उनका अनुसार भर्ना गरिएका विद्यार्थी प्राथमिक तहका हुन् । सरकारले विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको थियो । उहाँले अभियानमा कक्षा १ देखि दशसम्म करीब सात लाख २४ हजार वद्यार्थी भर्ना गरिएको बताए । थप पढ्नुहोस्
1 2 3 18