कर्णाली प्रदेशमा मंगलबारदेखि ओपीडी सेवा बन्द

सुर्खेत । जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकले आन्दोलन सुरु गरेका छन् । नेपाल चिकित्सक संघका जुम्ला र सुर्खेत शाखाले सोमबार विज्ञप्तिमार्फत मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् । चिकित्सक संघले केसीले उठाएका माग ३ करोड नेपाली जनताको माग रहेको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न माग गरेको छ । ‘सरकारले डा। केसीका माग सम्बोधन गर्न बेवास्ता गरेको छ, विज्ञप्तिमा भनिएको छ, राजनीतिक पार्टीहरू माफियाको चंगुलमा फसेकाले डा। केसीको अनशनलाई राजनीतीकरण नगर्न अनुरोध छ  । थप पढ्नुहोस्

डा.केसीको घाँटीमा संक्रमण, अवस्था जटिल बन्दै

जुम्ला । जुम्लामा १६ दिनदेखि अनशनरत डा.गोविन्द केसीको शनिबार रातिदेखि रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा उतारचढाव आएको छ । उनको घाँटीमा समेत संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा समेत उनले औषधि लिन मानेका छैनन् । उनको नसा सुन्निएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । डा.केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनशनस्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पूर्ण उपकरण र औषधि तयारी अवस्थामा राखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए  । थप पढ्नुहोस्

डा.केसीको समर्थनमा जुम्लामा नेविसंघद्वारा प्रदर्शन

जुम्ला । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै १६ दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा नेपाल विद्यार्थी संघले जुम्लाको खलंगामा विरोध प्रदर्शन गरेको छ । माथेमा प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस लगायतका स्नातक तहका कक्षाहरु सुरु गर्नुपर्ने डा.केसीमा मागमा ऐक्यवद्धता जनाउँदै नेविसंघका केन्द्रिय उपसभापति रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले लगायत जुम्ला नेविसंघका टोलीले विरोध प्रदर्शन गरेको हो । थप पढ्नुहोस्

बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर

मदनकृष्ण सिलवाल भक्तपुर । असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिर हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । थप पढ्नुहोस्

अनसनरत डा.केसीसंग सरकारी वार्ता टोलीले औपचारिक सम्वाद गर्ने

काठमाडौं । आमरण अनशनरत डा.गोविन्द केसीसँग सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी भएको छ । सरकार र डा.केसीबीच वार्ता हुन नसकिरहेका बेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अभिषेकराज सिंह लगायतसँग अनौपचारिक सम्वाद गरेको बताएका छन् । श्रेष्ठले जुम्लामा आईसीयू नरहेको भन्दै डा. केसीलाई तत्काल काठमाडौं ल्याउनुपर्ने बताएका छन् । तर, डा.केसीका समर्थकहरुले भने त्यसका लागि सरकारले वातावरण बनाइदिनु पर्ने बताएका छन् । स्रोतका अनुसार सरकारले आइतबार नै वार्ता टोली गठन गरेर डा.केसीलाई काठमाडौं आउन आहृवान गर्ने सम्भावना छ । थप पढ्नुहोस्

साउन १ गतेदेखि इन्टरनेट सेवा शुल्क १३ प्रतिशत, मारमा विद्यार्थी

काठमाडौं । साउन १ गतेदेखि सरकारले बढाएको इन्टरनेट करको मारमा आम विद्यार्थीहरु परेका छन् । साउन १ गते मंगलबारदेखि इन्टरनेट सेवा प्रदायकले १३ प्रतिशत कर सेवा शुल्क बाफत तिर्नुपर्ने भएपछि शिक्षाको सुचना लिन गुगल प्रयोग गर्ने आम विद्यार्थी लगाएत सर्वसाधारण नागरिक मारमा परेका छन् । सरकारको यो निर्णय बारे आलोचना भएपनि सेवा प्रदायक निकायले आफ्ना ग्राहकलाई शुल्क वृद्धि भएको बताएका छन् । सरकारले २०७१ सालमा सन २०१९ सम्म घरघरमा इन्टरनेट सेवा पुराउछु भन्दै गरेको निति र निर्णय प्रति आलोचना गर्दै सरकारले यो निर्णय फिर्ता लिनुपर्ने सेवा प्रदायकले बताएका छन् । थप पढ्नुहोस्

गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सक हडतालमा

आजदेखि आकस्मिकबाहेकका सेवा बन्द काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् । १४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । बरु उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो । थप पढ्नुहोस्

डा.केसीको समर्थनमा माइतीघरमा ओपीडी सेवा

काठमाडौं । जुम्लामा अनशनरत चिकित्सक डा.गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन 'एनआरडीए' ले माइतीघर मण्डलामा बहिरंग 'ओपीडी' सेवा संचालन गरेको छ । अनशनरत डा.केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले शुक्रबार माइतीघरमा सांकेतिक विरोध स्वरुप ओपीडी सेवा संचालन गरेको हो। एनआरडीएका अध्यक्ष डा. सुमित पाण्डेले अनसनरत डा।केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरु बिरोधमा उत्रनुपरेको बताए । थप पढ्नुहोस्

अनशनरत डा. केसीको शरिरमा अक्सिजनको मात्रा कम

जुम्ला । जुम्लामा १४ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको गएराति देखि मस्तिष्कमा रक्तसञ्चार निकै कम भएको उपचारमा संलग्न डाक्टरहरुले बताएछन् । ‘शरिरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा एकदमै न्युन रहेको र मस्तिस्कमा रक्तसञ्चार निकै कम रहेको उपचारमा संलग्न डा.जीवन क्षेत्रीले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन कक्षमा उपचाररत डा.केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि आइसियु नहुँदा ज्यान जोखीममा रहेको क्षेत्रीले बताए । थप पढ्नुहोस्

प्रधानमन्त्री ओली गंगालालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शुक्रबार गंगालाल हृदयरोग पुगेका छन् । शुक्रबार गंगालाल हृदयरोग केन्द्र पुगेर प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिदै आलमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । थप पढ्नुहोस्
1 2 3 12