महाकाली अञ्चल अस्पताल सञ्चालनमा, झ्यालबाट हामफाल्दा एक बिरामीको मृत्यु

२१ फागुन, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन् । शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको सहमतिपछि अस्पताल सञ्चालन भएको हो । थप पढ्नुहोस्

दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म थप

२६ माघ, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो । निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बैठक बसेको थियो । थप पढ्नुहोस्

धुलो–धुवाँका कारण छाला सम्बन्धि रोगका बिरामी बढे

२१ माघ, काठमाडौं । चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई उजागर गर्न मद्दत गर्छ । छालाको रङ कस्तो छ भन्नेमा भन्दा पनि कसरी उसले आफ्नो छालाको हेरचाह गरेको छ भन्ने कुराले अधिक अर्थ राख्ने चिकित्सकहरु बताउँछन् । नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको छालारोग विशेषज्ञ डा. रविन्द्र बास्कोटा बताउछन् । उनका अनुसार, “नेपालमा छाला रोगको समस्या धेरै छ । थप पढ्नुहोस्

नख्खु कारागारमा मनोसामाजिक अस्पताल

१५ माघ, काठमाडौं । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । त्यस अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउँछन् । उनले भने, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ ।” उनले भने, “त्यहाँका कारागार र कैदी÷बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् । थप पढ्नुहोस्

आर्थिक अभावले एम्बुलेन्स सेवा ठप्प

१४ माघ, काठमाडौं । विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । पर्वत जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको एम्बुलेन्स मर्मतका लागि रु पाँच लाख खर्च लाग्ने जनाइएको छ । थप पढ्नुहोस्

यस्तो छ, बच्चाको खोप कार्डको महत्व

९ माघ, काठमाडौं । तपाइँले आफ्ना बालबालिकालाई लगाएको खोपको विवरण राखिएको खोप कार्ड राख्नुभएको छ ? छैन भने आजैबाट आफ्ना बालबालिकाको खोप कार्ड जतन गरेर राख्नुहोस् । स्कुल भर्ना गर्ने बेलादेखि भविष्यमा विदेश जाने बेलासम्म उक्त कार्ड आवश्यक परिरहन्छ । खोपको कार्डको महत्व पछिसम्म पनि निकै महत्वपूर्ण छ । बालस्वास्थ्य महाशाखाका प्रमुख डा विकास लामिछानेले धेरै आमालाई बच्चाको खोप कार्ड र त्यसको महत्वबारे जानकारी नभएको बताए । थप पढ्नुहोस्

चिसो बढेसँगै दमौली अस्पतालमा निमोनियाका बिरामी थपिँदै

२६ पुस, काठमाडौं । एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ । दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ । रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताउनुभयो । व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने । यसअघि छिटफुट रुपमा बिरामी आउँथे । चिसो बढेसँगै बिरामीको संख्या बढेको अस्पतालका चिकित्सकले बताए । थप पढ्नुहोस्

प्रहरी र ठेकेदारको मिलेमतोमा क्षयरोग केन्द्रको माटो अवैधरुपमा बिक्री, स्थानीय वासिन्दा जोखममा

२३ पुस, काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्र थिमिले निर्माण गर्न लागेको अस्पतालको नयाँ भवनबाट झिकिएको लाखौँ मूल्य बराबरको माटो अवैधरुपमा बिक्री भएको खुलासा भएको छ । क्षयरोग केन्द्र, प्रहरी र ठेकेदारको मिलेमतोमा लाखौँ रुपैयाँ बराबरको माटो अवैधरुपमा बिक्री भएको मध्यपुरथिमि नगरपालिका र स्थानीय बासिन्दाले बताएका छन् । भवन निर्माणका लागि जमिन सम्याउने नाममा सिंगो बस्ती नै जोखिममा पारेर केन्द्रको तालीम हलको पछाडि रहेको करिब १०० फिटभन्दा अग्लो ढिस्को भत्काएर निस्किएको माटो गायव भएको नगरपालिका प्रशासन शाखाले जनाएको छ । थप पढ्नुहोस्

शिलबन्दी खोल्न नगरपालिकालाई चौतर्फी दबाब

२१ पुस, काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्र, थिमिले शुरु गरेको ३०० श्ययाको अस्पतालमा भवन निर्माण रोक्दै शिलबन्दी गरेको मध्यपुरथिमि नगरपालिकालाई सिलबन्दी खोल्न चौतर्फी दबाब आएको छ । नियमविपरीत नगरपालिकालाई कुनै जानकारीसमेत नदिइ अस्पतालको भवन निर्माण गरेर डिपिसीसमेत गरेको अवस्थामा नगरपालिकाले गत पुस १३ गते बिहीबार निर्माण रोक्दै सिलबन्दी गरेको थियो । थप पढ्नुहोस्

रसुवा जिल्ला अस्पताल अब अत्याधुनिक भवनमा

१९ पुस, काठमाडौं । २०७२ सालकोे भूकम्पले क्षतिग्रत भई टेन्टमुनि सञ्चालनरत रसुवा अस्पताल अब अत्याधुनिक भवनबाट सञ्चालन हुने भएको छ । नवनिर्मित सेमी परमानेन्ट भवनबाट सेवा सञ्चालनका लागि निर्माणकार्य सम्पन्न भई मंगलबार रसुवा जिल्ला अस्पतालको प्रांगणमा सञ्चालित कार्यक्रममा साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ । थप पढ्नुहोस्
1 2 3 4 6