गोरखाका पाँच जनामा देखियो स्वाइनफ्लु

३० साउन, काठमाडौं । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो । परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइनफ्लु लागेको पुष्टि भएको हो । थप पढ्नुहोस्

देशको परिस्थिति जस्तै असहज बन्दै डा. केसीको स्वास्थ्य, अनशन अन्त्य गर्न दबाव दिँदै सरकार

२९ साउन, काठमाडौं । प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न नेपाल सरकारद्वारा गठित वार्ता समितिले मुलुकमा भएको प्राकृतिक प्रकोपमा चिकित्सा सेवाको अपरिहार्यता र आफ्नो बिग्रदो स्वास्थ्यलाई समेत मनन् गर्दै तत्काल अनशन अन्त्य गर्न डा केसीसँग हार्दिक अपिल गरेको छ । थप पढ्नुहोस्

डा भट्टराई अस्पतालबाट डिस्चार्ज

२६ साउन, काठमाडौं । मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पताल भर्ना भएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई हिजो घर फर्किएका छन् । डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उनको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । आज अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । थप पढ्नुहोस्

पूर्वप्रधानमन्त्री डा. भट्टराईको स्वास्थ्यमा सुधार, डिस्चार्ज हुन केही दिन लाग्ने

२३ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधार भएको छ । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत २१ गते प्रोस्टेट अर्थात मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरिएको र उनको स्वास्थ्य अवस्था सुधार आएको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए । अस्पतालमै उनको उपचार भइरहेको र केही दिनमा घर पठाइने उनले बताए । थप पढ्नुहोस्

डाक्टरको लापरबाहीले आफन्तको मृत्यु भएपछि ओम अस्पतालमा तनाव, प्रहरी घेराबाट डाक्टरको बयान

१९ साउन, काठमाडौं । मेरो ठुलिआमाको कुनै दीर्घरोग थिएन । ठुलिआमाको बोलाउने नाउँ गोमा लामिछाने हो । नागरिकतामा नन्दकुमारी लामीछाने छ । ठुलीआमाको चाबहिलमा च्याउ पसल थियो । च्याउ पसलमा डाक्टर च्याउ किन्न आउँने जाने क्रममा चिनजान भएको थियो । चिने जानेको डाक्टर हुँदा जिउमा केही समस्या हुँदा डाक्टर समक्ष उहाँले भन्ने गर्नुभएको रहेछ । केही समय अगाडि आफु बिरामी हाँदा डाक्टरले बनाएको रिपोर्टहरु उहाँले डा कमल कोइरालालाई दिनुभएको रहेछ । सो रिपोर्ट डा कमल कोइरालाले हेरे पछि बिरामीलाई सो केश बढ्दै गएपछि क्यान्सरको खतरा हुनसक्ने बताएका रहेछन् । थप पढ्नुहोस्

५१ औं रक्तसञ्चार सेवा दिवस भव्यताका साथ सम्पन्न, साढे तीन लाख बिरामी लाभान्वित

१२ साउन,काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रगत सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको जनाएको छ । रेडक्रसका प्रवक्ता दिव्यराज पौडेलका अनुसार यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् । नेपालमा रक्तसञ्चार स्थापना भएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमा हिजो काठमाडौँमा आयोजित वार्षिकोत्षव कार्यक्रममा यो जानकारी दिइएको हो । थप पढ्नुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सराहनिय कार्य

२२ असार, काठमाडौं । सुर्पना हमाल अहिले अस्पतालको श्ययामाथि जीवनको लामो सास लिइरहेकी छन् । सातौं गर्भ बोकेकी हमालले अन्तिम बच्चा पाइन् तर पाठेघर फुटेर दुई टुक्रा भई अत्यधिक रक्तस्राव हुँदा झन्डै मृत्युको मुखमा पुगिन् । मृत्युको मुखमा पुग्नै लागेकी उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक विनोद अर्याल नेतृत्वको टोलीले पुनर्जन्म दिएको छ । ३५ वर्षीया सुर्पना हमाल तिलागुफा गाउँपालिका–३ फोइमहादेव कालीकोट जिल्लाकी हुन् । चिकित्सकले सुत्केरी हुने भनेर दिएको समयभन्दा दुई हप्तापछि आइन् उनी । थप पढ्नुहोस्

नेशनल मेडिकल कलेजमा ब्रेन हैम्ब्रेजको सफल अप्रेशन

२९ जेठ, वीरगंज । नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल वीरगंजमा एक ६५ वर्षिय बृद्धको सफल रुपमा ब्रेन हैम्ब्रेजको अप्रेशन भएको छ । सुवर्णपुर गाउँपालिका वडा नं. ५ जितपुर परसवाका ६५ वर्षिय बृद्ध पूर्णवासी चौधरीको टाउकोमा रगत जमि ब्रेन हैम्ब्रेज भएकोमा वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार्थ आउदा बरिष्ठ न्युरो सर्जन डा. श्यामबाबु प्रसाद पटेलले सफल रुपमा अप्रेशन गरेका छन् । गत केहि महिना देखि भारत लगायत नेपालको विभिन्न अस्पतालहरुमा उपचार गराउदा ठिक नभए पछि नेशनल मेडिकल कलेज पुगेका उनलाई डा. पटेलको टिमले सफल रुपमा अप्रेशन गरेको हो । थप पढ्नुहोस्

पाठेघर बाहिरको गर्भको दुर्लभ शल्यक्रिया

२८ जेठ, काठमाडौं । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ । मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा. घिरेन मल्लसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेर बाहिर निकालेको हो । तीनवर्ष अगाडि विवाह गरेकी युवतीको पाठेघरभित्र रहेको गर्भ गत चैत ३० गते खेर गएपछि निराश भएर घरमै बसेको अवस्थामा तीनदिनदेखि लगातार दाहिने कोखो दुख्न थालेपछि बेनी अस्पतालमा भर्ना भएकी थिइन् । थप पढ्नुहोस्

बिएन्डसी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु

२६ जेठ, काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ । प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सोे अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई मध्यनजर गर्दै आमा सुरक्षा कार्यक्रम सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले जानकारी दिए। अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस कार्यक्रमले सुत्केरी महिला र नवजात शिशुको सुरक्षार्थ अस्पतालले ३८ शै्ययाको एनआइसीयु र ५० शै्ययाको आइसीयु सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । थप पढ्नुहोस्
1 3 4 5 6