प्रधानमन्त्रीद्वारा लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको बताए । थप पढ्नुहोस्

एमडी तह कलेजको भर्ना शुल्क २२ लाख ! निजी कलेजहरुको मनोमानी

काठमाडौं । एमडी तहको कलेजको भर्नामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निजी कलेजहरुले मनोमानी गरेको तथ्य बाहिर आएको छ ।चितवनको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज र वीरगन्जको नेसनल मेडिकल कलेजहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान ‌आइओएमले तोकेभन्दा बढी शुल्क मागेको त्यहा भर्ना गर्न पुगेका विद्यार्थीहरुले बताएका छन्। एमडी तहको भर्ना शुल्क आइओएमले २२ लाख तोकेको छ। सुरुमा ११ लाख र बाँकी किस्तामा शुल्क बुझाउने आइओएमले काउन्सिलिङ गरेको छ । थप पढ्नुहोस्

ओएसिस मेडिकल कलेज र टिचिङ हस्पिटलबारे छानवीन समिति

२३ चैत, काठमाडौं । स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलबारे छानवीन गर्ने भएको छ । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सचिवस्तरीय निर्णय गर्दै उक्त कलेजले मापदण्ड नपु¥याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको भन्ने विषय बाहिर आएपछि प्रमुख विशेषज्ञको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति बनाएकी हुन् । प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा गठित समितिमा चिकित्सा सेवा महाशाखा, नर्सिङ शाखा र कानुन शाखा प्रमुख एवं जनसंख्या प्रशासन तथा अनुमगन महाशाखाका उपसचिव सदस्य रहहेका छन् । थप पढ्नुहोस्

पहुँचवाला नेपालीको २२ अर्व विदेशीलाई, मेडिकल शिक्षा अध्ययनका नाममा पूँजी पलायनको विकराल अवस्था

३ फागुन, काठमाडौं । मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ । स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो। सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन् । शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार बिदेसिएका एक विद्यार्थीले ५० लाख रुपैयाँ खर्च गर्छन् । थप पढ्नुहोस्

एसियाली चिकित्सा विद्यार्थीहरु काठमाडौँमा जम्मा हुँदै

२ माघ, काठमाडौं । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन यही माघ ७ देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा एशोसिएनका अध्यक्ष डा सन्तोष उपाध्यायले यो चिकित्सा विद्यार्थीले गर्ने सबैभन्दा ठूलो सम्मेलन भएको बताए । थप पढ्नुहोस्

डा केसीले अनशन तोडे

२९ पुस, कठमाडौं । सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसीले आज बिहान १० बजे अनशन तोडेका छन् । पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनशन तोडेका हुन् । उनले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने बताए । स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वणिम वाग्ले सम्मिलित टोली र डा केसीका पक्षका अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह, डा सुमन आचार्यको टोलीले वार्ता गरी पाँच बुँदे सहमति गरेको थियो । थप पढ्नुहोस्

सर्वोच्च अदालतमा उपस्थित भए डा. केसी

२५ पुस, काठमाडौं । वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित भएका छन्। सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो । डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै हिजोबाट अनशन शुुरु गरेका थिए । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो । थप पढ्नुहोस्

उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक, एक विश्व विद्यालयले बढीमा ५ वटा कलेजलाई सम्बन्धन दिन सक्ने

७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १३औं पटकसम्म अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीसँग सरकारले १ कात्तिकमा गरेको १० बुँदे सहमतिमा हस्ताक्षर गरेअनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ जारी गरेको छ । नेपालको संविधान २०७२ को धारा ११४ मा अध्यादेशको व्यवस्था गरिएको र जारी अध्यादेश राष्ट्रपतिबाट अस्वीकृत भएमा या संघीय संसद्को दुवै सदनमा पेस भएर ६० दिनभित्र अस्वीकृत भएमा स्वतः निष्क्रिय हुने व्यवस्था छ । थप पढ्नुहोस्

क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई विपन्न स्वास्थ्य बीमाको रकम नोबेल कलेजले तिर्ने

३० असोज, काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ । नोबेलका सञ्चालक डा सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई तीन वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइने छ । शर्माले भने “सरकारले एक परिवारको बीमाका लागि रु दुई हजार ५०० लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि नोबेल मेडिकल कलेजले तिर्ने छ । थप पढ्नुहोस्

चक्रवर्तीद्वारा नियम विपरीत भर्ना, एकैदिन रु ९२ लाख संकलन

२७ भदौ, काठमाडौं । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिक रुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)सँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी रु दुई लाख ५० हजार अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गराएको हो । थप पढ्नुहोस्
1 2