निःशुल्क शिविरमा ५ सय ६८ जनाको स्वास्थ्य परीक्षण

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अभ्युदय स्वास्थ्य सेवा केन्द्र स्थापनाका अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शनिबारबाट शुभारम्भ भएको स्वास्थ्य सेवा केन्द्रको उद्घाटनका अवसरमा आयोजित शिविरमा बालरोग, नशा रोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य, जनरल स्वास्थ्य एवं दन्त परीक्षण गरिएको केन्द्रका भाइकृष्ण श्रेष्ठले बताए। शिविरमा ल्याब, एक्स–रे, फिजियोथेरापी, इसिजी। सेवासमेत निःशुल्क गरिएको थियो भने औषधि पनि निःशुल्क वितरण गरिएको श्रेष्ठले बताए । थप पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र नियमित स्वास्थ्य जाँच गराउन नर्भिकमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य जाँच गराउन आइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् । शाहलाई ०७१ असोज ५ गते हृदयघात भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको नेपालबहसलाई जानकारी दिएका छन् । ‘शाहले मुटुको नियमित चेकजाँच गराउदै आएका छन् । त्यसैका लागि नर्भिक अस्पताल गएको पाठकले बताएका छन् । थप पढ्नुहोस्

शिक्षामा आधारित मोन्टेसरी तालिम सम्मपन्न ‘तस्विर’

वीरगन्ज । लधु व्यवसाय विकाश कोषको आयोजनामा मोन्टेसरी शिक्षामा आधारित तालिम सम्मपन्न भएको छ । महिला विकास समितीले संचालन गर्दै आएको उक्त तालिमका २५ जना प्रशिक्षार्थी शिक्षिकाहरुलाइ एक कार्यक्रम बिच प्रमाण पत्र बितरण गरिएको छ । लघु वयवसाय विकास कोषका अध्यक्ष अरविन्द आमात्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगपालीकाका वरिष्ट अधिकृत सुमन श्रेष्ट रहेका थिए । थप पढ्नुहोस्

स्वास्थ्य चौकीको सेवा प्रभावकारीका लागि सुधार गर्नुपर्ने

नुवाकोट । नुवाकोटका स्वास्थ्य चौकीमा सेवा प्रभावकारी नभएका कारण धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार ती स्वास्थ्य चौकीका धेरै पक्षमा सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक भएको हो । थप पढ्नुहोस्

प्राविधिक तथा व्यावसायिक शिक्षा सुधार्न कार्यदल गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार गर्न प्रा डा प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पाठ्यक्रममा ७० प्रतिशतसम्म प्राविधिक, व्यावसायिक शिक्षाको हिस्सा समावेश गर्ने नीति लिएको सरकारले यसको नीतिगत तथा कानूनी संयन्त्र परिवर्तन गर्न सो कार्यदल गठन गरेको हो । थप पढ्नुहोस्

सरसफाइ अभियन्ता शर्मा सल्लाहकारमा नियुक्त

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले सरसफाइ अभियन्ता, भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई उक्त मन्त्रालय अन्तर्गतको सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई सो पदमा एक वर्षका लागि नियुक्त भएका हुन् । वन तथा वातावरण मन्त्रालयबाट हालै तयार गरी कार्यान्वयनमा ल्याइएको ‘नेपाल स्वच्छ’ वातावरण महाअभियान–२०७५ तर्जुमाको क्रममा पु¥याउनुभएको सहयोग स्वरुप उनलाई सो पदमा अवैतनिक हैसियतमा नियुक्त गरिएको हो । थप पढ्नुहोस्

लसुन र प्याजको घरेलु फेसप्याक : घरैमा बनाउनुस् चम्किलो अनुहार

काठमाडौं । सफा, मुलायम, चम्किलो अनुहार बनाउन घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ । धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन् । यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ । प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो । त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेसप्याक बनाएर प्रयोग गर्न सकिन्छ । छालाको लागि वरदान प्याज प्याजमा केही प्रकारको भिटामिन हुन्छ । यो एन्टी अक्सिडेन्टको खजाना पनि हो । थप पढ्नुहोस्

छालाका लागि बेसन लाभदायक

काठमाडौं । बेसनको प्रयोगले छालालाई घामबाट जोगाउनुका साथै छालामा भएका दाग, डन्डिफोर पनि कम गर्ने भएकाले छालाका लागि अति उपयोगि मानिएको डाक्टरहरुले बताएका छन् । छालाका लागि बेसन प्रयोग गर्ने विधि यसप्रकार रहेका छन् । सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ । सुक्खा छालाका लागि बेसनमा दूध, मह तथा एक चिम्टी बेसार मिसाइएको पेस्ट लगाउँदा छाला नरम हुन्छ । थप पढ्नुहोस्

गर्मीमा पसिनाको व्यवस्थापन कसरी गर्ने ?

काठमाडौं । गर्मीमा शरीरबाट पसिना निस्कनु सामान्य समस्या हो । कसै–कसैलाई जाडो महिनामै पनि सामान्य हिँडाइमै पसिना आउँछ । मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिना ग्रन्थि हुन्छन् । पसिना छालाको भित्री पत्रमा भएको ग्रन्थिमा बन्छ । यो ग्रन्थिको काम शरीरको तापमान नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र त्यही नै पसिना हो । सामान्यतस् महिलाको दाँजोमा पुरुषलाई बढी पसिना आउँछ । कसरी आउँछ पसिना ? पसिना आउनुका विभिन्न कारण छन् । खास गरेर छालाको ग्रन्थिहरू शरीरको भित्री भागमा, हत्केलामा र खुट्टाको पैतालामुनितिर बढी मात्रामा हुन्छन् । थप पढ्नुहोस्

जनप्रतिनिधिको सरसफाइमा नयाँ अभ्यास : नङ नकाट्नेलाई भत्ता नदिइने

उमा केसी रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ । अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् । रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको छ भने उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ । थप पढ्नुहोस्
1 2 3 4 24