अत्यधिक गर्मीका कारण चार स्थानीय तहका विद्यालय बन्द

पर्सा । एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो । वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा भने सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्जमा रहेका सम्पूर्ण विद्यालय आइतबारसम्मका लागि बन्द गराइएको महानगरपालिका शिक्षा शाखाका अधिकृत मञ्जुर अन्सारीले बताए । थप पढ्नुहोस्

अनमी नहुँदा बर्थिङ सेन्टर बन्द, सुत्केरीलाई समस्या

जाजरकोट । छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले बताए। स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भएपनि हाल एकवटा मात्र दरबन्दी रहेको छ । सो दरबन्दीमा कार्यरत अनमी प्रतिभा थापालाई काजमा दैलेख सरुवा गरिएपछि अहिले यहाँको बर्थिङ सेन्टर बन्द भएको हो । थप पढ्नुहोस्

थेसिस किनेर डिग्री गर्नेहरु होसियार ! ‘बौद्धिक चोरी गर्नेको डिग्री रद्द’

काठमाडौं । २ वर्षअघि त्रिवि कार्यकारी परिषदले थेसिस खरीदबिक्रीको अनुसन्धान गर्न गठन गरेको छानबिन समितिले भर्खरै प्रतिवेदन बुझाएको छ । त्रिभुवन विश्वविद्यालयमा हुने थेसिस खरीदबिक्रीबारे अनुसन्धान गर्न बनेको छानबिन समितिले बौद्धिक चोरी (प्लेजरिजम) गरी थेसिस बुझाउने विद्यार्थी र तिनका शोध निर्देशकहरूलाई कारबाही गर्न त्रिवि कार्यकारी परिषदलाई सुझाव दिएको छ । समितिले कार्यकारी परिषदलाई बुझाएको गोप्य प्रतिवेदनमा बौद्धिक चोरी गर्ने विद्यार्थीको थेसिस रद्द गर्नेदेखि डिग्री नै खारेज गर्नेसम्मको कारबाही गर्नुपर्ने उल्लेख छ । थप पढ्नुहोस्

पाल्पामा १७ जना कुष्ठरोगका बिरामी फेला

पाल्पा । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले बताए । यसरी फेला परेका १७ बिरामीमध्ये छ बिरामीले कुष्ठरोगको औषद्योपचार पूरा गरेको उनको भनाइ छ । समाजमा डर र लाजका कारण कुष्ठरोगी अझै पनि खुल्न नसकिरहेको अवस्था रहेको कुष्ठरोग अधिकृत न्यौपानेले बताए । जिल्लामा सरदर वर्षेनी १५ देखि २५ जनामा कुष्ठरोगको लक्षण देखिने गरेको जिल्लल अस्पताल पालल्पाले जनाएको छ । थप पढ्नुहोस्

१०औ बार्षिक पुरस्कार वितरण कार्यक्रम समपन्न

वीरगंज । श्री रामचरण साह पन्नालाला माध्यमिक विद्यालयमा आइतबार बिहान १०औं बार्षिक पुरस्कार वितरण कार्यक्रम समपन्न भएको छ । वार्षिक परिक्षामा उत्कृष्ट भएका छात्र छात्रा, अतिरिक्त पाठ्यक्रम गतिविधि तथा सांस्कृतिक एवं विभिन्न गतिविधिहरुमा उत्कृष्ट भएका छात्र-छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विजय कुमार सरावगीलगायत कार्यक्रममा सहभागी अतिथिहरुले पुरष्कार वितरण गरेका थिए । थप पढ्नुहोस्

सरकारविरुद्ध नेविसंघ सिट्ठी बजाउँदै सडकमा ‘तस्विर’

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आईतवार पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ। नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न दवाव दिँदै आईतबार पनि काठमाडौंको प्रर्दशनीमार्गबाट रत्नपार्कस्थित शान्ति वाटिकासम्म सरकारविरुद्ध प्रर्दशन गरेको हो। प्रर्दशनका क्रममा उनीहरुले जनतालाई आहात तुल्याउने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए । थप पढ्नुहोस्

परिवार नियोजन संघको रिक्त उपाध्यक्षमा भण्डारी

काठमाडौ । नेपाल परिवार नियोजन संघको केन्द्रीय तदर्थ समितिको रिक्त उपाध्यक्षमा सुमित्रादेबी भण्डारी चयन भएका छन् । संघको केन्द्रीय तदर्थ कार्य संचालन समितिको बैठकले भण्डारीलाई उपाध्यक्ष र र महासचिवमा रविन कोइरालालाई चयन गरेको हो । संघको केन्द्रीय तदर्थ समितिका अध्यक्ष छत्र गिरीको अध्यक्षतामा बसेको बैठकमा सम्पूर्ण सदस्यहरुको सहमतिमा उक्त निर्णय गरिएको संघले जनाएको छ । समाज कल्याण परिषद्को सिफारिसका आधारमा सरकारले ०७४ माघ ११ गते अमु सिजापती नेतृत्वको कार्यसमिति भंग गरी छत्रबहादुर गिरीको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको थियो । थप पढ्नुहोस्

निःशुल्क आँखा शिविरमा ३३० जनाको आँखा जाँच

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३३० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । बेलौरी नगरपालिकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा जनजागरण नेपालले शनिबार आयोजना गरेको शिविरमा महिला १८७ र पुरुष १४३ गरी जम्मा ३३० जनाले आँखा जाँच गराएका हुन् । शिविरमा आँखा जाँच लागि पुगेका ७३ जनाको निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा सिफारिश गरिएको जनजागरण नेपालका सल्लाहकार गोविन्दप्रसाद भट्टले बताए । शल्यक्रियाका लागि सिफारिश गरिएकामध्ये ७१ मोतिविन्दु र दुई जनामा जलविन्दु देखिएको छ । थप पढ्नुहोस्

कोरियन भाषा परीक्षामा ४७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । इपीएस अन्तरगतको कोरियन भाषा परीक्षाको पहिलो दिन ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौंका १६ परीक्षा केन्द्रमा परीक्षा भएको थियो । ७ वटा केन्द्रबाट अर्काको परीक्षा दिन राहदानी, प्रपेशपत्र लिई परीक्षा दिइरहेको अवस्थामा ४७ जना पक्राउ परेका हुन् । सबैभन्दा धेरै जेभियर स्न्टरनेशनल स्कुल केन्द्रबाट १३ जना र भीएस निकेतन कजेल तिनकुनेबाट ११ जना पक्राउ परेका छन् । टाइम्स इन्टरनेनल कलेजबाट ८ तथा नोबल कलेज र युनिभर्सल कलेजबाट ५/५ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ जना महिला छन् । थप पढ्नुहोस्

कृषि विद्यार्थीका लागि उर्वरक्षेत्र : मन्त्री खनाल

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेका छन् । थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उनले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गरेका छन् । विदेशमा जति समय काम गरिन्छ त्यति समय स्वदेशमा परिश्रम गर्ने हो भने विदेशमा गर्ने आम्दानी भन्दा स्वदेशको आम्दानी दोब्बर हुने मन्त्री खनालको तर्क रहेको छ । थप पढ्नुहोस्
1 2 3 4 5 24