पानी खानुस सधैं स्वास्थ रहनुस

काठमाडौँ । पानी अत्यन्त महत्वपुर्ण तत्व हो । पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ। पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ । पानी सहकारिताको अन्तराष्ट्रिय वर्षको उपनामले सम्वोधन गरेर सधैं झै यस वर्ष पनि विश्व पानी दिवश विश्वभर विभिन्न कार्यक्रमको साथ मनाईदै छ । थप पढ्नुहोस्

वर्षायाममा रोगहरुबाट छुटकारा पाउन बच्ने उपाय

काठमाडौँ । पानी पर्दा होस या वर्षायाम सुरु हुदा धेरै मानिसहरुलाई घरमा आराम संग बसेर बाहिर परेको पानीको सुन्दर मौसम हेर्दै तातो पकौडा र चिया खान मनपर्छ । त्यस्तै कोही यस्ता पनि छन्, जसलाई वर्षायाममा पानीमा भिज्न मन लाग्छ । पानीमा भिज्नु धेरै नै रमाइलो अनुभव हुन त सक्छ तर, यसले कैलाई बिरामी पनि बनाउन सक्छ । यसबारेमा होसियार हुनुभयो भने यस्ता रोगहरुबाट छुटकारा पाउन धेरै गाह्रो छैन । वर्षायामले हरियालीको साथै रमाइलो र चिसो मौसम लिएर आउँछ । तर, यसले विभिन्न खालका स्वास्थ्य समस्याहरु पनि सँगै लिएर आउँछ । थप पढ्नुहोस्

आर्थिक सर्वेक्षण सार्वजनिक : ९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौं । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशतमात्र रहेको छ । शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर ९७।२ प्रतिशत, आधारभूत तह ९कक्षा १ देखि ८० को ९२.३ प्रतिशत र माध्यमिक तह ९कक्षा ९ देखि १२० को खुद भर्नादर ४३.९ प्रतिशत पुगेको छ । थप पढ्नुहोस्

शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने सरकारीे कदमको स्वागत

काठमाडौँ । सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै बेरोजगारलाई स्वरोजगार बनाउन र पढ्नका लागि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर रु सात लाखसम्म पाँच प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने घोषणा गरेका छन् । सरकारको यो घोषणालाई स्वागत गर्दै अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जीत तामाङले यसले शिक्षामा नयाँ क्रान्ति ल्याउने बताए । थप पढ्नुहोस्

दलित समूदायका विद्यार्थी भर्ना लिन गुरुकुल मञ्जूर

काँकडभिट्टा । श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमले बरबोटे–५ इलामका दलित बालक विकास कार्कीढोलीलाई आवासीय भर्ना लिने भएको छ ।गुरुकुलको विशेष साधारणसभाले सोमबार विकासलाई भर्ना लिने सर्वसम्मत निर्णय गरेको थियो । दलितलाई भर्ना लिन अस्वीकार गरेर जातीय विभेद गरेको भनी गुरुकुल सञ्चालकविरुद्ध दलित संघसंगठनले आन्दोलन गर्दै आएका थिए । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले सोही विषयमा यही जेठ १० गते गुरुकुलमा तालाबन्दी गर्नाका साथै प्रशासनमा कानूनी कारवाहीका लागि उजूरी दिएको थियो । थप पढ्नुहोस्

गाउँपालिकाले विद्यालयका छात्रालाई वितरण गर्यो सेनिटरी प्याड

पर्वत । महाशिला गाउँपालिकाले सबै विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ । महिनावारीका बेला छात्राहरु विद्यालय छाड्न बाध्य हुने गरेको र त्यसले गर्दा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले किशोरीको पठनपाठन प्रभावित नहोस् भनेर गाउँपालिकाका आठ मावि तहका विद्यालयका छात्रालाई प्याडको व्यवस्था गर्न थालिएको जानकारी दिनुभयो । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गाउँपालिकाले गरेको छ । महाशिलामा आठ वटा मावि तहका विद्यालय सञ्चालित छन् । थप पढ्नुहोस्

मास हिस्टेरियाका कारण विद्यालय बन्द

स्याङ्जा । विद्यार्थीमा मास हिस्टेरिया भएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि मंगलबार देखि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । आइतबार पनि दुईरतीन जना विद्यार्थीमा यस प्रकारको लक्षण देखिएको विद्यालयले जनाएको छ । उनीहरुमा टाउको दुख्ने रुने कराउने र चक्कर लागेर ढल्ने समस्या देखिने गरेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढुंगानाले बताए । थप पढ्नुहोस्

संयुक्त विद्यार्थी संगठनको प्रभातफेरी

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन् । भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर कोणसभामा परिणत गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । प्रभातफेरीमा विद्यार्थीले ‘गणतन्त्र दिवस जिन्दावाद’, ‘गणतन्त्रको उपहार शिक्षा, स्वास्थ्य र रोजगार’ ,‘वीर शहीद, अमर रहून्’, ‘गणतन्त्रको उपहार सुखी नेपाली, समृद्ध नेपाल’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । थप पढ्नुहोस्

सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा

काठमाडौँ । नेपालमा पहिलोपटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा आएको छ ।अष्ट्रेलियन दूतावासको सहयोगमा एक हजार १९८ पृष्ठको त्यस बृहत् शब्दकोशमा चार हजार ३०० संकेतका अक्षर तथा चित्र समावेश रहेको छ । राष्ट्रिय बहिरा महासंघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शब्दकोश विमोचन गरेका छन् । सोही अवसरमा उहाँले मोबाइल एप्लिकेशन, भिडियो तथा महासंघको वेबसाइटको पनि शुभारम्भ गरे । थप पढ्नुहोस्

विद्यार्थी फेल भए शिक्षकको तलव रोकिने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षकको तलब वृद्धि रोक्का गरिने प्रवधानसहितको शिक्षा नियमावली २०७४ कार्यन्वयनमा ल्याएको छ। राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गराएको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्र्तीण भएमा त्यस्ता शिक्षकको तलब वृद्धि दुई वर्षसम्म रोक्का गरिने प्रावधान छ । थप पढ्नुहोस्
1 4 5 6 7 8 24