कानुन र मानविकी संकायको परीक्षाफल, गौतमविरुद्ध विशेष अदालतमा मुद्दा

१२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत÷वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल हिजो प्रकाशन गरिएको छ । त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल पनि प्रकाशित गरेको छ । उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com/ www.tu.ntc.net.np मा हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने विश्वविद्यालयले जनाएको छ । थप पढ्नुहोस्

एसइईको नतिजा आज सार्वजनिक हुने

२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि बिहान सार्वजनिक गर्ने भएको छ । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए। बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए । थप पढ्नुहोस्