न्याय माग्दै अस्थायी शिक्षकले बुझाए पूर्वराजालाई विन्तिपत्र

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष विन्तिपत्र बुझाएका छन् । विभेदपूर्ण स्थितीमा असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई आफुहरुलाई न्याय दिन भन्दै अस्थायी शिक्षकहरुले पूर्वराजासँग गुहार मागेका हुन् । अस्थायी शिक्षकहरुले यसअघि पनि न्यायका लागि भन्दै पुर्वराजा र नेपाली सेनासँग गुहार मागेका थिए । त्यतिबेला आयोगले परीक्षा स्थगित गराएको थियो । थप पढ्नुहोस्

साउन १ गतेदेखि इन्टरनेट सेवा शुल्क १३ प्रतिशत, मारमा विद्यार्थी

काठमाडौं । साउन १ गतेदेखि सरकारले बढाएको इन्टरनेट करको मारमा आम विद्यार्थीहरु परेका छन् । साउन १ गते मंगलबारदेखि इन्टरनेट सेवा प्रदायकले १३ प्रतिशत कर सेवा शुल्क बाफत तिर्नुपर्ने भएपछि शिक्षाको सुचना लिन गुगल प्रयोग गर्ने आम विद्यार्थी लगाएत सर्वसाधारण नागरिक मारमा परेका छन् । सरकारको यो निर्णय बारे आलोचना भएपनि सेवा प्रदायक निकायले आफ्ना ग्राहकलाई शुल्क वृद्धि भएको बताएका छन् । सरकारले २०७१ सालमा सन २०१९ सम्म घरघरमा इन्टरनेट सेवा पुराउछु भन्दै गरेको निति र निर्णय प्रति आलोचना गर्दै सरकारले यो निर्णय फिर्ता लिनुपर्ने सेवा प्रदायकले बताएका छन् । थप पढ्नुहोस्

आँप बेचेर कापीकलम

सुर्खेत । बराहताल गाउँपालिका–८ की हिमा रोकाया दिउँसोको समयमा सुर्खेत–जुम्ला सडकमा आँप बेच्छिन्। दिनभरि आँप र केरा बेचेको पैसाले उनी कापीकलम किन्छिन् । रोकायाले दैनिक रु ८०० भन्दा बढी आम्दानी गर्छिन । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी रोकाया आवश्यक कापीकलम र नयाँ लुगा किन्न पढाइ छोडेर आँप र केरा बेच्छीन् आर्थिक अवस्था कमजोर भएकाले कापीकलम किन्न र विद्यालयको पोशाकको जोहो गर्न उनी आँप र केरा बिक्री गर्दै आएकी छिन् । थप पढ्नुहोस्

शैक्षिक परामर्श संघ मकवानपुरमा गठन

हेटौँडा । मकवानपुर जिल्लामा रहेर शैक्षिक परामर्श दिने सस्थाहरुको सञ्चालकको भेलाले शैक्षिक परामर्श संघ मकवानपुरको निर्माण गरेको छ ।  आज हेटौँडामा भएको भेलाले शेखर थपलियाको अध्यक्षतामा शैक्षिक परामर्श संघको निर्माण गरेको हो । भेलाले संघको उपाध्यक्षमा युवराज दाहाल, सचिवमा शुवास सापकोटा, सहसचिवमा अरुण बर्तौला तथा कोषाध्यक्षमा कृष्ण लामिछानेलाई चयन गरेको छ । थप पढ्नुहोस्

शैक्षिक मेलामा विद्यार्थीको चासो, आज समापन हुदै ‘तस्बीर’

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी पाँचौं संस्करणको काठमाण्डू पोस्ट शैक्षिक मेला 'एडुकेसन फेयर' आइतबार आज समापन हुँदैछ । मेलाको दोस्रो दिन शनिबार विद्यार्थी र अभिभावकको उल्लेख सहभागिता रहेको थियो । आयोजकका अनुसार एकैदिन करिब १५ हजार विद्यार्थी र अभिभावकले मेलाको अवलोकन गरेका छन् । उनीहरूले स्नातक र स्नाकोत्तर पढाइ हुने स्वेदश तथा विदेशका शैक्षिक संस्थाहरूबारे जानकारी लिएका छन् । मेला स्थलमा रहेका सयभन्दा बढी स्टलमा पुगेर विद्यार्थी र अभिभावकले शैक्षिक जानकारी लिएका छन् । थप पढ्नुहोस्

दुर्गमको विद्यालयमा पनि विद्युतीय हाजिरी

सुर्खेत । जुम्लाको अत्यन्तै विकट मानिने साविकको ताम्ती गाविस एवं हालको तातोपानी गाउँपालिका–८ को कालिका मावि, टोप्लामा विद्युतीय हाजिरी शुरु गरिएको छ । सदरमुकाम जुम्ला खलंगादेखि ४१ किलोमिटर दूरीमा अवस्थित उक्त विद्यालयले यही १५ गतेदेखि विद्युतीय हाजिरी शुरु गरेको हो । विद्युतीय हाजिरी उद्घाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले सुगमका विद्यालयले गर्न नसकेको काम दुर्गमको विद्यालयले गरेर देखाउँदा भित्रैदेखि गर्व लागेर आएको बताए । थप पढ्नुहोस्

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर । लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ । शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालयप्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले जनाएको छ । वैशाख महिनामा भर्ना अभियान शुरु भएसँगै यो विद्यालयले स्थानीय अभिभावक, स्थानीय निकाय र बुद्धिजीवीसँग यही विषयमा छलफल गर्न थालेको सहप्रधानाध्यापक रवीन्द्र थापाले बताए । अभिभावकलाई सामुदायिकमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने भएपनि सम्झाउन सकिने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताए । थप पढ्नुहोस्

शिशुकल्याण माविमा १२ लाखको लगानीमा चारकोठे छात्रावास निर्माण

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा करीब रु १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय सुविधाका लागि छात्रावास भवन निर्माण भएको हो । वडाको प्रस्तावमा गाउँपालिकाको रु १० लाख अनुदान र स्थानीयवासीको रु दुई लाख १२ हजार ११३ बराबरको जनश्रमदानमा छात्रावास भवन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर रोकाले बताए । विद्यालयको पुरानो भवनमा तला थपेर छात्रावास बनाइएको हो । थप पढ्नुहोस्

मन्त्रालय र विद्यार्थीबीच नौबुँदे सहमति, हडताल फिर्ता

काठमाडौं । साना आठ विद्यार्थी संगठनले घोषणा गरेको तीनदिने शैक्षिक हडताल फिर्ता लिएका छन् । सोमबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत आठ विद्यार्थी संगठनबीच नौबुँदे सहमति भएपछि तीन दिनको शैक्षिक हडतालका साथै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष आलोक रायमाझीले बताए । विद्यार्थी संगठनले शैक्षिक विकृतिको अन्त्य र वृद्धि भएको शुल्क फिर्ताको माग गर्दै यही असार २० देखि २२ सम्म शैक्षिक हडतालको घोषणा गरेका थिए । थप पढ्नुहोस्

परीक्षा र मूल्यांकनमा ट्रेडयुनियन अधिकार हुँदैन : मन्त्री पोखरेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको परीक्षा, मूल्यांकनमा ट्रेड युनियन अधिकार नहुने बताएका छन् । कुनैपनि बहानामा एसइइ परीक्षाको नतिजा त्रुटिमा प्रकरणमा दोषि उम्कन नदिइने भन्दै मन्त्री पोखरेलले त्यस क्रममा कर्मचारीहरुको ट्रेड युनियन अधिकार आफूलाई स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले विद्यार्थीको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे । थप पढ्नुहोस्
1 2 3 9