हावा हुरीले स्कुलमा क्षति, बालबालिकालाई पढाइमा समस्या

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका वडा न ९ घाटगाउँ रहेको मा रहेको श्री वीरगौडा आधारभुत विद्यालयमा पनि  गएरातिको हावा हुरीले स्कुलमा क्षति पुगेको छ । बेस्सरी आएको हावाहुरीका कारण २५ लाख सम्मको क्षति भएको विद्यालयका शिक्षक भिम बहादुर बि क ले बताए । वि स २०४८ सालमा स्थापना भएको उक्त स्कुलमा कक्षा १ देखि ८ सम्म पढाई हुदै आइरएको छ । अधिकांश दलित समुदाय बालबालिका अध्यनरत उक्त स्कुलमा १२ वटा कक्षा कोठा छन् भने करिव २ सय ५० विद्यार्थी संख्या रहेको छ । विद्यालयका प्रधानध्यापक गणेश प्रसाद न्यौपानेका अनुसार १२ वटा कक्षा कोठा रहेकोमा ७ वटामा क्षति भएको छ । थप पढ्नुहोस्

मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी

काठमाडौं । विद्यालय कर्मचारीहरुले सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्नु नै बिहिवार शिक्षा मन्त्रालयमा घटना घट्नुको कारण भएको बताएका छन् । विद्यालय कर्मचारी नारायणी नमुना मावि चितवनका पूर्व लेखापाल गोविन्द बहादुर पौडेलले बिहिवार मन्त्रालयका उप–सचिव विदुरराज गिरीमाथि आक्रमण गरेका थिए । सिसाको जगले टाउकोमा हान्दा उपसचिव गिरीको टाउकोमा चोट लागेको थियो । शनिवार पत्रकार सम्मेलन गरेर उनीहरुले घटना योजनावद्ध नभएर विद्यालय कर्मचारी व्यवस्थापनका सम्बन्धमा बुझ्न जाँदा आपसी विवाद भइ तत्कालीन आवेशमा हातहालहाल भएको दावी गरेको छ । थप पढ्नुहोस्

विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द !

रुकुम । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । थप पढ्नुहोस्

जेठ ३ र ४ गते इटहरीमा बृहत् शैक्षिक मेला

इटहरी । ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको सहकार्यमा यही आउँदो जेठ ३ र ४ गते इटहरीमा बृहत् शैक्षिक मेला अर्थात् इष्ट नेपाल एजुकेशन फेयर आयोजना हुने भएको छ । इटहरीमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलाबाट इटहरी र यस आसपासका शिक्षासँग सम्बन्धित सरोकारवालाहरुले लाभ लिन सक्ने ए एस इभेन्ट्सका मार्केटिङका बजार निर्देशक अनिल श्रेष्ठले बताए । थप पढ्नुहोस्

भिएसओ र डिएफआइडिको सहयोगमा २७ जना बालिकाहरु विधालय भर्ना

विरगंज । भिएसओ र डिएफआइडिको सहयोगमा २७ जना बालिकाहरु विधालय भर्ना भएका छन् । आसमान नेपाल पर्साको आयोजनामा तथा भिएसओ र डिएफआइडिको सहयोगमा संचालन भइरहेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रम भाग २ अन्तर्गत साविक विन्दवासीनी टोलका २७ जना अति सिमान्कृत समुदायका बालिकाहरुलाई आसमान नेपाल पर्साका समाजिक परिचालक रिता कुमारी साहले राधाकृष्ण चौरसिया माध्यमिक विधालयमा भर्ना गराउन सफल भएकी छिन । कहिल्यै पनि विधालय नगएका बालबालिका भर्ना भएपछि उत्सहित भएका छन । थप पढ्नुहोस्

रिड नेपाल नामक संस्था द्धारा ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना

काठमाडौ । रिड नेपाल नामक सामाजिक संस्थाले देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना गरेको छ ।सो संस्थाले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य राखेको छ । पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सूचना कक्ष तथा श्रव्यदृश्यको समेत व्यवस्था गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले बताए । थप पढ्नुहोस्

१४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा, अंग्रेजी माध्यमबाट पढाइ शुरु

जाजरकोट, । नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरिएको छ । प्रत्येक वडाबाट नमूना विद्यालय बनाउने भन्दै सिफारिश आएपछि नगरपालिकाका शिक्षा शाखाले १४ वटा विद्यालयलाई नमूना विद्यालय बनाउने घोषणा गरेको हो । नमूना विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको छ । एक मावि र १३ वटा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको शिक्षा शाखा प्रमुख योगेन्द्र आरसीलेबताए । नमूना बनाएका विद्यालयमा कम्प्युटर पढाइ शुरु गर्नका लागि एकदेखि दुई वाट सम्मको सोलार वितरण गरिएको नपाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले बताए । थप पढ्नुहोस्

जेठको पहिलो साता भित्रै अध्यक्ष चुन्न अनेरास्ववियूको केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व चयन गर्न जेठ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरणपूर्व कुनै पनि जनसंगठनका महाधिवेशन आयोजना गर्न पार्टीले रोक लगाएकाले केन्द्रीय कमिटीबाट नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । अनेरास्ववियूको महाधिवेशन फागुनमा भइसक्नुपर्ने थियो । यसबीचमा अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले संगठनबाट बिदा लिन चाहेकी छन् । लामाले अध्यक्षबाट राजीनामा दिने चाहना पार्टी नेतृत्व र अखिल बैठकमा ब्यक्त गरेपछि नयाँ अध्यक्षका प्रत्याशीहरुले आ–आफ्नो लबिङ बढाएका छन् । थप पढ्नुहोस्

भर्ना अभियान चल्दै गर्दा २.५ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

३ वैशाख, काठमाडौं । विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । नेपालभरिमा नै विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेकामा जिल्लाको विद्यार्थी भर्ना दर केही माथि रहेको पाइएको छ । यसैबीच गत आइतबारबाट विद्यार्थी भर्ना अभियान शुरु भएको छ । थप पढ्नुहोस्

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै

२४ चैत, काठमाडौं । सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते कर्णाली पुगी एकजना विद्यार्थीलाई भर्ना गराउनु हुनेछ । थप पढ्नुहोस्
1 2 3 4 6