सरकारी सुविधा लिने कर्मचारीले आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

२१ चैत, काठमाडौं । बाजुरा, बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो । सुविधा सरकारको खाएर निजी क्षेत्रको प्रवद्र्धन गर्न नपाइने भन्दै दोस्रो नगरसभाले यस्तो निर्णय गरेको हो । निर्णयसँगै यसै शैक्षिक सत्रबाट सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधि तथा नगर क्षेत्रभित्र कार्यरत गैरसरकारी संस्थाका कर्मचारीलाई उक्त नियम लागू हुनेछ । थप पढ्नुहोस्

पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

१५ चैत, काठमाडौं । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिए । “गत वर्षको जस्तो समस्या आउने अवस्था छैन, उहाँले भन्नुभयो, यदी निजी क्षेत्रका मुद्रण व्यवसायीले अभाव गराउने उद्देश्य राख्छन् भने उनीहरुको लाइसेन्सको विषयमा सोच्नुपर्छ । थप पढ्नुहोस्

विद्यालय पुनः निर्माण अभियानमा रु ५० लाख संकलन

५ चैत, काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५०औं वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माणका लागि आर्थिक संकलन गर्न थालेका हुन् । आगामी वैशाख १ र २ गते बेगमा बृहत् समारोहबीच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलावासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान सञ्चालन गरिएको मूल समारोह समितिका सचिव नक्कु (नगेन्द्र) पुर्जाले बताए । थप पढ्नुहोस्

विद्यार्थीलाई निःशुल्क साइकल वितरण

६ फागुन, काठमाडौं । उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए । वडानम्बर २ को आयोजनामा नगरपालिकाले अहिले ५० जना विद्यार्थीका लागि साइकल वितरण गरिसकेको र अब बाँकी दुईसय साइकल निःशुल्क वितरण गर्ने लक्ष्य रहेको सो वडाका वडाअध्यक्ष सन्तोष सुबेदीले बताए । थप पढ्नुहोस्

प्रभावकारि बन्दै शिक्षाका लागि खाद्य कार्यक्रम

१९ माघ, काठमाडौं । कमजोर आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क तिर्न र खाजा खान नसक्ने अवस्थाका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम निकै प्रभावकारी रहेकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । विश्व खाद्य कार्यक्रम र शिक्षा मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत प्रत्येक विद्यार्थीले दैनिक ९० ग्राम पिठो, १० ग्राम तेल, १० ग्राम चिनी र एक सय १० ग्राम पौष्टिक आहार पाउने गर्छन् । थप पढ्नुहोस्

विसं २०७५ देखि एसइई प्रदेशस्तरबाट

१८ माघ, काठमाडौं । सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने छ । “हामी अहिले सात वटै प्रदेशबाट एसइई परीक्षा सञ्चालनको तयारी गर्छौं”, उनले भने, “चाँडै नै निर्णय गरेर सञ्चालनको व्यवस्था गछौँ । थप पढ्नुहोस्

साउदी अरब र हङकङबाट विद्यालयलाई करिब तीन लाखको सहयोग

१४ माघ, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ । विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको रु एक लाख ११ हजार ५५ शनिबार विद्यालयलाई हस्तान्तरण गरेका छन् । भकिम्लीमा समुदाय र दाताको सहयोगमा ३० कोठे पक्की विद्यालय भवन निर्माण भइरहेको छ । थप पढ्नुहोस्

नमूना बन्दै सामुदायिक विद्यालय, मंगलादेवी मा.वि.मा अक्षयकोष स्थापना

१२ माघ, काठमाडौं । तनहुँको दमौलीस्थित निर्मल माविमा अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएपछि विद्यार्थी बढेका छन् । गत वर्ष कक्षा १ देखि १२ सम्म ७५० विद्यार्थी रहेकामा यो वर्ष ८१६ पुगेको छ । यो नेपाल सरकारको छनोटमा परेको नमूना सामुदायिक विद्यालय पनि हो । विद्यालय सञ्चालनका लागि पर्याप्त शिक्षक दरबन्दी नहुँदा विद्यालयले अभिभावकसँग चन्दा सहयोगका नाममा शुल्क भने लिँदै आएको छ । त्यहाँ चार सयदेखि सात सयसम्म मासिक सहयोग शुल्क लिने गरिएको छ । थप पढ्नुहोस्

जलदेवी मावि लाई ‘डन बस्को’को ९ कोठे पक्की भवन

११ माघ, काठमाडौं । नेपाल डन बस्को सोसाइटी ठेचो ललितपुर शाखाको सहयोगमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको जलदेवी मावि काभ्रेमा करिव रु एक करोड ६४ लाखको लागतमा नौ कोठे आधुनिक तथा सुरक्षित पक्की आरसिसी ट्रस भवन निर्माण गरिएको छ । बैत्यश्वर गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको भवन निर्माण सकिएपछि २८औँ वार्षिकोत्सव तथा ११औँ अभिभावक दिवसका अवसरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । विद्यालयको स्थायित्व, समृद्धि र विकासमा सहयोग गरेकामा बैत्यश्वर गाउँपालिका प्रमुख छवि लामाले उक्त सोसाइटीका फादर अब्राहम, फादर राजु, सिस्टर अन्नीसमेतलाई सम्मान गरे । थप पढ्नुहोस्

यस्तो छ, बच्चाको खोप कार्डको महत्व

९ माघ, काठमाडौं । तपाइँले आफ्ना बालबालिकालाई लगाएको खोपको विवरण राखिएको खोप कार्ड राख्नुभएको छ ? छैन भने आजैबाट आफ्ना बालबालिकाको खोप कार्ड जतन गरेर राख्नुहोस् । स्कुल भर्ना गर्ने बेलादेखि भविष्यमा विदेश जाने बेलासम्म उक्त कार्ड आवश्यक परिरहन्छ । खोपको कार्डको महत्व पछिसम्म पनि निकै महत्वपूर्ण छ । बालस्वास्थ्य महाशाखाका प्रमुख डा विकास लामिछानेले धेरै आमालाई बच्चाको खोप कार्ड र त्यसको महत्वबारे जानकारी नभएको बताए । थप पढ्नुहोस्
1 2 3 4 5 6