प्रकाण्डलाई थप दिन थुनामा राख्न काभ्रे अदालतको आदेश

काठमाडौं । काभ्रे जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' का केन्द्रीय प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई थप दिन थुनामा राख्न आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतले दिएको रिहाको आदेश लगत्तै पुनः पक्राउ परेका प्रकाण्डलाई आइतबार काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको थियो । त्यहाँको एक क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरको थियो । प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय मागे पनि अदालतले थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । थप पढ्नुहोस्

प्रकाण्डलाई संगठित अपराध अभियोगमा काभ्रे अदालतमा पेश

बनेपा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई काभ्रे प्रहरीले आइतबार जिल्ला अदालतमा पेश गरेको छ। काभ्रे प्रहरीले उनलाई संगठित अपराध 'आगो लगाएको' अभियोगमा गत वैशाखमै दायर मुद्दाका प्रमुख योजनाकारका रुपमा यतिखेर अदालतमा पेश गरेको हो। काभ्रे, नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेशिनरी तथा सवारी साधनहरुमा २०७५ वैशाख १ गते विहानै आगजनी भएको थियो। यही घटनाका योजनाकारको अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । थप पढ्नुहोस्

सूचनाको हकको सम्मान गर्नुस : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई आग्रह गरेका छन् । उनले सूचनाको हक प्रयोग गर्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्न सचेत गराएका छन् । राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रिया अनुसरण गरी सूचनाको हक उपयोग गर्न आग्रह गरेका हुन्। राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँच हनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताएका छन् । थप पढ्नुहोस्

१५ हजार श्रमिकको जागिर चैट, १० वर्ष कैद तोकेकोमा आपत्ति !

काठमाडौँ । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएका छन । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ । थप पढ्नुहोस्

४५ हजार युवालाई दक्ष बनाएर रोजगारी दिइने !

इटहरी । वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको सिटिइभिटी सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र ९सिटिइभिटी०को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरोकार भएकासँग एकदिने अन्तक्र्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो । थप पढ्नुहोस्

निजीमा अचाक्ली महंगो, सामुदायिक विद्यायलमा इञ्जिनियरिङ पढाइ हुने

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा ३ वर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र सिटिइभिटी बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो । सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो । थप पढ्नुहोस्

फिजीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी !

काठमाडौं । फिजीमा शक्तिशाली भूकम्प गएको छ । ८ दशमलव २ म्याग्निच्युट भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर बिहानसम्म क्षतिको विवरण आउन सकेको छैन । आइतबार बिहान फिजीको पूर्वी लेभुकामा भूकम्प गएको हो । भुकम्पपछि सुनामीको खतरा रहेपनि चेतावनी जारी गरिएको छैन । थप पढ्नुहोस्

मेस्सीको गोलमा बार्सिलोनाको विजयी शुरुवात

काठमाडौं । डिफेन्डिंग च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगामा विजयी शुरुवात गरेकोे छ । बार्सिलोनाले शनिबार राती भएको खेलमा एलाभेसलाई ३ शुन्य गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप कौटिन्होले एक गोल गरे । तीन वटै गोल दोश्रो हाफमा भएका हुन । गत सिजन ला लिगामा सर्वाधिक गोल गरेका मेस्सीले नयाँ सिजनको पहिलो खेलमा दुई गोल गरेका हुन । यस बर्ष पनि मेस्सीले शानदार शुरुवात गरेका छन । गत बर्ष रियलमा छँदा ला लिगामा गोल गर्न नसक्दा रोनाल्डो क्लब व्यवस्थापकसँग असन्तुष्ट भएर युभेन्ट्स पुगेका छन । थप पढ्नुहोस्

बाढीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध

नुवाकोट । गेर्खु खोलामा आएको बाढीले सडक कटान गरेपछि नुवाकोटमा पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खु पुलमा खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको हो । आइतबार बिहान खोलामा आएको बाढीले विदुर नपा–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक नै कटान भएकोले निर्माणको लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

अलोन्सोको गोलमा चेल्सीले आर्सनललाई हरायो

स्टामफोर्ड । मार्कुस अलोन्सोले अन्तिम समयमा निर्णायक गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई हराएको छ । शनिबार राती भएको खेलमा चेल्सीले आर्सनललाई ३ दुईले पराजित गरेको हो । चेल्सीको जितमा पेड्रो, अल्भारो मोराटा र अलोन्सोले गोल गरे । आर्सनलका लागि मिख्तिरियान र अवावीले गोल गरे पनि हार टार्न सकेनन । चेल्सीले पहिलो हाफमा अग्रता लिदा आर्सनलले दुबै गोल फर्काएर बराबरी गरेको थियो । तर दोश्रो हाफमा आर्सनल गोल गर्न चुकेपछि चेल्सीलाई विजयी हुनबाट रोक्न सकेन । जितपछि चेल्सी ६ अंकसहित प्रिमियर लिगको शीर्ष स्थानमा छ । थप पढ्नुहोस्
1 2 3 182