उदयपुरको सामुदायिक वनमा मनपरी रूख कटान, सुन पसल र पेट्रोल पम्पमा उपभोक्ता लुटिँदै

२३ वैशाख, काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख कटान गरेको पाइएको हो । जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले आफूहरुले प्रत्यक्ष अनुगमन गर्दा २६६ दशमलब ४४ क्युफिट काठ कटान भएको पाइएको बताए । थप पढ्नुहोस्

युरोपेली संघसहित खाडी मुलुकले लगाए भारतीय तरकारीमा प्रतिबन्ध, नेपालमा भने खुलेआम भित्रिन्छ तरकारी

६ फागुन, काठमाडौं । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको हो। अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी–फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गौला खराबी, आँखाको ज्योति कमजोर, विकलांग बच्चाको जन्म, हृदयाघात, प्यारालाइसिसलगायत गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने प्रवल सम्भावना हुन्छ । थप पढ्नुहोस्

रत्ननगर टिकौली जंगलमा कृत्रिम ताल निर्माण

२० माघ, काठमाडौं । चितवनको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको विभिन्न वन क्षेत्रमा पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्रको विस्तार कार्यक्रम सञ्चालन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समिति चितवनले त्यहाँको विभिन्न क्षेत्रमा सिमसारको व्यवस्थापन तथा विस्तारको कार्यक्रम शुरु गरेको अध्यक्ष वासु ढुंगानाले जानकारी दिए । थप पढ्नुहोस्

सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना हुने

१५ माघ, काठमाडौं । आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउन लागेको बताएका छन् । उनले उपभोक्ताको हितलाई मध्यनजर गर्दै सातवटै प्रदेशमा उपभोक्त अदालत स्थापना गर्ने तर्फ सरकारले ध्यान दिइरहेको उल्लेख गरे । सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तक्र्रियामा उनले कडा कानूनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कडा कानूनको मस्यौदा तयार गरिरहेको बताए । थप पढ्नुहोस्

उपभोक्तो तौलमा ठगिँदै, हटेन काठे तराजु र ढुंगे ढकको प्रयोग

१४ माघ, काठमाडौं । स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् । जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् । खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरेको उपभोक्ताको गुनासो छ । थप पढ्नुहोस्

साँखु बस व्यवसायी संघ लुट मच्चाउँदै, पार्किङ शुल्कमा मनपरी, यात्रुको बिचल्ली

१३ माघ, काठमाडौं । उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लूट भएको छ । मेलामा जाने यात्रुका लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी साधन ‘रुट परमिट’ अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्रु सडकमा अलपत्र बन्न बाध्य भए । मेलामा आउन घटौँ सवारी साधन कुरेर बस्दा पनि पाउन नसकेको पुल्चोकबाट मेलामा पुगेकी रचना तण्डुकारको गुनासो छ । थप पढ्नुहोस्

परनिर्भरताको अर्को उदाहरण, एक करोड पच्चिस लाखको रातो गुलाफ आयात

१२ माघ, काठमाडौं । यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुलाफको बजारमा माग रहेको छ । त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । थप पढ्नुहोस्

यसरी सकिंदैछन् उपत्यकाका खुला ठाउँ

११ माघ, काठमाडौं । राजधानीका सार्वजनिक खुला ठाउँमा भौतिक संरचना बन्ने क्रम तीव्र छ । भूकम्पलगायतका विपत्तिमा सर्वसाधारणले ज्यान जोगाउन निस्कनुपर्ने यस्ता ठाउँ मासिंदै जाँदा पनि स्थानीय जनप्रतिनिधि बोलेका छैनन् । २४ कात्तिक २०७२ मा काठमाडौंको पुरानो बसपार्कमा व्यापारिक ‘भ्यू टावर’ को शिलान्यास भयो । त्यसपछि बसपार्क खुलामञ्चमा सारियो । राजनीतिक दलहरूले सभा गर्ने, घुमन्तेहरू टहलिने खुलामञ्च अहिले पार्किङस्थल बनेको छ । थप पढ्नुहोस्

खाना पकाउने ग्यासको बिक्री बन्द, जिप्रका मोरङको मौन समर्थन !

२० पुस, काठमाडौं । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै हिजोदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको छ । अहिले बिक्रेताले प्रतिसिलिण्डर रु ३५ कमिशन पाउँदै आएका छन् । थप पढ्नुहोस्

जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार

१९ पुस, काठमाडौं । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो भने प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल राखिएको थियो । थप पढ्नुहोस्
1 2 3 4