सौर्य बत्तिले रोल्पाका गाउँघर झलमल्ल

१८ पुस, काठमाडौं । अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् । जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी प्रयोगकर्ताको संख्या २० हजार ९५१ घरधुरी देखिएको छ । यो संख्या जिल्लाको कुल घरधुरी संख्याको करिब ४८ प्रतिशत हो । थप पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१८ पुस, काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ । थप पढ्नुहोस्

बजेटको बाढी त बग्यो तर बगाएन कुपोषण

बझाङ जिल्लामा मात्रै करीब ११ हजार बालबालिका कडा खालको कुपोषण (ख्याउटेपन) को मारमा छन् । त्यसमा पनि छोरीहरूको अवस्था कहालिलाग्दो छ । साविक धमेना गाविस वडा नं. १ रुवातोला (हाल तल्कोट गाउँपालिका) की १२ वर्षीया मञ्जु धामीको १० फागुन २०७३ मा मृत्यु भयो । त्यसको ११ दिनपछि उनकी १० वर्षीया बहिनी कल्पना धामी पनि बितिन् । छोरीहरूको मृत्यु हुनुभन्दा एक महीना जति अघि मात्र उनीहरू खानेकुरा नपुगेर रोगाएका हुन् र त्यो बिमारको नाम कुपोषण हो भन्ने थाहा पाएकी आमा पार्वती धामीले भनिन्, “एक वर्षदेखि दुवै जना गल्दै गएका थिए । पछि पेट फुल्न थाल्यो । जीउ सुकेर लौरो जस्तो भयो । थप पढ्नुहोस्

प्राकृतिक स्रोतको विवाद अन्त्यका लागि द्वन्द्व रुपान्तरण केन्द स्थापना

१६ पुस, काठमाडौं । झापा गाउँपालिकास्थित सामुदायिक रानीवनमा जंगल क्षेत्रलाई अतिक्रमण गरी वन विनाश हुने प्रवृृत्ति देखिएपछि एक संस्थाले त्यहाँका समस्या समाधान गर्न थालेको छ । जल, जमिन र जंगलमा देखिने विवादलाई समाधान गर्न स्थापना भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल झापाले आफ्नो कामलाई तीव्रता दिँदै आएको छ । खासगरी सरकारी जग्गा अतिक्रमण गर्ने र प्राकृतिक स्रोत उपभोग तथा प्रयोगमा देखिने समस्यालाई निराकरण गर्न तत्पर यो संस्था मेलमिलाप परिषद्मा पनि आबद्ध रहेको छ । थप पढ्नुहोस्

चुनावी दौडमा ठेक्का लिएर काम नगर्ने ठेकेदारहरु

६ मंसिर, काठमाडौं । अहिले मुलुकभर बाटो र पुल बनाउने करीब रु.१० अर्बको काम अलपत्र अवस्थामा छ । तर, त्यो ठेक्का लिएर काम नगर्ने ठेकेदारहरू चाहिं ‘मुलुक बनाउने’ नारासहित प्रमुख दलको टिकटमा उम्मेदवार बनेका छन् । निर्माण व्यवसायीहरू पनि दलहरूको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छन् । निर्माण व्यवसायी महासंघका एक पदाधिकारीका भनाइमा, “धेरैजसो व्यवसायी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने भएकोले उम्मेदवार भएका हुन् । थप पढ्नुहोस्

छथर गाउँपालिकामा चिस्यान केन्द्र खुलेपछि किसान हर्षित

१ मंसिर, काठमाडौं । गाउँमा नै दुध चिस्यान केन्द्र खुलेपछि तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामाराका पशुपालक किसान हर्षित भएका छन् । आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भएको हो । किसानले आफूलाई आवश्यक दूध घरमा राखेर बाँकी सबै बिक्री गर्न पाउने भएका छन् । दूध भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा यो गाउँका किसान उज्यालो नहुँदै दूध बोकेर शुक्रबारे बजारतिर कुद्न बाध्य थिए । अब गाउँमै खुलेको दूध चिस्यान केन्द्रमा जम्मा गरेर बिक्री गर्न सहज भएको किसानले बताएका छन् । थप पढ्नुहोस्

‘ठमेल’ कात्तिक ५ गतेदेखि सवारीमुक्त क्षेत्र बन्दै, एशियाकै नमुना शहर बनाउन काम सुरु

३१ असोज, काठमाडौं । प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए । थप पढ्नुहोस्

निर्माणधिन जयरामघाट पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालनमा आउने

२५ असोज, काठमाडौं । खोटाङ जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि गत सोमबार ढलान कार्य सम्पन्न भएको हो । ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्दै सुकाएपछि २९ औँ दिनदेखि पुल सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिएका इञ्जिनियर सीताराम कार्कीले बताए । “क्युरिङ् पिरियडमा पुलको दायाँ र बायाँ पर्ने एप्रोच रोड निर्माण गरिसकिन्छ । थप पढ्नुहोस्

दशैँको मौका छोपी बढी भाडा लिने र सहुलियत नदिनेलाई कारवाही हुन्छ : मन्त्री बलायर

८ असोज, काठमाडौं । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले पत्रकारसँग कुरा गर्दै दशैँ मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारीका चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानूनी कारवाहीको दायरमा ल्याइने बताए । थप पढ्नुहोस्

हिमाली क्षेत्रमा भन्दा काठमाडौँमा उपभोग्य सामान सस्तो

६ असोज, काठमाडौं । उपभोग्य सामानमा सबैभन्दा बढी महँगी हिमाली क्षेत्रमा रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकले गत साउनको मुलुकको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै आज प्रकाशन गरेको तथ्यांकमा काठमाडौँमा सबैभन्दा कम महँगी भएको जनाएको छ । गत साउनमा काठमाडौँमा १.३ प्रतिशतले मात्रै महँगी बढेको छ । पहाडमा २.२, तराईमा २.८ र हिमालमा सबैभन्दा बढी ५.६ प्रतिशतले महँगी बढेको बैंकले जनाएको छ । त्यसैगरी गैरखाद्य वस्तुको महँगी ४.९ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा यो समूहको महँगी ८.१ प्रतिशतले बढेको थियो । थप पढ्नुहोस्
1 2 3 4